himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

राक्सिराङको कार्यपालिकालाई ‘चिउरी, चमेरो र चेपाङ’ बारेअनुशिक्षण

16322066903104406743-1694786791.jpg

राक्सिराङ गाउँपालिकाको कार्यपालिका टिमलाई चिउरी, चमेरो र चेपाङ समुदायको अन्तरसम्बन्धबारे अनुशिक्षण गरिएको छ ।

डिभिजन वन कार्यालय राप्ती मनहरीका प्रमुख बिष्णुप्रसाद आचार्यले राक्सिराङ गाउँपालिकाको आर्थिक समृद्धिको प्रमुख आधार चिउरी बन्न सक्ने र चेपाङ समुदायको जीवनस्तर सुधार्न सकिने सम्भावनासहितको प्रस्तुति दिनु भएको हो ।

गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष बनस्तम थिङ, प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गड्तौलासहित वडाध्यक्षहरु र कार्यपालिका सदस्यहरुमा चिउरीको पर्याप्तता, उपयोगिता र यसको व्यवसायिकरणको सम्भावनाबारे आचार्यले जानकराी गराउनु भएको हो ।

प्रस्तुतिमा कार्यालय प्रमुख आचार्यले चिउरी, चेपाङ र चमेरो एकापसमा अन्योन्याश्रित सम्बन्ध रहेको उल्लेख गर्दै राक्सिराङ गाउँपालिकाले चिउरीको संरक्षण गर्न सकेमा मौरीपालनको परिमाणात्मक बृद्धि हुनेमा समेत जोड दिनुभयो ।

‘हामी जनतालाई यसको महत्व बुझाउँदै हिँडेका छौँ, चिउरीका नर्सरी बनाएर बृक्षरोपण गराउँदै हिँडेका छौँ’, प्रमुख आचार्यले भन्नुभयो–‘हामी कर्मचारीहरु त सरुवा भएर जाने हो, तर तपाईहरु आफ्नो गाउँ ठाउँमा रहनुहुने जनप्रतिनिधिहरुले यो कुरालाई बुझेर अभियानमा जोडिनुप¥यो ।’

चिउरी, चमेरो र चेपाङको अभियानलाई आफूहरुले सकारात्मक रुपमा लिएर सिर्जनात्मक रुपमा सहयोग गर्ने गाउँपालिका अध्यक्ष राजकुमार मल्लले प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

यस बर्ष चिउरी संरक्षणका लागि प्रदेश र संघीय सरकारले समेत बजेट बिनियोजन गरेको छ भने चिउरी, चेपाङ र चमेरो संरक्षणका लागि बागमती प्रदेश सरकारले नीति तथा कार्यक्रममा उल्लेख गरी बजेटको बिनियोजन गरेको छ ।

कार्यक्रममा सबै वडाका वडाध्यक्षहरु, सामुदायिक वन उपभोक्ता महासंघ राक्सिराङका अध्यक्ष थलबहादुर थापा (सन्तोष), सिद्धार्थ हरियाली सामुदायिक वन उपभोक्ता समूह राक्सिराङ ३ का अध्यक्ष एबम् सञ्चारकर्मी ज्ञानेन्द्र तामाङ लगायतको सहभागिता रहेको थियो ।

मनहरी लाइभमा खवर छ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg