himalen-2083-1778725505.jpg
Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

महिलाहरुलाई समान अधिकार चाहिन्छ:-सांसद मोक्तान

20250307_150654-1741355203.jpg

बागमती प्रदेशका सांसद तथा पुर्व सामाजिक बिकास मन्त्री कुमारी मोक्तानले महिलाहरुलाई पुरुष सरह समान अधिकार दिनुपर्ने बताउनुभएको छ।
चेतनशिल महिला सहकारीको आयोजनामा आज थाहा नगरपालिकामा आयोजित ११५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सांसद मोक्तानले उक्त कुरा बताउनुभयो । मोक्तानले महिलाहरुलाई संविधानमा तोकेको बाहेक अन्त स्थान नमिलेको बताउदै बागमती प्रदेशमा अहिले १४ जनाको मन्त्री मंण्डलमा जम्मा २ जनाले मात्र स्थान पाएको बताउदै नलेखेको ठाउँमा महिलाले नपाउने लेखेको ठाउमा कार्यान्वयनको समस्या रहेको औल्याउँदै अहिले पनि समाज र परिवार बाट महिलाहरु माथी पिडानै थोपरिएको बताउनुभयो।
सांसद मोक्तानले संविधानमा पैत्रिक सम्पतिमा छोरा सरह छोरीलाई पनि समान अधिकार दिएको भएपनी समाज अहिले पनि कार्यन्वयनको पक्षमा नरहेको उल्लेख गर्दै उनले भने" महिला हरु लाई दाइजोमै बिबेध रहेको छ,बिहेमा दिने दाइजो सोफा किन्न जादा पनि पसलेले दाइजो लाई कि घरलाई भनेर दुई किसिमको सामान देखाउछ,त्यहाँ पनि कति हेपेको हेर्नू त! आफ्नै छोरीलाई त राम्रै दिएपनी त हुन्छ नि!"।
उनले जनयुद्ध र जन आन्दोलन को जगमा संविधानमा नै महिला हक अधिकार सुनिश्चित गरिसकेकोले अब महिलाहरुले देश र समाजको नेतृत्व तहमा आफ्नो पहुँच पुर्याउन महिला अग्रसर हुनुपर्नेमा जोड दिदै न्यायमा महिलाहरुको समान पहुँच पुर्याउन आफ्नो सक्दो प्रयास हुने बताउनुभयो।
थाहा नगरपालिका महिला,बालबालिका तथा जेष्ठ नागरिक समितिका सदस्य पवित्रा सिंह ठकुरीको अध्यक्षता तथा माननीय कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा आयोजित अभिमुखिकरण कार्यक्रममा महिला बिकास कार्यालय मकवानपुरका पुर्व प्रमुख उपसचिव शोभा शाहले महिला ससक्तिकरणको बारेमा  प्रकाश पार्नुभएको थियो।
थाहा नगरपालिका महिला,बालबालिका,जेष्ठ नागरिक तथा अपाङ परिचयपत्र शाखाको सहयोगमा सम्पन्न कार्यक्रममा थाहा नगरपालिका भित्र संचालनमा रहेको महिला सहकारीहरु पुण्यश्री महिला सहकारी ,लालीगुराँस महिला बहुउद्देश्यीय ,चेतनशील महिला सहकारी ,कुटेश्वरी महिला सहकारी ,चन्द्रागिरी महिला सहकारी ,महिला शक्ति बचत ,तथा महिला जागृती उत्थान सहकारीको प्रमुख हरु,वडा सदस्यहरु कविता बिष्ट,सविता सुनार,चन्द्रमाया थिङ,शशी बिक,राममाया गोले,महिला शाखा प्रमुख प्रतिमा मोक्तान,थाहा नगरपालिका न्यायिक सहजकर्ता गोपी कुमारी कार्की,नगरपालिकाका अमिन शोभा भण्डारी,पुण्यश्री साकोसका अध्यक्ष ईश्वरी शाही ठकुरी,महिला शक्ति साकोसका अध्यक्ष सुनिता दोङ लगायतका उपस्तिथि रहेको थियो।
कार्यक्रमलाई चेतनशील महिला सहकारीका अध्यक्ष शकुन्तला गोपालीले संचालन गरेका थिए।

20250307_153617-1741355205.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg