pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

लिती खानेपानी आयोजनाको शिलान्यास,आयोजनाबाट २ सय ५ भन्दा बढि परिवार लाभान्वित हुने

liti-khane1-1699365494.jpg

मकवानपुर थाहा नगरपालिका वडा नम्बर १२ मा लिती खानेपानी आयोजनाको शिलान्यास गरिएको छ । थाहा नगरपालिकाका नगर उपप्रमुख भरत गोपालीले एक समारोहबाकीच आयोजनाको २१ कात्तिकमा शिलान्यास गरेका हुन् ।

लिती खानेपानी आयोजनाको साँझेदार संस्था च्वाइस नेपालका कन्ट्री डाइरेक्टर प्रतीक शर्मा, कार्यक्रम निर्देशक किरण न्यौपानेसहितको विशेष उपस्थितीमा नागदह स्थित रिजर्भ भ्वायर ट्याङ्की शिलान्यस गरेर आयोजनाको शुरुवात गरिएको हो ।

वडा नम्बर १२ को नागदह, ब्लेटोल, गौराइटोल, नयाँ घर टोल, कुण्डलीलगायतका गाउँलाई लक्षित गरी खानेपानी आयोजना निर्माण शुरु भएको हो । आयोजनाबाट २ सय ५ भन्दा बढि परिवार लाभान्वित हुने च्वाइस नेपालका प्रताप घिमिरेले जानकारी दिए । २ करोड ५९ लाख ९० हजार ५ सय ८ रुपियाँ लागत अनुमान रहेको आयोजना १८ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको च्वाइस नेपालका कुल प्रसाद तिवारीले जानकारी दिए । नगरपालिकाको तर्फबाट आयोजनाका लागि ६० लाख लगानी रहने छ । गुणस्तरीय खानेपानीको अभावमा रहेका उक्त क्षेत्रका बासिन्दाहरुलाई ‘एक घर, एक धारा’ नीति अनुसार खानेपानी आपूर्ति गरिने थाहा नगर उपप्रमुख भरत गोपालीले बताए । नागरिकलाई खानेपानीको अभाव हुन नदिनका लागि सरकारी तथा गैर सरकारी संघसंस्थाहरु संगको सहकार्यमा खानेपानी आयोजनाहरु निर्माण थालिएको उपप्रमुख गोपालीको भनाइ छ । करिब २ किलोमिटर टाढाको घट्टेखोला र मेल खोला मुहानबाट वितरणका लागि पानी ल्याइएको छ ।

यसअघि एउटै धाराबाट १० देखि १५ परिवारले पानी थाप्नुपर्ने बाध्यता रहेको सो क्षेत्रमा आयोजना सम्पन्न भएपश्चात् सहजै खानेपानी आपूर्ति हुने लिती खानेपानी उपभोक्ता समितिका अध्यक्ष हिरामान घलानले बताए । उनले घरघरैमा धारामा पानी आउने भएपछि खुशी व्यक्त गर्दै भने–‘पानीका लागि हामी श्रमदान गर्न तयार छौं, सहयोग गर्ने नगरपालिका, वडा कार्यालय र च्वाइस नेपाललाई धेरै धेरै धन्यवाद छ ।’ खानेपानी आयोजनाको शिलान्यासको अवसरमा आयोजनाका लागि च्वाइस नेपाल मार्फत सहयोग गर्ने हिलिङह्याण्ड फाउण्डेशमा आवद्ध विदेशीहरुले श्रमदान समेत गरेका थिए ।

उनीहरु आयोजना क्षेत्रमा केही दिनदेखि स्थानीय जीवनशैली अवलोकन तथा आयोजना अन्तर्गतको पाइपलाइन खन्नेपुर्ने लगायतका कामहरु समेत गर्दै आएका छन् । २१ कात्तिकमा भएको आयोजना लिान्यास कार्यक्रममा थाहा नगरपालिकाका नगर उपप्रमुखसहित, थाहानगर खानेपानी बोर्ड प्रतिनीधि सुरजकुमार भुजेल, १२ नम्बर वडाध्यक्ष टीकाराम स्याङ्तान, सदस्यहरु युवराज जिम्बालगायतका जनप्रतिनीधिहरु तथा पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका पूर्व अध्यक्ष बिमलकुमार ढकाल, सञ्चारकर्मी ध्रुव ढकाललगायतकाको उपस्थिती रहेको थियो ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...