himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

मुख्यमन्त्रीलाई प्रेस सेन्टर मकवानपुरको ध्यानाकर्षणपत्र

FB_IMG_1686756288130-1686756410.jpg

हेटौंडा, ३१ जेठ

प्रेस सेन्टर संगठनले उठाउँदै आएका र राखेका मागहरूका सन्दर्भमा नेपाल सरकारलाई ध्यानाकर्षण गराउनको लागि मुख्यमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाएको छ । प्रेस सेन्टर मकवानपुरले वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई पत्रकारहरुको हकहित र ब्यबसायिक सुरक्षाको माग सहित १४ बुंदे ध्यानाकर्षणपत्र बुझाएको हो ।
पत्रमा  सरकारले मन्त्रीपरिषद्बाट निर्णय गरी नीति कार्यक्रममार्फत समानुपातिक विज्ञापन प्रणालीको नीति ल्याएकोमा धन्यबाद दिंर्दै व्यवहारिक रुपमा तत्काल कार्यन्वयन गर्न माग गरिएको छ । यसको लागि विज्ञापनलाई एकद्दार प्रणालीमा लैजाने ब्यवस्था मिलाउन र विज्ञापन बोर्डलाई समानुपातिक विज्ञापन प्रणाली कार्यान्वयनको लागि थप जिम्मेवार बनाउन तथा प्रकृया पूरा गरी सञ्चालनमा रहेका अनलाइन सञ्चार माध्यमहरुलाई लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने विषयमा बजेटमा सम्बोधन भए पनि त्यसको कार्यान्वयनमा देखिएको समस्या हल गर्न यथासिघ्र पहलको लागि ध्यानाकर्षण गराइएको छ ।

त्यसैगरी,  भ्रष्टचारविरुद्धको अभियानमा सरकार पछि नहट्न अनुरोध गरिएको छ । ध्यानाकर्षणपत्रमा भनिएको छ ‘संविधानले सुनिश्चित गरेका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालगायत जनपक्षीय उपलब्धीहरु थप संस्थागतगर्नुपर्ने आवश्यकता छ । त्यसका लागि परिवर्तनपक्षधर शक्तिहरुको एकता अपरिहार्य पनि छ । तसर्थ संविधान र संविधानले प्रद्दत गरेका उपलब्धी रक्षाका लागि उभिएका शक्तिहरुबीचको एकता विगतका कमजोरीहरु सच्याउँदै आगामी दिनमा थप मजबुत बनाएर प्रतिगामी शक्तिलाई परास्त गर्ने गरी वर्तमान सरकारले सहकार्य गर्ने विश्वास संगठनले गरेको छ ।’
 प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता गर्न मिडिया काउन्सिल तथा आमसञ्चार माध्यमसँग सम्बन्धित अन्य कानुनहरु यथासिघ्र प्रकृयागत हिसाबले अगाडि बढाउन र ती कानूनहरु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामैत्री बनाउन आग्रह गरिएको छ । साथै न्युनतम पारिश्रमिक निर्धारण समितिलाई अनुगमनको समेत जिम्मेवारी दिदै अझ बलियो र प्रभावकारी बनाउन पत्रमा उल्लेख गरिएको छ  ।   

यस्तै पछिल्लो पटक पत्रकार तथा आमसञ्चार माध्यमसँग असम्बन्धित साइबर कानुनलाई जोडेर पत्रकार तथा आमसञ्चार माध्यमलाई प्रहरी प्रशासनले अनावश्यक दुःख दिने तथा धरपकड गर्ने कार्य जारी रहेको भन्दै  सञ्चार माध्यमबाट सम्प्रेषित सामाग्रीप्रति गुनासो भए सम्बन्धित निकायमा जान सुझाइएको छ ।
सवै श्रमजीवि पत्रकारलाई सामाजिक सुरक्षा कार्यक्रममा समेटने गरी प्रभावकारी नीति बनाउन र त्यस्ता समाजिक सुरक्षा कार्यक्रम आम पत्रकारहरुको पहुँचसम्म पुर्याउन माग गरिएको छ ।
 
न्यूनतम पारिश्रमिक निर्धारण समितिले सिफारीस गरेको पत्रकारको न्यूनतम पारिश्रमिक तत्काल लागु गर्न पत्रमा अनुरोध गरिएको छ 
त्यसैगरी  सञ्चारमाध्यमहरू सरकार मातहतका कुनै एक निकायमा दर्ता भइसकेपछि त्यसलाई अन्यत्र समेत सूचना तथा प्रसारण विभाग, प्रेस काउन्सिल नेपाल, विज्ञापन बोर्ड, सञ्चार रजिष्ट्रारको कार्यालयलगायतमा दर्ता÷नवीकरण गरिरहनुपर्ने झण्झटिलो व्यवस्था तत्काल खारेज गरी कुनै एक ठाउँको दर्तालाई नै आधार मानी कामकारबाही गर्न सकिने व्यवस्था गर्न माग गरिएको छ । 
 

राष्ट्रिय समाचार समिति, नेपाल टेलिभिजन रेडियो नेपाल, गोरखापत्र लगायत सरकारी तथा नीजि सञ्चार माध्यममा कार्यरत श्रमजीवी पत्रकारहरुको रोजगारी सुनिश्चितताको वातावरण निर्माण गर्न आग्रह गर्दै पत्रकारको दक्षता अभिवृद्धिका लागि गठन गर्ने भनिएको आम सञ्चार प्रशिक्षण प्रतिष्ठान तत्काल गठन गर्नका लागि सरकारसँग आग्रह गरिएको छ ।
  प्रेस सेन्टरले देशभरीबाट ध्याकर्षण बुझाउने कार्यक्रम अन्तर्गत मकवानपुरले पनि मुख्यमन्त्रीलाई पत्र बुझाउदै पत्रकार हकहितमा लाग्न आग्रह गरिएको बताएको छ ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg