Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

मानव अधिकार संगठन मकवानपुरको पदाधिकारीले गरे पदभार ग्रहण ।

1648433581095-1648433827.jpg

नेपाल मानव अधिकार संगठन, मकवानपुरको नवनिर्वाचित सभापति शर्मिला श्रेष्ठ सहित पदाअधिकारीहरुले पदभार ग्रहण गरेका छन् ।
गएको चैत ५ गते सभापतिमा शर्मिला श्रेष्ठ सहित सर्वसम्मत  नव निर्वाचित ११ जना पदाअधिकारीहरुलाई पदभार ग्रहण गराईएको हो ।
शनिबार आयोजना गरिएको पदभार ग्रहणमा निर्वाचन समितिको संयोजक कृष्ण प्रसाद दाहालद्धारा सदस्य प्रमाण पत्र ग्रहण गर्दै निर्वाचित पदाअधिकारीहरुले नामको अघाडी अधिकारकर्मी जोडिएका कारण सधैनै मानव हकहितमा कामगर्नै प्रतिबद्धता जनाए ।
निवर्तमान सभापति अप्सरा बस्नेतले नवनिर्वाचित अधिकारकर्मीहरुले इमान्दार भएर काम गर्नेमा विश्वास रहेको बताईन् ।
सोहीक्रममा संस्थापक अध्यक्ष र हालका सल्लाहाकार समेत रहेका कृष्ण प्रसाद दाहालले मानव हकहितमा काम गर्ने अधिकारकर्मी बनेर निस्कदा सधै नेपालको कानुन अनुसार काम गर्नुपर्ने र पदाअधिकारहरु संग समन्वय गरेर मात्र काम गर्नुपर्ने बताए ।
नेतृत्वमा रहेको प्रमुखको मात्र सबै जिम्मेवारी नभएर सभैको अहम भुमिका भएमा मात्र मानवको अकहितमा काम गर्न सकिने भएका कारण एक जुट भएर काम गर्न सुझाव दिए ।
त्यस्तैगरि सल्लाकारहरु बासुदेव श्रेष्ठ, विजय बैद्य र बिजेन्द्र अग्रवालले पनि संगठनको नेतृत्वमा रहेर काम गरिरहदा सधै मानव अधिकारका निम्ति काम गर्नलाई आफ्नो तर्फबाट सहयोग रहने बताए ।
विसुद्ध मानव अधिकार संग जोडिएको संगठन भएको र यसमा कुनैपनि समयमा पार्टीका कुरा नगरी राजनिति बिषय नबनाई सधै निश्पक्ष काम गरिनुपर्ने सल्लाकारहरुको भनाई छ ।
यसैक्रममा सभापति  श्रेष्ठले सबैले विश्वास गरि चुनेकोमा विश्वास अनुसार संगठनको बिद्यान र नेपालको कानुनको दायरामा रहेर मानव कल्याण र हकहितमा काम गर्ने बताईन् 
यो संघर्षको मैदान भएको र एक्लै काम गर्न नसकिने भएकाले सबैको साथ सहयोग सधै आवाश्यक रहने बताईन् 
कार्यक्रममा उप सभापति राजबाबु पहाडी सचिव सुवास चन्द्र अधिकारी, सहसचिव मञ्जु खराल, कोषाध्यक्ष सुमित्रा थिङ सदस्यहरुअपेक्षा बस्नेत,श्रद्धा ढुङ्गाना,राजेश गरिब, बिमला नेपाली इन्दिरा लुइटेल र तेजकुमारी थापाको उपस्थिती रहेको थियो ।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg