pani-1786865868.jpg
Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

लालीगुराँस महिला बहुउद्देश्यीयको २१ औं वार्षिक साधारणसभा सम्पन्न

428701193_131659817236302-1708341315.jpg


महिलाहरुको आर्थिक र सामाजिक स्तर माथी उकास्दै आत्मनिर्भरता बढाउने अभिप्रायले विक्रम संवत् २०५९ जेठ २ गते थाहा नगरपालिका वडा न १ ओखरबजारमा स्थापना भएको लालीगुरास महिला बहुउद्देश्यीय सहकारी संस्थाले २१ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष रीता प्रधानको अध्यक्षता तथा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीको प्रमुख आतिथ्यतामा ७ फागुनमा थाहा नगरको जेसिज सभाहलमा साधारणसभा सम्पन्न भएको हो।
साधारणसभामा अध्यक्षको भावी नीति तथा कार्यक्रम प्रस्तुत गर्दै संस्थाका अध्यक्ष रीता प्रधानले ग्रामीण समुदायको सानो क्षेत्र बाट ४८ जना सदस्यहरुबाट सुरुवात गरिएको संस्थामा हाल थाहा १ र २ वडामा गरि ६९२ जना महिला शेयर सदस्यहरु रहेको उल्लेख गर्दै संस्थाको उद्देश्य अनुरुप कार्य गर्दै आइरहेकोले मध्यमाञ्चलकै उत्कृष्ट सहकारीको रुपमा पहिचान गराइ पुरस्कृत समेत हुन सफल रहेको स्मरण गर्दै संस्थाले "एकका लागि सबै र सबैका लागि एक" भन्ने भनाइलाई आत्मसाथ गर्दै अगाडि बढिरहेको बताउनुभयो।

अध्यक्ष प्रधानले संस्थाले आर्थिक कृयाकलाप मात्र नगरी विभिन्न कार्यक्रम हरु जस्तै मनोसामाजिक मनोविमर्श सेवा कार्यक्रम अन्तर्गत प्राथमिक मनोवैज्ञानिक सहयोग,व्यक्तिगत मनोविमर्श,पारिवारिक मनोविमर्श,सामुदायिक मनोविमर्श,अभिमुखिकरण,तरकारी खेती,बाख्रा पालन लगायत कार्य र घरेलु हिंसामा पीडित महिलाहरूलाई उचित न्याय दिलाउने कार्यको पनि निरन्तर भैरहने कार्यक्रम प्रस्तुत गर्नुभयो।अध्यक्ष प्रधानले आगामी दिनमा संस्थाले ओखरबजारमा रहेको भवन स्तरोन्नति ,सुत्केरी भेटघाट ,नेतृत्व विकास तथा क्षमता अभिवृद्धि सम्बन्धि तालिम,किशोरी केन्द्रित कार्यक्रम ,सदस्य सर्वेक्षण ,शेयर सदस्य वृद्धि ,कम्प्युटर सफ्टवेयर जडान ,मनोसामाजिक परामर्श कार्यक्रम वडागत रुपमा संचालन गर्ने,घरेलु हिंसाको अन्त्य ,लक्षित बर्गको महिलालाई कृषि तालिम तथा बीउ पुँजीको कार्यक्रम  जस्ता कार्यक्रम नीति तथा कार्यक्रममा राखियको प्रतिवेदन प्रस्तुत गरेका थिय।

तेसैगरी साधारणसभामा संस्थाका कोषाध्यक्ष नानीछोरी प्रधानले आफ्नो आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको शेयरपुजी २४ लाख ५४ हजार तथा बचत ८५ लाख ४४ हजार रुपैयाँ र ऋण लगानी १ करोड १७ लाख रहेको आर्थिक प्रतिवेदन प्रस्तुत गरे। साधारणसभामा संस्थाका सचिब रितु कार्कीले २१ औं साधारणसभाको समिक्षा प्रतिवेदन प्रस्तुत गरेका थिय। साधारणसभा लाई आफ्नो शुभकामना मन्तव्य दिदै प्रमुख अतिथी उपप्रमुख भरत गोपालीले सहकारीले समाजमा उल्लेख्य योगदान गरेको भएता पनि केही सहकारीले नियतवस वदमासी गरेको हुनाले सदस्यहरुले सहकारीलाई छानेर विश्वासिलो संस्थामा मात्र कारोवार गर्नु पर्ने वताए गोपालीले सहकारी संस्थाहरु वित्तिय क्रियाकलापमा मात्र सिमित नरही लालिगुरास महिला बहुउद्देश्यीय जस्तै अरु सहकारी हरुले पनि विभिन्न सामाजिक क्रियाकलाप पनि लाग्नु पर्ने बताए ।
उनले खस्कदै गएको सामाजिक सद्भाव र एकतालाई बढाउने र एक अर्काप्रतिको सहकार्यको भवनाको वृद्धि गर्नु पर्ने औल्याए। साधारणसभामा,वडा न १ का कार्यवाहक अध्यक्ष सरोज प्रधान,जिल्ला सहकारी संघका कोषाध्यक्ष विमल कुमार ढकाल,थाहा नगर उद्योग वाणिज्य संघका उपाध्यक्ष सुरेन्द्रमान प्रधान,भुमी आयोग मकवानपुरका सदस्य अरुण रायमाझी , पालुङ क्याम्पसका क्याम्पस प्रमुख राजन मिश्र,,लायन्स क्लव अफ पिस थाहाका अध्यक्ष गीता कार्की , मत्स्यनारायण माबिकी शिक्षिका अम्बिका लामिछाने,पालुङ बहुउद्देश्यीय सहकारीका अध्यक्ष कृष्ण बहादुर बिष्टले साधारणसभाको उपलक्ष्यमा शुभकामना दियका थिय।

साधारणसभामा,दामन चेली समाजका अध्यक्ष राधिका रायमाझी ,झम्केश्वरी माबिका प्रधानाध्यापक गणेशमान श्रेष्ठ,पाथिभरा सहकारीका अध्यक्ष नवराज कार्की,ल्याम्ह पुच: का सुविन्द्रमान प्रधान,फरक सोचका संयोजक यादव रायमाझी,थाहा नगरपालिकाका मनोसामाजिक परामर्सदाता सुनिता बस्नेत,महिला जागृती सहकारीका अध्यक्ष सुमित्रा बिडारी,दलित मुक्ति मोर्चाका नगर अध्यक्ष पहलमान परियार,ॐ शान्ती ओखरबजारका प्रमुख शर्मिला प्रधान,लेखापरीक्षक बिमल कुमार बिष्ट,पत्रकार कुमार नेगि,शम्भु अधिकारी लगायतका उपस्थिति रहेको थियो।

साधारणसभाको अवसरमा संस्थामा उत्कृष्ट कारोवार गर्ने सदस्यहरुलाइ सम्मानित गरियको थियो। साधारणसभा लाई समाजसेवी युवा तथा जनकल्याण  माबिका शिक्षक भुमिराज अवस्थिले संचालन गरेका थिए भने कार्यक्रममा स्वागत मन्तव्य संस्थाका शान्ता कुमारी रिमालले गरेका थिए।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...