pani-1786865868.jpg
Monday, 14 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

कृषि

मेयर वडा स्तरीय तरकारी पकेट प्याकेज अन्तर्गत कृषि सामाग्री वितरण

416774162_129217121480571-1704465078.jpg

आर्थिक वर्ष २०८०/०८१ का लागि स्वीकृत भएको मेयर वडा स्तरीय तरकारी पकेट प्याकेज कार्यक्रम अन्तर्गत थाहा नगरपालिकाको वडा न ९ मा कृषि सामाग्री वितरण गरिएको छ।
थाहा नगरपालिका ९ चित्लाङको कुच्बु एकीकृत कृषक समुहलाइ कृषि सामाग्री वितरण गरिएको हो।

कृषक समुहलाई मिनिटिलर ७ एच पि डिजल २४ थान,मिनि टिलर पेट्रोल १ थान,बासको टनेल सेट ३ सेट,पानीतान्ने मेसिन एक थान,मल्चिङ पाल्स्टिक ३० थान,स्प्रे सेट ११ थान र प्राङ्गारीक मल ८० बोरा गरि कुल लागत २४ लाख को कृषि सामाग्री ५० प्रतिशत अनुदानमा प्रदान गरिएको कृषि शाखा प्रमुख सन्जय तिवारीले जानकारी दिए।
कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टले नगरलाई तरकारीको पकेट क्षेत्रका रुपमा विकास गर्न पाउनु नगरको लागि ठूलो अवसर भएको बताए । ‘हाम्रो नगर कृषि र पर्यटनमा आधारित नगर हो’, उनले भने "किसानको हितका निम्ति हुने कामलाई नगरपालिका एकचित्त भएर सहयोग गर्न तयार रहेको बताए "।
कृषक समुहका अध्यक्ष रामकृष्ण लामिछानेको सभापतित्वमा भएको कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले चित्लाङ थाहा नगरपालिकाको आखीझ्याल भएकोले यहाँ आउने पर्यटकले चित्लाङ हेरेर समग्र थाहाको मुल्यांकन गर्ने हुँदा यहाँका होटल हरुको लागि चाहिने कृषि उपज र तरकारी हरु यहीँ उत्पादन गर्नुपर्ने बताउनुभयो।
कार्यक्रममा ९ न वडा अध्यक्ष राजकुमार बलामी,कार्यपालिका सदस्य अन्जु श्रेष्ठ ,थाहा नगरका प्रशासन महाशाखा प्रमुख नवीन खालिङ,कृषि विकास अधिकृत बिकाश विक,कृषि शाखाका सहायक राजकुमार श्रेष्ठ ,वडा कृषि प्राविधिक,वडा जनप्रतिनिधिहरु तथा किसानहरुको उपस्थिति रहेको थियो।

यस कार्यक्रमको लागि पालिकाले ३६ लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।

स्वीकृत कार्यक्रमका लागि पालिकाको कृषि विकास शाखाले १ भाद्रमा सूचना प्रकाशन गरी किसानहरुबाट प्रस्ताव माग गरेको थियो । तरकारी पकेट कार्यक्रम संचालन निर्देशिका अनुसार गरिने कार्यक्रम थाहा नगरपालिका क्षेत्रमा ३ वटा कार्यक्रम कम्तीमा १४० रोपनी क्षेत्रफलका दरले संचालन गरिने कृषि शाखा प्रमुख सन्जय तिवारीले बताउनुभयो। 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...