pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

लिजामा मन्त्रालयको अन्तिम परीक्षणः जिल्लामा दोस्रो स्थानमा थाहानगर

DSCN4807-1724511282.JPG

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अन्तिम परीक्षण पश्चात् सार्वजनिक गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा मकवानपुर जिल्लामै थाहा नगरपालिका दोस्रो भएको छ । कार्यविधि अनुसार सूचकमा आधारित प्रमाणहरु पेश गरी दोस्रो स्थान दाबी गरेको मनहरी गाउँपालिका मन्त्रालयको परीक्षणमा तेस्रो स्थानमा पुगेको छ ।

मनहरीले विभिन्न सूचकमा गरी कुल ७७.५० अंक प्रमाणसहित दाबी गरेकोमा मन्त्रालयबाट भएको प्रमाण परीक्षणमा ६.७५ अंक घट्दै ७०.७५ मात्र अंक कायम भएको छ । यो नतिजा मन्त्रालयले ६ भाद्रमा वेवसाइट मार्फत सार्वजनिक गरेको छ । थाहा नगरपालिकाले भने लिजामा ७४.२५ अंक दाबी गरेकोमा मन्त्रालयको परीक्षणमा ७१ अंक कायम भएको छ । यो अंकसंगै थाहा दोस्रो भएको हो । लिजामा हेटौंडा उपमहानगरपालिकाको अग्रता भने अन्तिम परीक्षणमा पनि कायमै रहेको छ । ८८.५० अंक दाबी गरेको हेटौंडाको अन्तिम परीक्षणमा ८६.५० अंक कायम भएको छ ।
इन्द्रसरोवर गाउँपालिकाले ६१.७५ अंक दाबी गरेकोमा ५५.५० अंक पाएको छ ।

 त्यसैगरी भीमफेदी गाउँपालिकाले ६४.७५ अंक दबी गरेकोमा ६३.२५ अंक, मकवानपुरगढी गाउँपालिकाले ६१.२५ दाबी गरेकोमा ६० अंक, बकैया गाउँपालिकाले ६२.२५ अंक दाबी गरेकोमा ६०.२५ अंक पाएको छ । बागमती गाउँपालिकाले ५७.७५ दाबी गरेकोमा ५५ अंक, कैलाश गाउँपालिकाले ६१.५० मा ५६.७५ अंक र राक्सिराङ गाउँपालिकाले ६८.५० अंक दाबी गरेकोमा ६७ अंक अन्तिम परीक्षण पश्चात् पाएको छ ।

थाहा–इन्द्रसरोवर कहाँ चुक्यो ?

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा थाहा नगरपालिकाले आफुले दाबी गरेको विभिन्न १० सूचक मध्ये ४ वटा सूचकको प्रमाणमा चुकेको छ । थाहाले संगठन तथा प्रशासन सम्बन्धी सूचकमा ५.५ अंक दाबी गरेकोमा मन्त्रालयको अन्तिम परीक्षणबाट १ अंक घट्दै ४.५ अंक मात्र कायम भएको छ ।

त्यस्तै वार्षिक बजेट तथा योजना तर्जुमामा पनि पालिकाको दाबी पुष्ट्याँई कमजोर देखिएको छ । यस सूचकमा थाहाले ९.५ अंक दाबी गरेकोमा ८.५ मात्र अंक मात्र पाएको छ । सेवा प्रवाह सूचकमा १०.५ अंक दाबी भएकोमा ९.५ र वातावरण संरक्षण तथा विपद व्यवस्थापन सूचकमा पनि ८ अंक दाबी पेश गरिएकोमा ७.७५ अंक मात्र अन्तिम परीक्षणबाट थाहानगरले पाएको मन्त्रालयबाट सार्वजनिक गरिएको नतिजामा उल्लेख छ ।

यस बाहेक थाहा नगरपालिकाले शासकीय प्रबन्ध, वित्तीय एवं आर्थिक व्यवस्थापन, न्यायिक सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण तथा सहकार्य र समन्वय सूचकमा भने दाबी गरेकै अंक पाएको छ ।

त्यसैगरी इन्द्रसरोवर गाउँपालिकाले शासकीय प्रबन्धमा ८ दाबी गरेकोमा ७ अंक पाएको छ भने संगठन तथा प्रशासनमा ७ अंक दाबी गरेकोमा ६.५ अंक पाएको सार्वजनिक गरिएको नतिजामा उल्लेख छ । वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ६ अंक दाबी गरेकोमा ५.५, वित्तीय एवं आर्थिक व्यवस्थापनमा ८.५ अंक दाबी गरिएकोमा ७, सेवा प्रवाहमा ११ अंक दाबी गरिएकोमा १०.२५ अंक पाएको छ ।

भौतिक पूर्वाधारमा ६.५ अंक दाबी गरिएकोमा ५ र वातावरण संरक्षण तथा विपद व्यवस्थापनमा ३ अंक दाबी गरिएकोमा २.५ अंक पाएको मन्त्रालयद्वारा सार्वजनिक नतिजामा उल्लेख छ । इन्ख्रसरोवर गाउँपालिकाले सहकार्य र समन्वय, न्यायिक कार्य सम्पादन र सामाजिक समावेशीकरणका सूचकहरुमा भने दाबी बमोजिमकै अंक पाएको छ ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...