pani-1786865868.jpg
Sunday, 13 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

मनाेरञ्जन

माघ २७ गते जनकल्याणमा ल्होछार सांस्कृतिक मेला हुने।

1706362075582-1706362187.jpg

मकवानपुरको थाहा नगरपालिकामा  ल्होछार मेला तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । तामाङ समुदायको राष्ट्रिय सांस्कृतिक पर्व सोनाम ल्होछार २८६० डुक/ मु पुखी  (गरुड वर्ग) को अवसरमा यही माघ २७ गते शनिबार थाहा नगरपालिका वडा नम्बर ३ स्थित जनकल्याण माध्यमिक विद्यालयको चौरमा  ल्होछार मेला तथा सांस्कृतिक कार्यक्रम हुने भएको हो ।

नेपाल तामाङ घेदुङ थाहा  नगरको आयोजना तथा थाहा नगरपालिकाको सहयोगमा पर्यटन प्रवर्द्धन तथा सांस्कृतिक अभियानको  लागि ल्होछारका साथ तामाङ समुदायको कला, संस्कृति, भेषभुषा र परम्परालाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्य सहित ल्होछारको शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको घेदुङ थाहा नगरका अध्यक्ष दिपक थिङले जानकारी दिनुभयो।

ल्होछार मेला तथा सांस्कृतिक कार्यक्रममा तामाङ संस्कृति, भेषभुषा ,गरगहना,बाजाका साथै  विभिन्न खानाको स्टलहरु,झाकी राखिने र थप मनोरञ्जनका लागि भने चर्चित गायक/गायिकाहरु,मिङ्स लामा,सुजना रुम्बा,अमिर भोम्जन,रजनी लामा,उत्सव सुब्बा लामा,धिरेन लामा का साथै चर्चित गायिका आशा लामा सहित मकवानपुर आइडल,थाहा आइडल र हेटौंडा आइडलको समेत बेजोड प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ।

ल्होछार मेलाको सांस्कृतिक कार्यक्रम जनकल्याण माध्यामिक विद्यालयको प्रागणमा २७ गते बिहान १० बजेबाट सुरु हुनेछ उक्त कार्यक्रमलाई भव्य र सभ्य रुपमा सफल बनाउन र भरपुर मनोरञ्जन लिनका लागि सम्पूर्ण ल्होछार प्रेमी दर्शक महानुभावहरुलाई आयोजकको तर्फबाट निमन्त्रणा गरिएको छ ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...