himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

लेखापढी व्यावसायि शिखरकोट इकाईको दोस्रो अधिवेशन सम्पन्न,अध्यक्षमा जियो लामा सर्वसम्मत

FB_IMG_1682764234428-1682764571.jpg

नेपाल लेखापढी कानुन व्यावसायी एशोसियसन शिखरकोट इकाई समितिको तेश्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ।
"पेशागत दक्षता अभिबृद्दी र व्यावसायिक मर्यादाका लागि अग्रसर बनौ" अर्धन्यायिक निकायमा रहेका बिकृती र बिसंगती बिरुद्द संघर्ष गरौ" भन्ने मुल नाराका साथ इकाईको अधिवेशन भएको हो।
इकाई अध्यक्ष रामप्रसाद गोपालीको सभापतित्वमा सम्पन्न अधिवेशनमा नेपाल लेखापढी कानुन व्यावसायि एसोसिएसनका केन्द्रिय सचिव आत्मराम मोक्तानको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा बिशिस्ट अतिथी एसोसिएसनका केन्द्रिय सदस्य तथा बागमती प्रदेश सचिव खिल प्रसाद गौतम तथा प्रदेश सदस्य महालक्ष्मी श्रेष्ठ ,एसोसिएसन जिल्ला समन्वय समिती  अध्यक्ष पुर्ण प्रसाद अर्याल , एसोसिएसन अदालत इकाई अध्यक्ष तेजकुमारी थापा , एसोसिएसनका हेटौंडा इकाई उपाध्यक्ष तेज राज पाण्डे ,अदालत इकाइ का पुर्व अध्यक्ष राधा पाठक,मालपोत कार्यालय शिखरकोटका प्रतिनिधि रामचन्द्र लामा,जिल्ला समन्वय समिती कोषाध्यक्ष सन्तोषी बर्तौला,सहसचिव सत्रुधन बैठा,अदालत इकाईका कोषाध्यक्ष अमृता बर्तौला तथा निर्वाचन अधिकृत प्रकाश थोकर लगायत शिखरकोट इकाई समितिका सदस्य तथा पदाधिकारी हरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा आफ्नो शुभकामना भनाइ राख्दै प्रमुख अतिथी एसोसियसनका केन्द्रिय सचिब आत्मराम मोक्तानले आफूहरु नागरिकलाई सहज र छिटो सेवा दिलाउनका लागि लागिरहेको भन्दै नकरात्मक भावनाले नहेर्न आग्रह गर्नुभयो । सामाजिक कार्यमा पनि अग्रसर रहेर कार्य गरिरहेको बताउँदै उहाँले लेखापढी व्यवसायीको हितका लागि अक्षय कोषको स्थापना र पेन्सन योजना पनि अघि सारेको प्रमुख अतिथी मोक्तानले जानकारी गराउनुभयो ।
मोक्तानले नयाँ नयाँ प्रविधि आउँदा विस्थापित होईन् स्थापित कसरी हुन सकिन्छ भनेर व्यवसायीले सोच्नुपर्नेमा जोड दिनुभयो।
अधिवेशनले जियो तामाङको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति समेत सर्वसम्मत चयन गरेको निर्वाचन अधिकृत प्रकाश थोकरले जानकारी दिनुभयो जस्को उपाध्यक्षमा कृष्ण बलामी,सचिव उपेन्द्र केसी,कोषाध्यक्ष सर्मिला जिम्बा ,सहसचिव झरना गोपाली,सदस्य भिम बा स्याङ्तान,बिश्वास केसी,सर्वसम्मत चयन भएका हुन।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg