jkmv-english-1784299234.jpg
Tuesday, 28 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

कृषि

राष्ट्रिय कृषि गणना, २०७८ को नतिजा सार्वजनिक

agricultire-poppulation_g-1694165289.jpg

राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय कृषि गणना २०७८ को नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज एक कार्यक्रमकाे आयोजना गरेर हरेक १० वर्षमा हुने गणनाको नतिजा सार्वजनिक गरेकाे हाे ।
नतिजा सार्वजनिक कार्यक्रममा कृषि गणना २०७८ अनुसार कृषक परिवारले १२ लाख ९ हजार २ सय ६५ दशमलव ५ हेक्टर जग्गामा सिचाई सुविधा लिएको र प्रत्येक कृषक परिवार अन्तर्गतको ५४ दशमलव ५ प्रतिशतमा सिँचाइ सुविधा उपलब्ध भएको जानकारी दिइएको छ । यस्तै ३९ लाख ९९ हजार खेतीपाती आवद्ध भएको देखिएको छ, भने, १ लाख ३२ हजार ले पशुपंक्षी मात्र पाल्ने गरेको पाइएको छ । २०६८ को विवरण अनुसार ३७ लाख १६ हजार परिवार खेितपातिमा र १ लाख १६ हजार पशुपंक्षी पालनमा थिए ।
उक्त सार्वजनिक कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले १६ औँ योजना तर्जुमा गर्दा उत्पादन र रोजगारी वृद्धि गर्ने कार्यक्रम तर्जुमा गर्ने भन्नुहुँदै कृषि क्षेत्रमा सुधार गर्ने योजना तर्जुमा गर्न राष्ट्रिय कृषि गणना २०७८ को नतिजा फलदायी हुने बताउनुभयो । उहाँले कृषिको रूपान्तरण गरी कच्चा पदार्थ र उपभोग्य पदार्थ उत्पादन गरी कृषिमा आधारित उद्योग विकास गर्नुपर्ने बताउनुभयो ।
नतिजा सार्वजनिक कार्यक्रममा विगतको गणना भन्दा यस गणनामा सबैभन्दा बढी क्षेत्रफलमा खाद्यान्न वाली र गत वर्ष भन्दा यस पटक फलफूल बाली पनि बढेको देखिएको जानकारी दिइएको छ । उक्त कार्यक्रममा गत १० वर्षको अन्तरालमा पशुपालन गर्ने कृषक परिवारमा पनि वृद्धि भएको भन्दै उन्नत गाई र भैँसी पालनको सङ्ख्यामा पनि उल्लेख्य वृद्धि भएको जानकारी दिइएको थियो ।
कृषि गणना २०७८ का अनुसार ४२ हजार ८ कृषक परिवारले ४८ हजार ७ सय ६३ वटा पोखरीमा माछापालन गरेको देखाएको छ भने पुष्प तथा नर्सरी खेती, मौरी पालन र च्याऊँ खेतीमा पनि कृषकहरूमा आर्कषण बढेको जनाइएको छ ।
कृषि गणना २०७८ का अनुसार ४५ प्रतिशत कृषक परिवारले आफ्नो कृषि कार्यबाट भएको आम्दानीले खान पुग्ने बताएका छन् भने जम्मा कृषक परिवार मध्ये २६ प्रतिशत परिवारले कृषि कार्यका अतिरिक्त अन्य आर्थिक क्रियाकलाप सञ्चालन गर्ने गरेको पनि नतिजामा जनाइएको छ ।
कृषि गणना २०७८ का अनुसार नेपालमा जम्मा घरपरिवार मध्ये ६२ प्रतिशत कृषक परिवार रहेको पाइएको छ भने अघिल्लो वर्षका गणनाले कृषक परिवार ७१ प्रतिशत देखाएको थियो । आज सार्वजनिक नतिजा अनुसार ३ लाख ८ हजार ५ सय १२ कृषक परिवारले सरकारी अनुदान पाएको उल्लेख गरेका छन् भने अनुदान पाएका मध्ये सबैभन्दा बढी कृषकले रासायनिक मल खरिद गरेको जनाएका छन् ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...