Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

मुख्यमन्त्रीलाई ट्रक व्यवसायीको ५ माग, ७ दिने अल्टिमेटम

TRUCK-1647394186.jpg

 नेपाल ट्रक यातायात व्यवसायी महासंघले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई सात दिनभित्र ट्रकको समस्या समाधान गर्न अल्टिमेटम दिएका छन् । मंगलबार ज्ञापन पत्र बुझाउँदै संघले इन्धन मूल्यसँगै भाडा नबढ्दा ट्रक चलाउनै नसकिने भएको जनाएको छ । ७ दिनभित्र मूल्य समायोजन नभए ट्रक ग्यारेजमा थन्काउने चेतावनी दिइएको छ । 
वैज्ञानिक प्रणालीका आधारमा भाडावृद्धि गर्न सरकारले ट्रक व्यवसायीसँग सम्झौता गरे अनुसार ५ रुपैयाँ इन्धनको मूल्य बढ्दा भाडा बढाउने सहमति कार्यान्वयन गर्न सरकारलाई आग्रह गर्दै ५ माग राखिएको छ ।
 

१. भाडा वृद्धि गरौँः

इन्धनको मूल्य १ सय ४ रुपैयाँ हुँदा बढेको भाढा इन्धनको मूल्य १ सय ३३ रुपैयाँ पुग्दा पनि नबढ्दा यातायात सञ्चालनमै समस्या परेको छ ।
 

२. भारतीय र चिनियाँ सवारीसाधन रोकौँः

मुलुकलाई चाहिने भन्दा बढी ट्रक हुँदाहुँदै पनि भारतीय गाडीहरु निर्वाध आइरहेका छन् र कानुनले तोकेभन्दा बढी भारवहन गरिरहेका छन् । नेपाली ट्रक भारतमा ५ किलोमिटर परसम्म जाँदा पनि प्रवेशका लागि दुतावासको सिफारिस लगायतको भण्झट रहेको छ । व्यवसाय धरासायी बनेको छ । तातोपानी नाका हुँदै ठूला कन्टेनर नेपाल प्रवेश गर्दा त्यसक्षेत्रका नेपाली कन्टेनर व्यवसायी मारमा परेका छन् । 
 

३. भारतमा इन्धन तस्करी रोकौँः

भारतीय सीमा क्षेत्रमा नेपालबाट भारततर्फ इन्धन तस्करी भइरहेको छ । भारतीय ट्रकले नै नेपालमा समान झारेर फर्कँदा इन्धन लैजाने गरेको छ र कतिपय ठाउँमा ट्यांकरमै इन्धन भरेर भारत लैजाने गरिएको छ । 
 

४. थोत्रा ट्रक डम्पिङ भयोः

भारतमा थोत्रो भएका ट्रकहरु नेपालको सीमा बजारमा ल्याएर चलाइने गरिएकाले नेपाल भारतको थोत्रो ट्रक डम्पिङ साइट बन्दै गएको छ । यसलाई समयमै रोकिनु पर्छ । 
 

५. पार्किङस्थल बनाउँः

मुख्य राजमार्गमा पार्किङ स्थल नबनेकाले दुर्घटना बढेका छन् । ५० किलोमिटरको दूरीमा पार्किङ वे व्यवस्था गरौँ ।
 

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg