himalen-2083-1778725505.jpg
Saturday, 30 May, 2026
jkmv2083-1778723862.jpg

राजनीति

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी

FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ नगर कार्यसमिति चयन गरेको हो ।
थाहा नगरपालिका–४ स्थित फ्यामली ब्याङ्कुइट मा सम्पन्न अधिवेशन नगर अध्यक्ष जयराम केसीको अध्यक्षता तथा डाक्टर अच्युत लामिछाने को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा सांसद हरु खगेन्द्र सुनार, आशिष गजुरेल, प्रशान्त उप्रेती, प्रकाश गौतम, धनेन्द्र कार्की तथा रमेश कार्की को विशिष्ट आतिथ्यता रहेको थियो ।
त्यसैगरी कार्यक्रममा केन्द्रिय र्याट संयोजक बैकुण्ठ थापा,प्रदेश सदस्य बिनयराज कार्की, सुनिता राई,मकवानपुर जिल्ला सन्जिब पाठक, सहसचिव शान्ती थापा लगायतको उपस्थिति रहेको थियो ।
अधिवेशनबाट चयन भएको नयाँ कार्यसमितिमा सभापतिमा जयराम केसी, उपसभापतिमा साकार कार्की, सचिवमा रामशरण गोपाली,कोषाध्यक्षमा मुना स्याङ्तान तथा सहसचिवमा राजन बिडारी चयन भएका छन् । सदस्यहरूमा सुक्रराज गोपाली, बुनुमाया थिङ, सानुमैया अधिकारी, विजयकुमार थिङ, माईला गुरुङ, सुवास केसी तथा कपिल थापा चयन भएका छन् । त्यस्तै सल्लाहकारमा दिपक नेपाली र बिकेशबाबु बस्नेत चयन हुँदा RAT संयोजकमा सुमन बिष्ट चयन भएका छन् ।
अधिवेशनमा वक्ताहरूले थाहा नगरमा वैकल्पिक राजनीतिक शक्तिका रूपमा रास्वपाको संगठन विस्तार, सुशासन, पारदर्शिता तथा जनउत्तरदायी राजनीतिक अभियानलाई थप प्रभावकारी रूपमा अगाडि बढाउन शुभकामना व्यक्त गरेका थिए ।

FB_IMG_1779972972507-1779972989.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

थाक्रे–७को ढुङ्गा खानीमा मृत्यु प्रकरणले त्रिभुवन राजमार्ग अवरुद्ध,आशिका तामाङ पनि पुगिन
InShot_20260523_135114427-1779523599.jpg

धादिङ,९ जेठ – धादिङको थाक्रे गाउँपालिका वडा नं. ७ स्थित बज्रकाली रोडा ढुङ्गा उद्योगमा त्रासमय घटना भएको छ।...

रास्वापा थाहा नगर वडाः ४ को नयाँ कमिटी गठन:-हेर्नुस को को छन?
FB_IMG_1779522224539-1779522388.jpg

थाहा नगरपालिका,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) को ४ न वडा अधिवेशन सम्पन्न भएको छ। थाहा नगर सभापति श्री...

संसद् पुग्यो थाहा नगरमा फलेको आलुको भाउ, सांसद् उप्रेती भन्छन्-‘आलुकै भात, आलुकै तरकारी’
InShot_20260519_151146898-1779182836.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद प्रशान्त उप्रेतीले मकवानपुरका सडकको अवस्था खराब रहेको बताएका छन्...

प्रशिक्षक आवश्यकता
505990682_132723848891937-1779113721.jpg

प्रशिक्षक आवश्यकता  ...

khane-1774766593.png