jkmv-english-1784299234.jpg
Tuesday, 28 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

पर्यटन

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा

FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको साथै अब स्वीमिङको मज्जा लिन पाइने भएको छ । फराकिलो परिसर भएको टिष्टुङ रिसोर्टमा १६ जेठमा एक कार्यक्रमकाबीच स्वीमिङ पुलको उद्घाटन भएको छ । कार्यक्रमका प्रमुख तथा विशेष अतिथी नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछाने र होटल व्यवसायी महासंघका अध्यक्ष शंकर भण्डारीले संयुक्त रुपमा स्वीमिङ पुलको उद्घाटन गरेका हुन् ।
प्राकृतिक मनोरमताको साथै काठमाण्डौबाट नजिक रहेको थाहा नगरपालिका वडा नम्बर ६ स्थित टिष्टुङ रिसोर्टमा पर्यटकहरुका लागि स्वीमिङ पुल अर्को आकर्षणको केन्द्र भएको पर्यटन बोर्ड गण्डकीका प्रमुख लामिछानेले बताए । चित्लाङ, टिष्टुङ (हाल बज्रवाराही क्षेत्र) ऐतिहासिक तथा साँस्कृतिक रुपले महत्पूर्ण भएको लामछिानेले चर्चा गरे । उनले थाहानगर क्षेत्रमा नै पर्यटनमैत्री वातावरण रहेको बताए । सन् २०१८ मा पर्यटकीय गाउँ घोषणा भएको कुन्छालको छेवैमा रहेको टिष्टुङ रिसोर्टले थाहानगरकै पर्यटन प्रवद्र्धनमा योगदान दिने उनको विश्वास रहेको थियो ।
कार्यक्रममा होटल व्यवसायी महासँघका अध्यक्ष शंकर भण्डारीले अतिथी उद्यम अन्तर्गत टिष्टुङ रिसोर्टको योगदान पर्यटन प्रवद्र्धनमै केन्द्रित रहेको बताउँदै होटल, रिसोर्ट रेष्टुरेन्ट खुल्नु सुखद् भएको बताए । थाहा नगरपालिका पर्यटकीय नगरी भएको विषय केन्द्रित गर्दै भण्डारीले पर्यटन उद्यमीहरुलाई प्रोत्साहनका कार्यक्रम स्थानीय सरकारले ल्याउन सके यस क्षेत्रको विकासका लागि थप टेवा पुग्ने बताए । रिसोर्टले आफ्ना अतिथीलाई उपलब्ध गराएको स्वीमिङ पुल एउटा महत्वपूर्ण ‘कम्पोनेन्ट’ भएको उनको धारणा थियो । उनले पर्यटन प्रवद्र्धन तथा विकासका लागि सरकारी, निजी तथा सर्वसाधारणको समेत उत्तिकै भुमिका हुने उल्लेख गरे ।
रिसोर्टका अध्यक्ष हरिगोपाल श्रेष्ठले कार्यक्रमका अतिथीहरुलाई स्वागत गरेका थिए । कार्यक्रममा रिसोर्ट सञ्चालकहरु, स्थानीय संघसंसथाका पदाअधिकारीहरु तथा पत्रकार र स्थानीयहरुको उपस्थिती रहेको थियो । कार्यक्रम रिसोर्टका अध्यक्ष हरिगोपाल श्रेष्ठको सभाध्यक्ष्तामा भएको थियो ।

FB_IMG_1780152446656-1780152462.jpg
ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...