pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

रासायनिक मलको विकल्प सोच्ने वेला भयो:-सांसद बर्तौला

mahesh-1671887806.jpg

थाहा नगर ९ पुस  मकवानपुर प्रतिनिधि सभाका नव निर्वाचित सांसद महेश कुमार बर्तौलाले रासायनिक मलको बिकल्प सोच्ने समय आएको बताएका छन।आज थाहा नगरपालिकामा अवस्थित पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको २४ औं स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै बर्तौलाले सोकुरा बताएका हुन ।सांसद बर्तौलाले नेपालमा तत्काल रासायनिक मलको उत्पादन सम्भव नभएकोले  विकल्पको रुपमा अब प्रबिधिमैत्री रुपमा जैविक मल उत्पादन गरि देशलाई अर्ग्यानिक खेतितर्फ लानुनै उत्तम बिकल्प रहेको बताए ,बर्तौलाले भने "नेपालको खेतीयोग्य जमिनको माटोको उर्वरासक्ती रासायनिक मल र अनेकथरीका बिषादिले खाइसकेकोले माटोको उर्वरासक्तिलाइ बचाउनको निम्ति पनि रासायनिक मल बिस्तारै प्रतिस्थापन गर्नु पर्छ" उनले भने साथै यो अभियान बेमौसमी तरकारी खेतिको लागि प्रसिद्ध स्थान थाहा नगरपालिकाले सुरुगर्नु पर्ने बताउदै तेस्को लागि चाहिने एन कानुन बनाउन आफुले रोस्ट्रम बाट आवाज बुलन्द पार्ने बताउनुभयो। सांसद बर्तौलाले संस्थाको स्थापना दिवसको उपलक्ष्यमा शुभकामना दिदै मकवानपुरको किसानको तर्फबाट सरकारको कानमा पुग्नेगरी आवाज उठाउने बताउदै सहकारी भनेको जनतालाई सामाजिक तथा आर्थिक उत्पीडन बाट मुक्त गर्ने संस्था रहेको बताउदै सामाजिक उत्तरदायित्वमा अझ बढी उत्तरदायी हुन शुभकामना समेत दिए।साथै उनले बिश्व अर्थतन्त्रको नमुना र नेपालको अर्थनीतिको एक खम्बा सहकारी भएकोले जनताको उत्पादन क्षेत्रसंग जोडिन आग्रह गर्दै सहकारी संग जोडिएको नीति,नियम,कानुन निर्माण गर्न सल्लाह र सुझावको अपेक्षा राख्दै जनताबाट आएका सुझावलाई संसद भवनमा बुलन्द पारी सरकार समक्ष पुर्याउने प्रतिबद्धता व्यक्त गरेका थिय।

तेसै गरि अर्का बिशिस्ट अतिथी थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टले सहकारीको संख्या वृद्धि गर्नुभन्दा सहकारी सहकारी कीच एकिकरण गरी राम्रो सहकारी बनाएर सेवा प्रदान गर्न आवश्यक रहेको बताउनुभयो । बिष्टले सहकारीलाई राज्यले समेत महत्वपु्र्ण रुपमा लिएका हुँदा यसलाई सकारात्मक ढंगले सबैले सहयोग गर्नुपर्ने जोड दिनुभयो । संस्थाका अध्यक्ष उमेश ढकालको अध्यक्षतामा सम्पन्न स्थापना दिवस कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली,थाहा १ का अध्यक्ष हेरमान गोपाली,३का अध्यक्ष हिरेन्द्र रायमाझी संस्थापक अध्यक्ष बिष्णुहरी ढकाल जंगली ,निवर्तमान अध्यक्ष पुरुषोत्तम कार्की,पुर्व अध्यक्ष बिमलकुमार ढकाल,सिए तथा नेपाल ब्रोकर एशोसियसनका उपाध्यक्ष धर्मनाथ सापकोटा ,हेटौंडा सेवा केन्द्रका संयोजक बिष्णु प्रसाद ढकाल,ईलाका प्रहरी कार्यालयका प्रमुख दुर्गा खनाल,नेपाली काङ्ग्रेस थाहा नगर सभापति प्रमोदकृष्ण जोशी,थाहा नगर उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुरुषोत्तम ढकाल,महासचिव सुरेन्द्रमान प्रधान,लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरु,पुर्व संचालक समितिका पदाधिकारी ,सेयर सदस्यहरुको उल्लेख्य सहभागीता रहेको थियो।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...