himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

वज्रवाराहीमा वाराही पर्यटकीय मार्ग निर्माण सुरु

423195827_721118382894333-1706626122.jpg

थाहा  नगरपालिका–६  स्थित वज्रवाराहीमा वाराही पर्यटकीय मार्ग निर्माण सुरु भएको छ । बागमती प्रदेश सरकार ,थाहा  नगरपालिका र स्थानीयको   सहयोग एवं श्रमदानमा वाराही पर्यटकीय मार्ग निर्माण सुरु गरिएको हो।

प्रख्यात वज्रवाराही मन्दिर (अजिमा) देखि पुरानो  वाराही थान जान ८०५ वटा खुट्किलो सहितको  सिँढी निर्माण गरिने जनाइएको छ।

पर्यटकीय  मार्ग  निर्माणको शिलान्यास गर्दै थाहा  नगरपालिका–६ का वडाध्यक्ष राजेन्द्रभक्त श्रेष्ठले  बागमती प्रदेशको पर्यटन, संस्कृति तथा सहकारी मन्त्रालय र थाहा नगरपालिकाबाट सहयोगका लागि प्रतिबद्धता प्राप्त भएको  जानकारी दिनुभयो।उहाँले  मार्ग अन्तर्गत बन्ने  ८०५ खुट्किलो सहितको सिँढी निर्माण गर्न एक घर  एक सिँढीको  अवधारणासहित अभियान सुरु गरिएको बताउनुभयो।उहाँका   अनुसार सांस्कृतिकएवं धार्मिक सम्पदाको सरसफाइ  एवं  संरक्षणको अभियान  स्थानीयको  सहभागितामा सञ्चालन  गरिदै आएको छ ।

 मन्दिर क्षेत्रलाई धार्मिक महत्वको पर्यटकीय गन्तव्य स्थल  बनाउने गरी विस्तृत परियोजना प्रस्ताव (डिपिआर ) अनुसार नयाँ संरचना बनाउने  तयारी वडा कार्यालयको अगुवाइमा थालिएको    हो। डिपिआर        अनुसार हाल मन्दिर रहेको स्थानसँगैको वज्रवाराही  वनको टुप्पो मा अवस्थित  पुरानो  वाराही थानसम्म पुग्ने  सिँढी निर्माणपछि मूर्ति  प्रतिसथापन  गर्ने   योजना  रहेको छ। मूर्ति  प्रतिस्थापन र मन्दिर सम्म  पुग्नेसिँढी निर्माणका लागि करिब दुई  करोड रुपियाँ  बराबरको लागत अनुमान गरिएको छ। सिँढी निर्माण र  मार्गमा आठ हजार  ४५० वर्गफिट भुइँ निर्माण  कार्य  प्रदेश सरकारको आठ  लाख  रुपियाँको लागतमा सुरु गरिएकोछ । वाराही पर्यटकीय मार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष  हरिगोपाल श्रेष्ठका अनुसार एउटा खुट्किलोको  निर्माण  सामग्री,  ढुवानी  खर्च,  ज्यालालगायत गरी छ  हजार रुपियाँ  पर्ने अनुमान गरिएको छ ।  वज्रवाराही  वनको   फेदीमा  रहेको   वज्रवाराही  मन्दिर पहिले वज्रवाराही वनको टुप्पोमा  रहेको र   गुडेर आएर अहिले को अवस्थामा रहेको किंवदन्ती  छ ।

 मन्दिर मा  हरेक तीन वर्षमा वैशाख चण्डीपूर्णिमामा जात्रा लाग्ने  गरेको  छ । सिँढी निर्माणसँगै  वाराही  थान  रहेको वनको टुप्पोमा  वज्रवाराहीको मूर्ति  राख्ने  योजना  रहेको   स्थानीय   प्रमोदकृष्ण  जोशीले बताउनुभयो । यसअघि वज्रवाराही मन्दिर  जाने  सिँढी मर्मत र मन्दिर परिसरको जीर्णोद्धार कार्य  थाहा  नगर पालिका–६ को कार्यालय,  ने वा पुचः,  वज्रवाराही र स्थानीय समाजसेवी  नारायणबहादुर जोशीको सहयोगमा करिब ४० लाख रुपियाँको  लागतमा गरिएको  थियो  

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg