jkmv-english-1784299234.jpg
Monday, 27 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

कृषि

मेयर वडास्तरीय तरकारी पकेट कार्यक्रम अन्तर्गत थाहा १२ मा कृषि सामाग्री वितरण

421715938_130128186056131-1705925497.jpg

थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ मा कृषि क्षेत्रमा नयाँ कार्यक्रम ल्यायो । कृषकहरुलाई यान्त्रिकरणतर्फ उन्मुख गराउन पालिकाले ल्याएको कार्यक्रम हो–‘मेयर वडास्तरीय तरकारी पकेट प्याकेज कार्यक्रम’ । यहि कार्यक्रम अन्तर्गत पालिकाको १२ नम्बर वडामा किसानहरुलाई कृषि सामाग्री वितरण गरिएको छ । थाहा नगरपालिकाले १ भाद्रमा सूचना प्रकाशित गरी मेयर वडास्तरीय तरकारी पकेट प्याकेज कार्यक्रम सञ्चालनका लागि निवेदन आव्हान गरेको थियो ।

नगरपालिकाले आव्हान गरेको सूचनाका आधारमा मापदण्ड पुगी छनोट भएको सुन्तलाबारी कृषक सहकारी थाहा–१२ अन्तर्गतका किसानहरुलाई ८ माघमा ७ एच.पि. क्षमताको पेट्रोल प्रयोग हुने ३९  वटा मिनिटिलर, स्प्रेयर २२ थान,डिजिटल काँटा तराजु १० थान,पाइप ३ सय मिटर २० एमएम २५ थान,मल्चिङ प्लास्टिक १० रोल ,ग्राडेन पाइप १५ केजि,सिल्पोलिन प्लास्टिक ७ थान,स्प्रीङकल १०० थान,एप्रोन सेट १५ थान, वितरण गरिएको कृषि शाखा प्रमुख संजय तिवारीले जानकारी दिए । आर्थिक वर्ष २०८०/०८१ को वार्षिक स्वीकृत  कार्यक्रम अन्तर्गत स्वरुप ५० प्रतिशत अनुदानमा कार्यक्रम सञ्चालन गरिएको शाखा प्रमुख तिवारीले जानकारी दिए ।
 तरकारी पकेट कार्यक्रम संचालन निर्देशिका अनुसार सञ्चालन भएकोे मेयर वडास्तरीय तरकारी पकेट प्याकेज कार्यक्रमबाट नगरको कम्तीमा १४० रोपनी क्षेत्रफलका दरले तीन स्थानमा कार्यक्रम सञ्चालन गर्ने पालिकाको योजना छ । किसानहरुले कृषि उपकरण पाएपछि नगरपालिकाप्रति आभार व्यक्त गरेका छन् । दैनिक जीवनशैली नै कृषिमा आधारित भएपश्चात् प्राप्त उपकरणले कृषि कर्ममा लाग्न थप उत्साह थपिएको प्रतिक्रिया दिए ।

थाहा नगरपालिकाका प्रमुख विष्णु बहादुर बिष्टले नगरलाई तरकारीको पकेट क्षेत्रका रुपमा विकास गर्न पाउनु नगरको लागि ठूलो अवसर भएको उल्लेख गरे । ‘हाम्रो नगर कृषि र पर्यटनमा आधारित नगर हो’, प्रमुख विष्टले भने “किसानको हितका निम्ति हुने कामलाई नगरपालिका एकचित्त भएर सहयोग गर्न तयार छ ।’
तेसैगरी प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले अब परम्परागत कृषि प्रणाली त्यागी आधुनिक खेती तर्फ उन्मुख हुन र उत्पादन बढाउनको लागि नगरपालिकाले यस्ताखालको कार्यक्रम ल्याएको बताउदै कृषकहरुको हितमा कार्यगर्न नगरपालिका सधै तत्पर रहेको उल्लेख गरे।
सुन्तलाबारी कृषि सहकारीका अध्यक्ष क्षेत्र बहादुर आले मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा  प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, १२ नम्बर वडा अध्यक्ष टिकाराम स्याङ्तान ११ न वडाका अध्यक्ष दिनेश बल, कृषि विकास अधिकृत विकास विक, कृषि प्राविधिक ज्ञानु भट्टराई , वडा सचिव ओबजंग रोकाया,पशु शाखा प्रमुख निकास ब्लोन ,वडा जनप्रतिनिधिहरु तथा किसानहरुको उपस्थिति रहेको थियो।
थाहाको तीन वटा वडामा लागू भएको मेयर वडा स्तरीय तरकारी पकेट कार्यक्रम थाहा ९ र १२ मा वितरण भैसकेको छ भने केही दिनमा वडा न ११ मा बितरण गरिने थाहा नगरपालिका कृषि शाखाले जनाएको छ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...