Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

लालीगुराँस महिला बहुउद्देश्यीयको २० औं साधारणसभा सम्पन्न

lali4-1677329954.jpg

महिलाहरुको आर्थिक र सामाजिक स्तर माथी उकास्दै आत्मनिर्भरता बढाउने अभिप्रायले विक्रम संवत् २०५९ जेठ २ गते थाहा नगरपालिका वडा न १ ओखरबजारमा स्थापना भएको लालीगुरास महिला बहुउद्देश्यीय सहकारी संस्थाले २० औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष रीता प्रधानको अध्यक्षता तथा थाहा नगरपालिका वडा न १ का वडा अध्यक्ष हेरमान गोपालीको प्रमुख आतिथ्यतामा १३ फागुनमा थाहा नगरको बिकास घरमा साधारणसभा सम्पन्न भएको हो। साधारणसभामा अध्यक्षको भावी नीति तथा कार्यक्रम प्रस्तुत गर्दै संस्थाका अध्यक्ष रीता प्रधानले ग्रामीण समुदायको सानो क्षेत्र बाट ४८ जना सदस्यहरुबाट सुरुवात गरिएको संस्थामा हाल थाहा १ र २ वडामा गरि ६८९ जना महिला शेयर सदस्यहरु रहेको उल्लेख गर्दै संस्थाको उद्देश्य अनुरुप कार्य गर्दै आइरहेकोले देशकै उत्कृष्ट सहकारीको रुपमा पहिचान गराइ पुरस्कृत समेत हुन सफल रहेको स्मरण गर्दै संस्थाले "एकका लागि सबै र सबैका लागि एक" भन्ने भनाइलाई आत्मसाथ गर्दै अगाडि बढिरहेको बताउनुभयो।

अध्यक्ष प्रधानले संस्थाले आर्थिक कृयाकलाप मात्र नगरी विभिन्न कार्यक्रम हरु जस्तै मनोसामाजिक मनोविमर्श सेवा कार्यक्रम अन्तर्गत प्राथमिक मनोवैज्ञानिक सहयोग,व्यक्तिगत मनोविमर्श,पारिवारिक मनोविमर्श,सामुदायिक मनोविमर्श,अभिमुखिकरण,तरकारी खेती,बाख्रा पालन लगायत कार्य र घरेलु हिंसामा पीडित महिलाहरूलाई उचित न्याय दिलाउने कार्यको पनि निरन्तर भैरहने कार्यक्रम प्रस्तुत गर्नुभयो।अध्यक्ष प्रधानले आगामी दिनमा संस्थाले स्वागत र अभिमुखीकरण कार्यक्रम ,सुत्केरी भेटघाट ,नेतृत्व विकास तथा क्षमता अभिवृद्धि सम्बन्धि तालिम,किशोरी केन्द्रित कार्यक्रम ,सदस्य सर्वेक्षण ,शेयर सदस्य वृद्धि ,कम्प्युटर प्रणालीमा कार्यालय संचालन ,मनोसामाजिक परामर्श कार्यक्रम वडागत रुपमा संचालन गर्ने,घरेलु हिंसाको अन्त्य ,लक्षित बर्गको महिलालाई कृषि तालिम तथा अवलोकन भ्रमण जस्ता कार्यक्रम नीति तथा कार्यक्रममा राखियको प्रतिवेदन प्रस्तुत गरेका थिय।

तेसैगरी साधारणसभामा संस्थाका कोषाध्यक्ष नानीछोरी प्रधानले आफ्नो आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको शेयरपुजी २३ लाख ४६ हजार तथा बचत ८० लाख ५९ हजार रुपैयाँ र ऋण लगानी १ करोड ११ लाख रहेको आर्थिक प्रतिवेदन प्रस्तुत गरे। साधारणसभामा संस्थाका सचिब रितु कार्कीले १९ औं साधारणसभाको समिक्षा प्रतिवेदन प्रस्तुत गरेका थिय। साधारणसभा लाई आफ्नो शुभकामना मन्तव्य दिदै प्रमुख अतिथी वडा अध्यक्ष हेरमान गोपालीले सहकारीले समाजमा उल्लेख्य योगदान गरेको भएता पनि केही सहकारीले नियतवस वदमासी गरेको हुनाले सदस्यहरुले सहकारीलाई छानेर विश्वासिलो संस्थामा मात्र कारोवार गर्नु पर्ने वताए गोपालीले सहकारी संस्थाहरु वित्तिय क्रियाकलापमा मात्र सिमित नरही लालिगुरास महिला बहुउद्देश्यीय जस्तै अरु सहकारी हरुले पनि विभिन्न सामाजिक क्रियाकलाप पनि लाग्नु पर्ने बताए ।

उनले खस्कदै गएको सामाजिक सद्भाव र एकतालाई बढाउने र एक अर्काप्रतिको सहकार्यको भवनाको वृद्धि गर्नु पर्ने औल्याए। साधारणसभामा पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष अरुण रायमाझी ,थाहा नगर उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान प्रधान,लायन्स क्लव थाहाका गीता कार्की ,सहकारीकर्मी सुमित्रा बिडारी,पालुङ जेसिज बर्ष २०२३ का अध्यक्ष संगम कार्की ,जनकल्याण माबिका प्रधानाध्यापक सानोभाइ कार्कीले साधारणसभाको उपलक्ष्यमा शुभकामना दियका थिय।

साधारणसभामा पालुङ क्याम्पसका क्याम्पस प्रमुख राजन मिश्र,चेतनशील महिला सहकारीको अध्यक्ष सकुन्तला गोपाली,दामन चेली समाजका अध्यक्ष राधिका रायमाझी ,सहयोगी बचतका प्रवीण प्रधान,झम्केश्वरी माबिका अध्यक्ष प्रदिप प्रधान,ल्याम्ह पुच: का जर्म श्रेष्ठ लगायतका उपस्थिति रहेको थियो।

साधारणसभाको अवसरमा संस्थामा उत्कृष्ट कारोवार गर्ने सदस्यहरुलाइ सम्मानित गरियको थियो। साधारणसभा लाई समाजसेवी युवा तथा झम्केश्वरी माबिका शिक्षक भुमिराज अवस्थिले संचालन गरेका थिय।

 

https://www.thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg