himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

वडाबाटै बृद्ध भत्ता पाउँदा मकवानपुरगढीका ज्येष्ठ नागरिक खुशी, भन्छन “स्थानीय सरकार घर घरमा आएको जस्तो भयो”

1706891870537-1706891883.jpg

हेटौडा ।  सामाजिक सुरक्षा भत्ता बापतको रकम मकवानपुरगढी गाउँपालिकाले वडाबाट वितरण गरे पछी  ज्येष्ठ नागरिक उत्साहित बनेका छन । मकवानपुरगढी गाउँपालिकाको –  ८ वटै वडाहरु मध्ये पहिलो चरणको वडाबाट भत्ता वितरण कार्यक्रम हिजो सम्पन्न भएको छ । जस अन्तर्गत वडा नम्बर – ८ मा  गत माघ- ४ गते र वडा नम्बर- १ मा हिजो बिहिबार नै वडा स्तरबाट भत्ता वितरणको काम सम्पन्न भैसकेको मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानले बताउनु भयो । हिजो वडा नम्बर- १ मा घुम्ति शिविर मार्फत मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तान र वडा अध्यक्ष आईत सिह लो को हात बाट सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो ।

सुरुवात चरणमा गाउँपालिकाको केन्द्रमा रहेको नबिल बैंकसम्म आउन जान वृद्ध वृद्धा तथा अशक्त नागरिकलाई समस्या भएपछि भौगोलिक रुपमा टाढा र बिकट मानिएको मकवानपुरगढी गाउँपालिका भित्रका ८ वटा वडाहरु मध्ये वडा नम्बर- ८ र वडा नम्बर- १ का सामाजिक सुरक्षा भत्ता लाभग्राहिहरुलाई वडा स्थरबाट सेवा दिने कामको सुरुवात गरेको र वडा बाट सामाजीक सुरक्षा भत्ता वितरणको काम हिजो बिहिबार  १ नम्बर  वडामा सम्पन्न भइसकेको स्याङ्तानले बताउनु भयो ।  

हिजो भएको वडा स्तरीय सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम मार्फत २०३ जना लाभग्राही मध्ये  १८३ जना लाभग्राहीहरुले सामाजिक सुरक्षा भत्ता रकम बुझेको पञ्जिकरण शाखा प्रमुख रघुनाथ हुमागाईले बताए ।
हेटौडा उपमहानगरपालिकासंग जोडिएको नजिकको पालिका भएता पनि यस गाउँपालिकाका केही वडाहरु विकट र दुर्गममा रहेकाले बिषेश गरी अहिले दोस्रो किस्ता अन्तर्गत वडा नम्बर - १ र वडा नम्बर – ८ लाई विशेष प्राथिमकतामा राखेर बैंक मार्फत वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न लागेको र बाकि रहेको वडाका लाभ ग्राहीहरुलाई नबिल बैंक मक्रान्चुली शाखा बाट वितरण भईरहेको  र बिस्तारै यो बर्ष भित्र सबै वडाका लाभग्राहीहरुलाई सामाजिक सुरक्षा भत्ता वडा स्तरबाट वितरण गरिने हुमागाँईले बताए ।

वडाबाट बैंकमा भत्ता लिन पालिका सम्म आउन जान निकै कठिन हुने गरेको र झन धेरै मोटर भाडा लाग्ने गरेकोले अब आफुहरुले वडा वडाबाटै भत्ता बुझ्न पाएपछि वडा नम्बर- १ का लाभाग्राहिहरुको मुहारमा खुसि झल्किएको छ । पालिका संगै रहेको नबिल बैंकमा घण्टौँसम्म लाइन लागेर वृद्धा भत्ता बुझ्न आउनु भएका -  १ नम्बर का पुर्व  वडा अध्यक्ष  मान बहादुर घिसिङ्ग  यस आर्थिक वर्षको दोस्रो   त्रैमासिक  भत्ता वडाबाटै बुझ्न  पाउँदा निकै उत्साहित हुदै उनले पालिका र जनप्रतिनिधिलाई धन्यवाद दिए । साथै “निर्वाचनका बेला भोट माग्न आउँदा वृद्धा भत्ता वडा वडाबाट दिन्छौँ भन्थे, त्यतिबेला आफूलाई पट्कै विश्वास लागेको थिएन, अहिले भने निर्वाचनमा मतदातासँग गरेका प्रतिवद्धता अनुसार नै काम गरेकामा निकै खुशी लागेको र   वडा वडाबाट वृद्धा भत्ता बुझ्न पाएपछि स्थानीय सरकार घर घरमा आएको जस्तो र महसस भएको पनि  घिसिङ्गले   बताए । 

भत्ता वितरण कार्यक्रममा मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तान ,वडा अध्यक्ष आईत सिह लो , पन्जिकरण शाखा प्रमुख रघुनाथ हुमागाई , एम आई एस अपरेटर मनोज देबकोटा , सचिब अर्जुन चौलागाई बैकका कर्मचारी , प्रहरी लगाएतको उपस्थिति रहेको थियो ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg