pani-1786865868.jpg
Friday, 18 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

राज्य व्यवस्था संचालनमा महिलाहरुको पनि समान पहुँच हुनुपर्छ :- मन्त्री कुमारी मोक्तान

FB_IMG_1678291960699-1678291988.jpg

बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले राज्य व्यवस्था संचालनमा महिलाहरुको पनि समान अधिकार हुनुपर्ने बताउनुभएको छ। थाहा नगरपालिकामा २४ फागुन ८ मार्च ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा शुभकामना दिनुहुदै मन्त्री मोक्तानले उक्त भनाइ राख्नुभएको हो ।मन्त्री मोक्तानले महिला संघर्षले प्राप्त उपलब्धि ३३ प्रतिशत महिला समानुपातिक व्यवस्था अनिवार्य नभएको भए अझै पनि हामी यो व्यवस्थामा महिला हरुलाई प्रतिस्पर्धामै आउन नदिने बताउनुभयो साथै वहाँले महिलाहरुको लागि छुट्टाएको आरक्षण लाई दलहरुले गलत प्रयोग गरिरहेको बताउदै संघर्षको बलले प्राप्त उपलब्धि महिला आफैले जोगाउनुपर्ने बताउनुभयो। मन्त्री मोक्तानले देशमा गणतन्त्र स्थापना भएपछि र नयाँ संविधान जारी भैसकेपछी महिलाहरुले अधिकारै पाएको छैन भन्न नसुहाउने बताउदै परिवर्तन भन्दा पहिला ५ प्रतिशत अधिकारमा थन्किएको महिलाहरु अहिले सम्पतिमा समान अधिकार प्राप्त हुने स्थिती सम्म आइपुगिसकेको तर व्यवहारमा भने लागू हुन नसकेको बताउदै जनयुद्ध र जनआन्दोलनको जगमा प्राप्त भएको यो उपलब्धि रक्षाको निम्ति र प्राप्त अधिकार संस्थागत गर्न र जोगाउन आवश्यकता रहेको औल्याउँदै सबैखाले लैङ्गिक विभेद र असमानता तोड्दै श्रमिक महिलाका हक अधिकारको प्रत्याभूति गराउन श्रमिक महिला दिवसले सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वाससहित अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको शुभकामना व्यक्त गर्नुभयो। थाहा नगरपालिकाको सहयोग तथा लालीगुरास महिला बहुउद्देश्यीय सहकारी संस्था र चेतनशील महिला सहकारी संस्थाको आयोजनामा भएको ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मुल समारोह कार्यक्रम थाहा नगरपालिका महिला बालबालिका शाखा प्रमुख प्रतिमा मोक्तानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा थाहा नगरभित्र रहेका संघसंस्थामा आबद्ध महिला ,बित्तिय तथा बैंकमा कार्यरत महिला कर्मचारीहरु,महिला जनप्रतिनिधिहरु,थाहा नगरपालिकामा कार्यरत महिला शाखा प्रमुख हरु,नगरभित्र रहेका सहकारीमा आवद्ध महिला हरुको उपस्थित रहेको कार्यक्रममा अपाङ्ग सरोकार मंच थाहा नगर अध्यक्ष मंगलाल गोपाली,फरकसोचका संयोजक यादव रायमाझी ,थाहा नगर कृषि शाखाका बालकुमारी भट्टराई ,नेपाल महिला संघ नगर सभापति ईश्वरी सिं ठकुरी,महिला सहकारीकर्मी सुमित्रा बिडारी ,पालुङ जेसीज बर्ष २०२३ का अध्यक्ष संगम कार्की ,गिता कार्की,थाहा नगर उद्योग वाणिज्य संघ महिला उद्यमी सभापति आरती श्रेष्ठ, लगायतकाले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिलाले महिला भएकै कारण हुने लैङ्गिक विभेद, शोषण र असमानताको सामना गर्नु परिरहेको र ११३ औं अन्तर्राष्ट्रिय महिला दिवस साझा अभियानका रुपमा मनाउदै नेपालमा ‘लैङ्गिक समानताको बलियो आधार : सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ नारासहित प्रविधिमा महिलाको पहुँच बढाएर लैङ्गिक असमानता कम गर्न उद्देश प्राप्तिको शुभकामना दिएका थिय। कार्यक्रमको अवसर पारेर नगर भित्र फरक क्षमता भएका महिलाहरुलाई सम्मानित गरियो सम्मानित हुनेहरुमा थाहा १ कि चरीमाया गोपाली,थाहा २ की सावित्री देउला थाहा ३ का नानिमाया गोपाली,४ की ठुलिमाया रुम्बा,थाहा ५ कि दुर्गा कार्की ,थाहा ६ कि बिष्णु माया श्रेष्ठ ,थाहा ७ कि टिकाकुमारी थिङ,८कि सुमित्रा घलान ९ कि भावना गमाल,१० बाट जुना केसी ११ कि सानुमाया थोकर र १२ कि कल्पना गोले लाई प्रमुख अतिथी मन्त्री मोक्तानले कदरपत्र तथा दोसल्ला बाट सम्मानित गर्नुभयो। कार्यक्रम लाई मुल समारोह समितिका संयोजक शकुन्तला गोपालीले संचालन गरेका थिय भने लालीगुरास महिला बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रिता प्रधानले कार्यक्रमको उद्देश्य माथी प्रकाश पारेकी थिइन।

 

 

FB_IMG_1678292613686-1678292957.jpg
FB_IMG_1678292600866-1678293084.jpg
FB_IMG_1678292595127-1678293084.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
पालुङमा इन्द्रजात्राको अवसरमा नेवाः फुड फेस्टिबल तथा सांस्कृतिक मेला हुने
InShot_20260917_173316331-1789645720.jpg

मकवानपुर । थाहा नगरपालिका–२ पालुङमा इन्द्रजात्राको अवसरमा ‘नेवाः फुड फेस्टिबल तथा बृहत् सांस्कृतिक...

बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...