Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

रुकुम पश्चिम हत्याकाण्डका मृतकहरूको स्मृतिमा हेटौंडामा खबरदारी सभा

1716482194403-1716482223.jpg

जातीय भेदभाव र छुवाछुतको कारण रुकुम पश्चिममा भएको दुर्भाग्यपूर्ण हत्याकाण्डको चार वर्षपछि पनि त्यसको स्मरण गरिएको छ। २०७७ साल जेठ १० गते सोती गाउँमा २१ वर्षीय नवराज विक र उनका साथीहरूलाई गाउँलेहरूले मिलेर कुटपिट गरी हत्या गरेका थिए। यस घटनामा ६ जना युवाको ज्यान गएको थियो भने ११ जना घाइते भएका थिए।  

यसै घटनालाई स्मरण गर्दै आज हेटौंडाको बुद्धचोकमा संयुक्त दलित संघर्ष समिति मकवानपुरले रुकुम पश्चिम हत्याकाण्डका मृतकहरूको स्मृति तथा खबरदारी सभा आयोजना गरेको छ। कार्यक्रमको संचालन संयुक्त दलित संघर्ष समिति मकवानपुरका संयोजक एवम् मुक्ति समाजका केन्द्रीय सदस्य कमल कुमार विश्वकर्माले गर्नुभएको थियो। 

संयोजक विश्वकर्माले कार्यक्रमको औचित्य बताउँदै रुकुम घटनाको स्मृति गर्दै अपराधीहरूलाई कुनै पनि बहानामा रिहा नगर्न खबरदारी गर्नुभएको थियो। उहाँले विभिन्न नाराहरू समेत वाचन गर्नुभएको थियो। 

कार्यक्रममा मुक्ति समाजका केन्द्रीय सल्लाहकार युक्तलाल विश्वकर्माले पनि रुकुम घटनाबारे ध्यानाकर्षण गराउँदै खबरदारीसहित सभालाई सम्बोधन गर्नुभएको थियो।

कार्यक्रममा नेपाल उत्पीडित जातीय मुक्ति समाज, नेपाल दलित संघ, दलित मुक्ति मोर्चा, नेपाल राष्ट्रिय दलित संगठन र जात व्यवस्था उन्मूलन मोर्चाका केन्द्रीय सदस्यहरु, प्रदेश सदस्यहरू, जिल्ला पदाधिकारीहरू एवं सदस्यहरू लगायत दलित समुदायका व्यक्तिहरूको उपस्थिति रहेको थियो।

सो घटनामा परेर नवराज विकसहित ६ जनाले ज्यान गुमाएका थिए। जिल्ला अदालत रुकुम पश्चिमले २४ जनालाई जन्मकैदको फैसला सुनाउँदा आठ जनालाई सफाइ दिएको थियो। अदालतले विककी प्रेमिका र उनकी आमालाई जातीय छुवाछुतको कसुरमा कैद र जरिवाना तोकेको थियो।  

घटनाबारे अनुसन्धान समितिहरूले जातीय भेदभाव र छुवाछुत नै प्रमुख कारण भएको निष्कर्ष निकालेका थिए। यस घटनालाई सामाजिक न्यायका पक्षधरहरूले कालो दिन र अधिकारकर्मीहरूले प्रतिरोध दिवसको रूपमा मनाउने गरेका छन्।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg