jkmv-english-1784299234.jpg
Wednesday, 29 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

मनाेरञ्जन

राष्ट्रिय तीज दोहोरी प्रतियोगितामा ७० प्रतियोगि सहभागि हुने

teej-1630653716.jpg

हाम्रो घरद्धारा आयोजना हुन लागेको राष्ट्रिय तीज गीत प्रतियोगिताको तयारी पूरा भएको अयोजनकले जनाएको छ । प्रतियोगिता हरितालिका तीजको अवसरमा पछिल्लो समय युवा पुस्तामा लोकप्रिय बन्दै गएको क्लव हाउस प्रयोगकर्ताहरुको समूह ‘हाम्रो घर’ले आयोजना गर्न लागेको हो ।
भदौ १८आज शुक्रबार र १९ शनिबार आ्रतियोगितामा ७० जनाको सहभागिता रहने निश्चित भएको संयोजक रमेश अधिकारीले जानकारी दिनुभयो । ग्लोबल कन्सल्ट सिड्नी अष्ट्रेलियाको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगिता शुक्रबार अपरान्ह साढे ४ बजे र शनिबार पूर्वान्ह साँढे ११ बजेबाट प्रतियोगिता सञ्चालन हुने संयोजक अधिकारीले जानकारी दिनुभयो ।

प्रतियोगितामा शुक्रबार छनौट चरणमा छनौट चरणमा छानिएका प्रतिस्पर्धीले शनिबार फाइनल चरणका लागि प्रतिस्पर्धा गर्ने गरी कार्यक्रमको तयारी गरिएको प्रतियोगिता सहसंयोजक राम कंडेलले जानकारी दिनुभयो ।

सहभागीले प्रतियोगितामा जोडीगत रुपमा गरेको प्रतिस्पर्धाका आधारमा छनौट चरण, उत्कृष्ट १६, उत्कृष्ट ८, उत्कृष्ट ४ हुँदै प्रतियोगिताको प्रथम, द्वितिय, तृतिय, सान्त्वना निर्धारण गरिने कंडेलले जानकारी दिन्भयो । त्यस्तै प्रतियोगितामा विषेश प्रतियोगिलाई समेत पुरस्कारको व्यवस्था रहेको छ ।
प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय र सान्त्वना हुनेले क्रमश नगद २५ हजार, १५ हजार, १० हजार र ५ हजार रुपैयाँ सहित प्रमाण–पत्र प्राप्त गर्नेछन् ।
प्रतियोगितालाई सफल बनाउन  डी क्याफे सिड्नी (अष्ट्रेलिया), एनआरएनए यूवा उप–संयोजक राजेश टण्डन (अष्ट्रेलिया), सोखिन न्यौपाने (अष्ट्रेलिया), लाली गुराँस रेमिटेन्स अष्ट्रेलियका गोकुल भण्डारी, अस्मिता अर्याल ९अष्ट्रेलिया०, पशुपति ढकाल (न्यूजिल्याण्ड)बाटले सह–प्रायोजकको भूमिका निर्वाह गर्ने भएका छन् ।

हाम्रो घरले नियमित रुपमा लोक दोहोरी गीत संगितलाई प्रर्वद्धन गर्ने उद्देश्यले नयाँ प्रतिभाहरुको प्रस्फुटन गराउने डिजिटल प्लेटफर्म उपलब्ध गराउँदै आएको संयोजक तथा क्रियटर रमेश अधिकारीले जानकारी दिनुभयो । अधिकारीले यस्तै किसिमका प्रतियोगिता यस अघिपनि सञ्चालन गर्ने गरिएको समेत जानकारी दिनुभयो ।  प्रतियोगिता सम्पन्न हुन करिब १ लाख ५० हजार खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...