pani-1786865868.jpg
Sunday, 13 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

दामनमा एक हप्ते युवा नेतृत्व प्रशिक्षण सुरु, ‘आरोग्य थाहा नगर’ अभियानलाई टेवा

FB_IMG_1776525419381-1776525449.jpg

थाहा नगर  — ‘आरोग्य थाहा नगर’ निर्माण गर्ने उद्देश्यसहित द आर्ट अफ लिभिङको आयोजना तथा थाहा नगरपालिका र इलाका प्रहरी कार्यालय पालुङको सहकार्यमा दामनस्थित गौरीशंकर होटलमा एक हप्ते युवा नेतृत्व प्रशिक्षण कार्यक्रम सुरु भएको छ।
अध्यात्मिकता र व्यवहारिक ज्ञानको समन्वयमार्फत युवाहरूलाई आफ्नो जीवन र समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्षम बनाउने उद्देश्यले ८ दिने आवासीय प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा ४० जना युवाहरूको सहभागिता रहेको छ।
प्रशिक्षणमा द आर्ट अफ लिभिङका ब्रह्मचारी श्रीचैतन्य जीसहित प्रशिक्षकहरू दमयन्ती रायमाझी, डा. आस्था पुडासैनी र उदय खड्गीले ध्यान, योग, श्वास–प्रश्वास तथा जीवन कौशलसम्बन्धी व्यावहारिक ज्ञान प्रदान गर्नेछन्।
कार्यक्रमको उद्घाटन गर्दै थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले पछिल्लो समय बढ्दो मानसिक तनाव र असन्तुलित जीवनशैलीका कारण समाजमा मानसिक समस्या तीव्र रूपमा बढ्दै गएको उल्लेख गरे। उनले ‘जीवन जिउने कला’ सम्बन्धी प्रशिक्षण हरेक नागरिकका लागि आवश्यक भएको बताए।
“आत्मिक शान्ति, सकारात्मक सोच र जीवनप्रति सन्तुलित दृष्टिकोण विकास गर्न यस्तो प्रशिक्षण अत्यन्त महत्त्वपूर्ण छ,” उनले भने, “यस प्रकारका कार्यक्रमले ‘आरोग्य थाहा नगर’ अभियानलाई थप सशक्त बनाउनेछन्।”
द आर्ट अफ लिभिङका श्रीचैतन्य जीले ध्यान, योग र श्वास–प्रश्वाससम्बन्धी अभ्यासमार्फत मानव जीवनमा देखिएको तनाव घटाई समाजमा सकारात्मकता र मुस्कान फैलाउने लक्ष्य रहेको बताए।
त्यसैगरी, थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकालले समाजमा संस्कार र संस्कृतिको क्षयीकरण भइरहेका बेला आर्ट अफ लिभिङ जस्ता संस्थाको भूमिका महत्वपूर्ण हुने धारणा राखे।
कार्यक्रममा थाहा नगरपालिका वडा नं. ४ का अध्यक्ष नारायण लामा, ईलाका प्रहरी कार्यालय पालुङका प्रमुख रुक्सा बज्राचार्य ,सञ्चारकर्मी शम्भु अधिकारी लगायतको उपस्थिति रहेको थियो।

FB_IMG_1776525422932-1776525453.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...