Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

प्राप्त तालिमको व्यवहारमा प्रयोग नभए अपराध हुन्छ:-उपप्रमुख गोपाली

417708401_129217437480540-1704463072.jpg

थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले आफुले सिकेको सिपलाइ व्यवहारमा नल्याए अपराध हुने बताउनुभएको छ।
आज थाहा नगरपालिकामा सहकारी हरुको व्यवस्थापक हरुको चार दिने तालिमको समापन समारोहमा बोल्दै उपप्रमुख गोपालीले उक्त भनाइ व्यक्त गरेका हुन उनले  चारदिने तालिम उपलब्धिमूलक भएको विश्वास व्यक्त गर्दै, केही सहकारीका कारण जनविश्वास घट्दै गएको बताउनुभयो । तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न उपप्रमुख गोपालीले आग्रह गर्दै तेसो नगरे तालिम लिएको खेर जाने र त्यो अपराध हुने बताउनुभयो।
थाहा नगरपालिकाको सहकारी शाखाको  आयोजनामा नगर भित्र रहेका सहकारीहरुका  व्यवस्थापक हरुका लागि बित्तीय साक्षरता,सहकारी शिक्षा र कर प्रशासन सम्बन्धि ४ दिने तालीम समापन भएको छ।
तालीमको सहजीकरण पालुङ क्याम्पसका क्याम्पस प्रमुख राजन मिश्र,पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक प्रकाश पौडेल ,थाहा नगरपालिकाका लेखा शाखा प्रमुख अमर बहादुर जिसी ,बित्तिय सहजकर्ता मेलिना खत्री  र प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले गर्नुभएको थियो।
तालिममा नगर भित्र संचालनमा रहेका ४० ओटा सहकारी संस्थाहरुको व्यवस्थापक हरुको सहभागिता रहेको सहकारी शाखा प्रमुख अस्मिता तिवारी घिमिरेले  जानकारी दिइन।
समापन कार्यक्रममा नगर उपप्रमुख भरत गोपाली,योजना महाशाखा प्रमुख डम्बर बिश्वकर्मा,नगर प्रमुख प्रेस संयोजक शम्भु अधिकारी ,प्रमुख प्रशिक्षक प्रकाश पौडेल ,प्रशिक्षक राजन मिश्र लगायतका उपस्तिथि रहेको थियो।
कार्यक्रममा सहभागी हरुले नगरले यस्ताखाले तालिमको आयोजना गरिरहे सहकारी हरुको मनोबल वृद्धि हुने बिश्वास व्यक्त गर्दै आगामी दिनमा यस्ता तालिमको निरन्तरताको आश गरेका थिए।

 

416748274_129217287147221-1704463072.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg