Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

ललितपुर वारमा माओवादी निकट कानून व्यवसायीको प्यानल निर्वाचित, श्रेष्ठ बने अध्यक्ष

326865163_657856152693435-1674398886.jpg

ललितपुर । ललितपुर वार एशोसियसनमा राम श्रेष्ठ नेतृत्वको गणतान्त्रिक, प्रगतिशील, पेशागत कानुन व्यवसायी समूहको प्यानल विजयी भएको छ । नेकपा (माओवादी केन्द्र) का श्रेष्ठले एमाले, कांग्रेस र एकीकृत समाजवादीको संयुक्त प्यानलका शशि कुमार कार्कीलाई २५१ मत अन्तरले हराए । ६०० भोट खसेकोमा श्रेष्ठले ४२१ र प्रगतिशील, पेशागत, लोकतान्त्रिक, समाजवादी र समावेशी समूहका कार्कीले १७० मत पाए । गणतान्त्रिक प्रगतिशील पेशागत कानुन व्यवसायी समूहबाटै उपाध्यक्षमा बाबुकृष्ण महर्जन, सचिवमा छोनम मोक्तान, सहसचिवमा रिता शेर्पा, कोषाध्यक्षमा रमेश कुमार महर्जन निर्वाचित भएका छन् । यसैगरी महिला दुई सदस्यमा अष्ट कुमारी महर्जन र सुशिला कार्की विजयी बनेका छन् । अन्य सदस्यहरुमा भूमेराज आले मगर, ईच्छाराम महर्जन, रत्न बहादुर बुढा, रोहित कुमार कार्की, राजु अधिकारी, जीवन कुमार बस्नेत, विराज थापा र विपना योगी विजयी भएका छन् । श्रेष्ठ प्यानलका राजु अधिकारी विप्लव निकट नेकपाका हुन् भने अरु सबै माओवादी केन्द्र सम्वद्ध हुन् । ललितपुर बार एसोसियसनको हरेक दुई वर्षमा चुनाव हुने गरेको छ। ललितपुर बारमा ८ सय १२ कुल मतदाता छन्। मुख्य निर्वाचन अधिकृत प्रकाश महर्जनका अनुसार मतदान विहान ८:३० बजेदेखि दिउसो ४ः३० बजेसम्म मतदान भएको थियो भने त्यसपछि भएको मतगणना सम्पन्न भएको हो।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg