Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

मानव र वन्यजन्तु बीच द्वन्द हटाउन स्थानीय स्तरमा सचेतनामुलक कार्यक्रम गर्नुपर्छ - मुख्यमन्त्री जमकट्टेल

FB_IMG_1677769838151-1677769857.jpg

फाल्गुन,  हेटौडा - बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले मानव र बन्यजन्तु बीच द्वन्द्व हटाउन स्थानीय स्तरमा विभिन्न सचेतनामुलक कर्यक्रम गर्नुपर्ने बताउनु भएको छ । मानव र वन्यजन्तुको द्वन्द्व हटाउन जनताको नजिक रहेको स्थानीय सरकारले स्थानीय स्तरको गाउँ बस्ति टोल लगायत प्रभावित क्षेत्रहरुमा सचेतनामुलक कार्यक्रम बनाई अभियान सन्चालन गर्नुपर्ने बताउनु भयो।   

जिल्ला समन्वय समिति मकवानपुर, डिभिजन वन कार्यलय मकवानपुर, डिभिजन वन कार्यालय राप्ती मनहरीको आयोजनामा बिहिबार हेटौडामा भएको मानव बन्यजन्तु द्वन्द एवम् बन डढेलो न्यूनीकरण सम्बन्धि अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री जमकट्टेलले वन जंगल बिनाशको मुख्य कारण जनावरहरु बास स्थान र खानाको खोजिमा मानव बस्तीमा छिर्न थालेपछि जनावर र मानव बिच द्वन्द्व भएको बताउनुभयो ।

त्यस्तै, मकवानपुरमा हालै हात्तीको आक्रमणको घटना वनजंगलको संरक्षण नहुनु, खानेकुरा सकिएपछि गाउ बस्तिमा पसेपछि बन्यजन्तु र मानब बीच तनाब बढेको बताउनु भयो। प्रदेश सरकारको मातहतमा निकुञ्ज नभएको स्मरण गराउँदै मुख्यमन्त्री जमकट्टेलले स्थानीय सरकारले वनको योजना बनाएर संघीय सरकार संग समन्वय गर्नुपर्नेमा जोड दिए ।  जंगलबाट वन्यजन्तु गाउँमा प्रवेश गर्ने स्थानमा वाल लगाउने, तारबार लगाउने, आवतजावतको लागि अण्डरपास बनाउने जस्ता कार्य गर्नुपर्ने बताउनु भयो ।

त्यस्तै, कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै बागमती प्रदेश सांसद प्रेम बहादुर पुलामी छिन्तुले वन कार्यालयका कर्मचारीलाई वन्यजन्तुका कारण हुन सक्ने मानविय क्षति न्यूनिकरण गर्नका लागि गम्भीर भएर बढ्न जोड दिनुभयो । बन्यजन्तु गाउँ बस्तीमा प्रवेश गर्नु भन्दा पहिले नै सचेत गराउन वन कार्यालय र वनसँग सरोकार राख्ने निकाय तयारी अबस्थामा हुनुपर्ने बताउनुभयो ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले डँढेलो मानिसले व्यक्तिगत स्वार्थका लागि लगाउने भएकाले यसो नगर्न समेत आग्रह गरे । मानिस वनको संरक्षणका लागि लाग्नुपर्ने उनले बताए । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलानले वन्यजन्तुको आक्रमणबाट भएका घटनामा पीडित पक्षलाई राहत प्रदान गरे तापनि मानिसको जिवन अमुल्य भएकोले मानव आफै पनि सजग रहनु पर्ने उहाँको भनाइ रहेको छ ।

जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख ललित घलानको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम  जमकट्टेलको प्रमुख आतिथ्यतामा भएको थियो। कार्यक्रमको बीच जिल्ला समन्वय समितिले प्रकाशन गरेको मकवानपुर अध्ययन भाग २ मुख्यमन्त्री जमकट्टेलले बिमोचन गर्नु भएको थियो।  

कार्यक्रममा बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी, जिल्ला समन्वय समितिको उप-प्रमुख सानुकाजी लुईटेल, प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डे, जिल्ला समन्वय अधिकारी बासुदेब खतिवडा, डिभिजन वन कार्यालय मकवानपुरका प्रमुख शिव सापकोटा प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्की, सामुदायिक प्रहरी सेवा केन्द्रको अध्यक्ष राम बिष्ट, सामुदायिक वन उपभोक्ता महासघका साधुराम चौलागाई, लगायत जिल्ला समन्वय समितिका सदस्यहरु, पर्सा राष्ट्रिय निकुञ्ज, स्काउट मकवानपुरको प्रतिनिधि, टोल विकास समिति, आमा समुहका प्रतिनिधिहरु सहभागी रहेको थियो ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg