Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

मानव वेचविखन बिरुद्ध एक दिने अभिमुखिकरण

1706691055140-1706691068.jpg

मानव वेचविखन तथा ओसारपसार बिरुद्धको बागमती प्रदेशस्तरीय संरक्षण नीति २०८० को प्रचार तथा आगामी कार्यदिशा सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम आज हेटौंडामा सम्पन्न भएको छ । कार्यक्रम अष्ट्रेलियन एड, द एसिया फाउण्डेशन र महिला, कानून र विकास मञ्चसँगको सहकार्यमा बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले आयोजना गरेको हो ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सामाजिक विकास महाशाखाका प्रमुख गोपालप्रसाद कँडेल र महिला विकास अधिकृत चन्द्रकुमारी ब्यञ्जनकार, महिला, कानून र विकास मञ्चका निर्देशक अधिवक्ता सबिन श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा मानव वेचविखन तथा ओसारपसार बिरुद्धको बागमती प्रदेशस्तरीय संरक्षण नीति २०८० को प्रकृया, तर्जुमाको पृष्ठभुमी, विद्यमान समस्या, कार्यान्वयनको अबस्था, चुनौतीहरु, अवसरहरु, नीतिगत निर्देशक सिद्धान्त, नीतिको उदेश्यहरु, कार्यनीतिहरु, विषयगत क्षेत्रमा सदस्यहरू, संरक्षण उपसमितिले गरेका क्रियाकलापहरु, हालसम्मको प्रगतिहरु, मानव बेचविखन तथा ओसारपसार नियन्त्रण सम्बन्धि कानूनी व्यबस्थाहरु लगायत रहेको थियो ।
कार्यक्रममा बागमती प्रदेशका सांसद प्रेमबहादुर पुलामी, हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामा लगायतको आतिथ्य रहेको थियो । सामाजिक विकास मन्त्रालयका सामाजिक विकास महाशाखाका प्रमुख गोपालप्रसाद कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश बाल अधिकार समितिका सदस्य प्रकाश खतिवडा, गैरसरकारी संस्था महासंघ बागमती प्रदेशकी अध्यक्ष आरती पाठक लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
'मानव वेचविखन तथा ओसारपसार मुक्त परिवेश, सचेत, सुरक्षित र सम्बृद्ध बागमती प्रदेश' भन्ने नारासाथ आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयसहित विभिन्न मन्त्रालय, सुरक्षा निकाय, सरोकारवाला संघसंस्थाका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg