Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

माग सम्बोधन नभए विभिन्न चरणको संघर्षमा उत्रिने च्योवाङ राष्ट्रिय परिषद्को घोषणा

314605079_151479631904394-1668266641.jpg

कार्तिक, हेटौडा - औपनिवेशिकता विरुद्ध पटक-पटक आवाज उठाए पनि राज्यले औपनिवेशिकता लादेको/थोपरेको भन्दै च्योवाङ राष्ट्रिय परिषद् विद्रोहमा उत्रिने भएको छ । शनिबार हेटौडामा परिषद्ले पत्रकार सम्मेलन गर्दै अब पनि आफ्ना जायज मागहरु सम्बोधन नभए नयाँ विद्रोहमा उत्रिने घोषणा गरेको हो । विज्ञप्तिमा भनिएको छ, ‘यदि राज्यले जायज माग तथा मुद्दाहरुलाई लोकतान्त्रिक मूल्य र मान्यता मुताविक अविलम्व सम्वोधन नगरिएमा हामी विभिन्न चरणको संघर्ष गर्न बाध्य हुनेछ । यसपटक हाम्रो संघर्ष फगत औपनिवेशिक राज्यलाई आफ्नो माग सम्बोधनको निमित्त अनुरोध गर्ने विषयमा मात्र सीमित नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विधान, नियम र कानुनको जगमा आफ्नो स्व–घोषणाको आत्मनिर्णय अधिकार प्रयोग गर्दै च्योबङ स्वायत्त क्षेत्र घोषणा गर्ने हुनेछ ।’ राज्यको औपनिवेशिकताले च्योवाङ जातिहरुको राजनैतिक स्वशासन मात्र नभई आर्थिक, सामाजिक–सांस्कृतिक प्रणाली ध्वस्त पारिएको परिषद्का संयोजक गाब्रियल च्योबङले विज्ञप्ति मार्फत भनेका छन् । देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि पनि च्योबङ समुदायमाथिको औपनिवेशिकता जारी रहेको पनि उनले विज्ञप्तिमा भनेका छन् । च्योवाङ जातिका पुर्खाहरुले जन्माएको, बचाएको ऐतिहासिक भूमी, भू–क्षेत्र, श्रोत र सांस्कृतिक पहिचान तथा स्वशासित शासन प्रणाली माथि राज्यले औपनिवेशिकता थोपर्ने काम भएको भन्दै लामो समयदेखि राज्यलाई यस विषयमा ध्यानाकर्षण गराउँदै आएको पनि भनिएको छ । ‘हामी च्योवाङ जनताहरु आफैमा एक गौरवशाली राष्ट्र हौँ । हाम्रो ऐतिहासिक भूमी, भूक्षेत्र र श्रोतहरुको सापेक्षतामा हाम्रा पुर्खाहरुले विकास गरेका विशिष्ट सांस्कृतिक पहिचान तथा शासन प्रणालीबाट स्वशासित हामी च्योबङ राष्ट्रमाथि राज्य औपनिवेसिकता थोपर्ने काम भयो,’ विज्ञप्तिमा भनिएको छ । परिषद्ले राज्यसँग ७ बुँदे मागहरु पनि जारी गरेको छ । ७ बुँदे मागहरुअन्तर्गत आफ्नै स्व–देश, स्वतन्त्र, औपनिवेशिक मनोमानी सत्ता पूर्णरुपमा खारेज, दुई प्रदेश, चार जिल्ला तथा विभिन्न नगर तथा गाउँ पालिकामा विभाजन गर्ने कार्य प्रति गम्भीर असहमति, च्योबङ स्वशासन विधानको आधारमा च्योवाङ स्वायत्त क्षेत्र रहेका छन् । त्यस्तै, विकासको बहानामा विनासकारी योजना मार्फत च्योबङलाई विस्थापन गर्ने काम तत्काल बन्द गर्न पनि माग गरिएको छ । सामुदायिक वन, राष्ट्रिय निकुन्ज, राष्ट्रिय गौरवको आयोजना, औद्योगिक क्षेत्र, खानीलगायत विभिन्न बहानामा खोसिएका च्योबङहरुको भूमी, भूक्षेत्र तथा श्रोतहरु तुरुन्त फिर्ता गर्न पनि विज्ञप्तिमार्फत राज्यलाई भनिएको छ । च्योबङ चेपाङ समुदायभित्रकै एक सदस्य रहेता पनि आफूलाई च्योवाङका रुपमा परिचित गर्दै आएको छ । च्योबङ जाति हाल नेपालको धादिङ, गोरखा, चितवन, मकवानपुरलगायत क्षेत्रमा थातथलो बनाइबसी आएका छन् ।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

315311075_149611205091230-1668266642.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg