pani-1786865868.jpg
Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

लायन्स क्लब आरम्भ देउराली द्वारा थाहाका दुई विद्यालयमा न्यानो कपडा वितरण

1735479550338-1735479563.jpg

लायन्स क्लव अफ काठमाडौं आरम्भ देउरालीले मकवानपुरको थाहा नगरका दुई विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ ।

पौष १४ गते थाहा ११ स्थित कालिदेवी प्राविका ४९ जना र थाहा ९ स्थित जलदेवी प्राविका ४७ जना विद्यार्थीहरुलाई ट्राकसेट, टोपी, कापीकलम वितरण गरेको हो ।

कार्यक्रम लायन्स क्लव अफ थाहा पिसले समन्वय गरेको हो । काठमाडौं आरम्भ देउरालीका अध्यक्ष यमकुमारी रानाभाटको अध्यक्षतामा दुवै विद्यालयमा भएको कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लव अन्तर्राष्ट्रिय ३२५ एमका सेकेन्ड भाइस गभर्नर रत्न पराजुली, सेक्रेटरियट चिफ उदय कुमार नेपाल, को चिफ एड्भाइजर माधव पाण्डे, गिता शर्मा चापागाई, डिपार्टमेन्ट हेड तथा थाहा पिसका संस्थापक अध्यक्ष सुरेन्द्रमान प्रधान, डिपार्टमेन्ट को हेड कल्पना घिमिरे, रिजन चियर पर्सन दुर्गा थापा केसी, आरम्भ देउरालीका प्रथम उपाध्यक्ष कल्पना थापा, थाहा पिसमा दृतीय उपाध्यक्ष निरज रायमाझी, सचिव दिपक थिङले न्यानो कपडा वितरण गर्नु भएको हो ।
कार्यक्रममा डिपार्टमेन्ट हेड तथा थाहा पिसका संस्थापक अध्यक्ष सुरेन्द्रमान प्रधानले लगातार ३ वर्षदेखि थाहाका ६ वटा विद्यालयमा न्यानो कपडा वितरण गरिसकेको बताउनु हुँदै गरिव विद्यार्थीहरुको शिक्षाका लागि निरन्तर लागिरहने बताउनु भयो । 

कार्यक्रममा को चिफ एड्भाइजर गीता शर्मा चापागाईंले आफूहरुको रोजाइ मकवानपुरको थाहा नगरपालिकाका ग्रामीण क्षेत्र रहेको बताउनु भयो । सेक्रेटेरियट चिफ उदय कुमार नेपालले न्यानो कपडा मात्र नभई अन्य सहयोगको अपेक्षा भए लायन्स क्लव साथमा रहने बताउनु भयो । प्रमुख अतिथि रत्न पराजुलीले लायन्स क्लव मार्फत मकवानपुरको ग्रामीण क्षेत्रमा सेवा गर्ने अवसर मिलेकोमा खुसी व्यक्त गर्नु भयो । आरम्भ देउरालीका अध्यक्ष यमकुमारी रानाभाटले आफ्नो कार्यकालमा पनि थाहा नगरमा आएर सेवा गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । 

आरम्भ देउरालीले यस अघि थाहा ११ कै नागछेडा, १२ को लिति, थाहा १ को झम्केश्वरी, थाहा ४ को महाङ्कालमा न्यानो कपडा वितरण गरिसकेको छ ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...