jkmv-english-1784299234.jpg
Wednesday, 29 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

लेकालीमा ‘रुदाने शैलीकाे’ कार्यक्रम

चगमबलभ-1561185353.jpg

 

मकवानपुरको भीमफेदी वडा नं. ९ स्थित लेकाली बसीफाँट माविको  आयोजनामा शुक्रबार जनमुखी नेता रुपचन्द्र विष्टको २० औं स्मृति दिवसको अवसरमा रुपचन्द्र विष्टको सम्झना, थाहा अन्दोलन परिचर्चा एवम् कविता वाचन र  विद्याथिहरुलाई रुदानेबारे थाहा दिने मुल उद्देस्यको साथ कार्यक्रम  आयोजना गरिएको थियो । 
कार्यक्रम बिल्कुल फरक प्रकारले कार्यक्रम सम्पन्न गरियको थियो  ।  कार्यक्रममा न प्रमुख अतिथि न अतिथि, न त उपस्थितहरुको गलामा खादा र माला थियो । यो कार्यक्रम रुपच्रन्द्र विष्टको सैलिबाट संञ्चालन गरिएको थियो । प्रमुख अतिथि, बिशेष अतिथि र मन्चभरि अतिथिहरुको आसनग्रहण गरि रहेको थियो तर उनिहरुकोे  गलामा   नत मान सम्मानका लागि फूलमाला, नत खादा, तन ब्याच अनि नत  भव्य स्वागत सत्कार र बिदाई नगरि  विल्कुलै रुदाने सैलिमा कार्यक्रम गरियको थियो । 
हिजोआज कुनैपनि कार्यक्रमहरुमा  यसरी संचालन  गरेको देखिदैन । तर विष्टकै सैलिमा यस्तो  कार्यक्रम गरिएको बिुझिन्छ । रुपचन्द्रले छाडेको पहिचान संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका  साथ उनकै शैली अनुसार कार्यक्रम आयोजना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोदकुमार लामाले जानकारी दिए । 
कार्यक्रममा राष्ट्रिय सभाका सांसद तथा रुपचन्द्र विष्ट स्मारक समिति नेपालका अध्यक्ष रामनारायण बिडारीले रुपचन्द्रको भावनाअनुरुप जनताको सेवकको रुपमा जनप्रतिनिधिले काम नगरेको बताए । बिडारीले ‘रुपचन्द्रकै अभियानको नामबाट राखिएको ‘थाहा’ नगरपालिकामा रुपचन्द्रकै अपमान गरेको भन्दै रुपचन्द्रको स्मृतिल दिवसमा थाहा नगरपालिकाले सार्वजनिक बिदाको घोषणा गर्नुपर्ने बताए ।

रुदाने अर्थात रुपचन्द्र विष्टको पर्चा वाचन गरेर सुरुवात गरिएको कार्यक्रममा मकवानपुर र काठमाडौंका एक दर्जनभन्दा बढी साहित्यकारहरूले प्रगतिशील कविता वाचन गरेका थिए । 
कार्यक्रममा कवि स्नेह सायमी, निमेष निखिल, अप्सरा तिम्सिना, पुरुषोत्तम आचार्य, सुमनराज श्रेष्ठ, मुक्तान थेवा, शान्तिप्रिय बन्दना, सुवास खनाल, बिरप्रसाद भन्सारी, केशव समर्पण, सिएम रिमाल, भावना सापकोटा, सविता तिमल्सिना, छवि अनित्य, उमाकान्त आचार्यलगायतले रचना वाचन गरेका थिए ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...