Monday, 09 Nov, 2026
worldlink1-1789963258.gif

समाचार

युवा दिवसको अवसरमा ॐ वृद्धाश्रममा खाद्यान्न बितरण

FB_IMG_1754989535599-1754989621.jpg

मकवानपुर । २६औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा अखिल (क्रान्तिकारी) जिल्ला समिति मकवानपुरले ॐ वृद्धाश्रम, चौकीटोलमा खाद्यान्न सामाग्री वितरण गरेको छ।

‎मंगलबार बिहान भएको कार्यक्रममा वृद्धाश्रममा आश्रित १०२ बर्षिय बयोबृद्धमार्फत बृद्धाश्रामलाई चामल, दाल, आँटा, नुनलगायत खाद्यान्न सामग्रीहरु हस्तान्तरण गरिएको थियो ।

‎अखिल (क्रान्तिकारी) जिल्ला समिति मकवानपुर अध्यक्ष बुद्धराज अर्यालको अध्यक्षता एवम् नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश उपाध्यक्ष एवम् बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामीको प्रमुख आतिथ्यता रहेको थियो ।कार्यक्रममा प्रमुख अतिथि पुलामीले मानव सेवा नै सबैभन्दा ठुलो धर्म भएको बताए ।

‎यस्तै युवा पुस्तामा सामाजिक उत्तरदायित्व, सहयोग र मानवीय संवेदनशिलताको भावना विकास गर्नु रहेको अखिल (क्रान्तिकारी)का अध्यक्ष बुद्धराज अर्यालले बताए ।

‎कार्यक्रममा नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश सचिवालय सदस्य तथा मकवानपुर जिल्ला संयोजक भिम पाख्रिन, प्रदेश सचिवालय सदस्य तथा जिल्ला समन्वय समितिका प्रमुख ललित घलान, प्रदेश सदस्य बिबेक राई, ॐ वृद्धाश्रमका अध्यक्ष शिद्धिलाल श्रेष्ठ, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य ध्रुबराज ढकाल, केन्द्रीय लेखा समिति सदस्य राज सापकोटा अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य एवम् मकवानपुर ईञ्चार्ज राजेन्द्र मोक्तान बागमती प्रदेश सदस्य पुष्पा सुनार लगायतको उपस्थिति रहेको थियो ।

‎बृद्धाश्रममा खाद्यान्न सहयोगका लागि महा खाद्यान्न भण्डार हेटौंडाका सञ्चालक अभिशेक गुप्ताले आवश्यक सामग्री सहयोग गरेका थिए ।

‎हाल बृद्धाश्रममा ६० बर्ष देखि १०२ बर्षसम्मका २६ जना बृद्धबृद्धा आश्रित रहेको बृद्धाश्रमका अध्यक्ष शिद्धिलाल श्रेष्ठले बताए । असहाय बृद्धबृद्धाहरुको लागि स्थानीय निकायको सिफारिशमा निशुल्क आश्रयको ब्यवस्था भएको र परिवारको सहमतिमा शशुल्क पनि बृद्धबृद्धाहरुले आश्रय लिन सक्ने अध्यक्ष श्रेष्ठले बताए ।

‎बृद्धाश्रममा १ जना नर्स र ५ जना कर्माचारीहरुले नियमित सेवा दिने गरेको समेत बृद्धाआश्रमले जनाएको छ ।

‎अखिल (क्रान्तिकारी) जिल्ला सचिव छोईसाङ लामाले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष दिपक लामाले स्वागत गरेका थिए ।

‎

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
नवौँ पालिकास्तरीय भलिबलको उपाधिका लागि आग्रा र हेटौँडाबीच भिडन्त, फाइनल सोमबार
FB_IMG_1794151489297-1794151939.jpg

बिनयबाबु बस्नेत स्मृति प्रतिष्ठानको आयोजनामा थाहा नगरपालिकामा जारी नवौँ संस्करणको पालिकास्तरीय खुला भलिबल...

न्हुलगाउँ T20 कप–२०८३ कार्तिक २१ देखि सुरु हुँदै, ६ टोलीबीच प्रतिस्पर्धा हुने
file_0000000072c08211a34c-1793979458.png

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१० मा न्हुलगाउँ T20 कप–२०८३ आयोजना हुने भएको छ। न्हुलगाउँ टोल विकास...

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीको उम्मेदवारी
FB_IMG_1793928531445-1793978598.jpg

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीले उम्मेदवारी दिएका छन् । पालुङ जेसीज बर्ष २०२६ का...

विनयबाबु स्मृति भलिबल सुरु, उद्घाटन खेलमा साविक विजेता तमु, मंगलेश्वर र हेटौँडा विजयी
FB_IMG_1793970900315-1793971499.jpg

मकवानपुरको थाहा नगरपालिकामा नवौँ संस्करणको विनयबाबु बस्नेत स्मृति मकवानपुर जिल्ला पालिकास्तरीय खुला भलिबल...

स्वच्छन्द भैरव माविको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा सरोज कुमार रेग्मी निर्विरोध चयन
FB_IMG_1793880704719-1793880988.jpg

मकवानपुर । श्री स्वच्छन्द भैरव माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सरोज कुमार रेग्मी...

थाहामा पालिकास्तरीय खुला भलिबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख १ हजार १११ रुपैयाँ पुरस्कार
FB_IMG_1793422395897-1793716186.jpg

थाहा।थाहामा  मकवानपुर पालिकास्तरीय खुला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। बिनयबाबु बस्नेत स्मृति...

१० पटक यात्रा गरे ११औँ पटक निःशुल्क ! पालुङदेखि काठमाडौंको जोरपाटीसम्म थाहानगर यातायात सञ्चालन हुँदै
InShot_20261103_181144553-1793709249.jpg

मकवानपुर । थाहा नगरपालिकाका नागरिकलाई काठमाडौंसँग जोड्दै सुरक्षित, सहज र भरपर्दो यातायात सेवा उपलब्ध गराउने...

भीमफेदीको सानुटारमा 'उज्यालो संवाद' सम्पन्न
FB_IMG_1793620666431-1793620702.jpg

भीमफेदी, मकवानपुर । भीमफेदी गाउँपालिका वडा नम्बर १ स्थित सानुटारमा सोमबार 'उज्यालो नेपाल पार्टी'ले टोल भेला...

एमाले थाहा नगरको जागरण अभियान सुरु, संगठन विस्तार र सुदृढीकरणमा जोड
1000076457-1793537840.jpg

नेकपा एमाले थाहा नगर कमिटी केन्द्रीय कार्यक्रम अन्तर्गत ‘जागरण अभियान’मा जुटेको छ । आइतबार थाहा नगरमा एक...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg