Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

मासिक ७५० रुपैयाँमै वर्ल्डलिंकको २०० एमबीपीएस इन्टरनेट

FB_IMG_1722186010431-1722186022.jpg

एकैपल्ट दुई वर्षको पैसा तिर्दा वर्ल्डलिंक कम्युनिकेसन्सको २०० एमबीपीएस गतिको इन्टरनेट मासिक ७५० रुपैयाँमै पाउन सकिने भएको छ । कम्पनीले ल्याएको 'दुईमा चार अफर' अन्तर्गत नयाँ तथा पुराना सबै प्रकारका ग्राहकले यस्तो सुविधा पाउने भएका हुन् ।

​यो अफरमा सहभागी ग्राहकले इन्टरनेटको नियमित प्याकेजमा २९ प्रतिशत छुट पाउनुका साथै नोकिया डुअल ब्यान्ड राउटर, दुई ओटा नोकिया बिकन १.१ र नेटटिभी एन्ड्रोइड सेट-टप बक्स सित्तैमा पाउनेछन् ।

यसका लागि ग्राहकले दुई वर्षको २०० एमबीपीएस इन्टरनेटका लागि १७ हजार ९९० रुपैयाँ (भ्याट बाहेक) तिरे पुग्छ, जसको मासिक शुल्क ७५० रुपैयाँ हुन आउँछ । सम्पूर्ण डिभाइसहरूको डिपोजिट भने छुट्टै तिर्नुपर्नेछ ।

यसैगरी २५० एमबीपीएस र ३०० एमबीपीएस गतिको इन्टरनेटका लागि समेत कम्पनीले २४ महिने प्याकेज तयार पारेको छ । जसको मूल्य क्रमशः १९ हजार ४९० रुपैयाँ र २२ हजार २९० रुपैयाँ राखिएको छ । यसअन्तर्गत २५० एमबीपीएस इन्टरनेटको मासिक शुल्क ८१२ रुपैयाँ र ३०० एमबीपीएस इन्टरनेटको मासिक शुल्क ९२८ रुपैयाँ हुन आउँछ । 
यद्यपि २००, २५० र ३०० एमबीपीएस गतिका प्याकेजहरू तीन महिना, छ महिना वा १२ महिनामध्ये आफ्नो अनुकूलतामा लिन सकिने विकल्प यथावत् नै छन् । जसअनुसार २०० एमबीपीएसको इन्टरनेटको मूल्य तीन महिनाका लागि ३,३०० रुपैयाँ, छ महिनाका लागि ६,४०० रुपैयाँ र १२ महिनाका लागि १२ हजार ६०० रुपैयाँ पर्छ ।

त्यस्तै २५० एमबीपीएसको तीन महिने प्याकेजको मूल्य ३,६०० रुपैयाँ, छ महिने प्याकेजको सात हजार रुपैयाँ र वार्षिक प्याकेजको १३ हजार ८०० रुपैयाँ रहेको छ ।

३०० एमबीपीएसका लागि भने तीन महिनाका लागि चार हजार ५० रुपैयाँ, छ महिनाका लागि सात हजार ९०० रुपैयाँ र एक वर्षका लागि १५ हजार ६०० रुपैयाँ शुल्क कायम गरिएको छ ।

 

टेक पाना बाट 

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg