himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

महाकवि देवकोटाले चित्लाङमा बसेर किन ‘यात्री’ कविता लेखे?

IMG_20201112_152334-1605349027.jpg

 

कुमार नेगी
महाकवि लक्ष्मीप्रसाद देवकोटाको धेरै चर्चा गरिएको कविताहरुमध्ये एक हो ‘यात्री’ । फूलप्रसाद लिएर पशुपति नाथको दर्शन गर्न जाँदै गरेका यात्रीहरुको परिवेशलाई समेटेर आफू पनि यात्राकै क्रममा रहनुभएका महाकविले ‘यात्री’ कविता रचना गर्नुभएको मकवानपुरको चित्लाङमा व्यापक चर्चा हुने गरेको छ । 

वरिष्ठ पत्रकार भैरब रिसालले महाकवि देवकोटा रोयल नेपाल एकेडेमीको एकेडेमीसियन हुँदा आफू केही समय देवकोटाको सहयात्री भएको र त्यसक्रममा देवकोटासँग चित्लाङको बाटो हिँडेको सुनाउनुहुन्छ । ‘हाम्रो सम्बन्ध उत्तमखालको थियो, म देवकोटासँग चित्लाङको बाटो हिँडको छु, त्यतिबेला बाइरोड खुलेको थिएन ।’ रिसाल थप्नुहुन्छ, ‘हामी चन्द्रागिरकिो फेदीमा रहेको चित्लाङमा पलेटी कसेर खाना खान्थ्यौं, ‘बाहुन’ ले जस्तै धोटीपाटा लगाएर खाना पस्किन्थे ।’

महाकवि देवकोटाले ‘यात्री’ कविता रचना गरेको स्थान चन्द्रागिरी फेदीकै चित्लाङस्थित एक ढुङ्गेधारा रहेको स्थानीय बुद्धिजीवी बुद्धरत्न मानन्धरले बताउनुभयो । आफू काठमाण्डौंमा अध्ययन गर्दा ‘यात्री’ कविता  पढाउने बेला नेपाली विषयका गुरुले उक्त कविता चित्लाङमा बसेर लेखिएको बताउनुभएको उहाँ स्मरण गर्नुहुन्छ  । स्थानीय माध्यमिक विद्यालयमा लामो समय प्रधान अध्यापकको भूमिकामा रहनुभएका मानन्धरलाई २०५२ सालमा महाकवि देवकोटाका सन्ततीहरुले भेटेर  आफ्नो जिजुबाजेले यात्री कविता सिर्जना गरेको स्थान कहाँ होला भनी सोधेको उहाँले बताउनुयो  । ‘त्यसको दुई हप्तापछि महाकवि देवकोटाको सन्ततिहरुले यात्री कविता लेखिएको ठूलो बोर्ड लिएर आए, हामीले चित्लाङको माथि उक्त बोर्ड राख्यौं, पछि त्यसको संरक्षण भने हुन सकेन’ मानन्धरले भन्नुभयो । 

सताव्दि पुरुष सत्यमोहन जोशी महाकवि देवकोटाले चित्लाङमा बसेर ‘यात्री’ कविता रचना गरेको औंल्याउनु हुन्छ । उहाँले भन्नुभयो, ‘२००७ सालको क्रान्तिअघिसम्म काठमाण्डौंका मानिसहरु चन्द्रागिरीको गढीबाट चित्लाङ, कुलेखानी, भीमफेदी, अमलेखगञ्ज, रक्सौल हुँदै भारत जान्थे । उताबाट पनि यही बाटो भएर आउँथे । महाकवि देवकोटा पनि भारत अध्ययन गर्न जाँदा त्यहीबाटो भएर धेरैपटक हिँडेको हुनुपर्छ ।’ पैसावाल मानिसहरु तामदान चढेर जाने र लेखक–कविलगायत सर्वसाधारणहरु हिँडेर जाने हुँदा सोही क्रममा महाकविले ‘यात्री’ लेखेको हुनसक्ने उहाँको अनुमान छ । ‘कविहरुले केही कुरा देखेपछि उनीहरुमा त्यसको प्रभाव पर्ने र त्यसलाई काव्यधारामा ढाल्ने कविहरुको विशेषता नै भएकोले यात्रीहरुको दिनचर्याबाट प्रभावित भएर देवकोटाले कविता लेखेको हुनुपर्छ,’ उहाँले भन्नुभयो । 

‘यात्री’ कविताको चर्चा गर्दै सताव्दि पुरुष जोशीले भन्नुभयो, ‘देवकोटाका कैयौं महाकाव्य र कविताहरुमध्ये ‘यात्री’ आध्यात्मिक भावधारामा रचिएको दार्शनिकस्तरको कविता हो । शरिर आफैमा मन्दिर भएको र नबोल्ने देवतालाई हैन, आफैभित्रको बोल्ने देवतालाई चिन भन्ने सन्देश बोकेकोले ‘यात्री’ सबैका लागि स्वीकार्य छ ।’ 

स्थानीय बुद्धिजीवी बुद्धरत्न मानन्धरका  अनुसार तराई तिरबाट आउँदा चित्लाङबाट चन्द्रागिरीको उकालो चढ्नुअघि  यात्रीहरु फेदीमा केहीबेर आराम गर्थे । खानेपानीका लागि ढुंगेधारा थियो । त्यही ढुंगेधाराको पानी पिएर आराम गर्ने बेला महाकवि देवकोटाले ‘यात्री’ कविता लेख्नुभएको हो । 

भारत र तराई क्षेत्रबाट पशुपतिको दर्शन गर्न आएका ठूलाठूला जीउडाल भएका मानिसहरुलाई पटपट गोडा फुटेका दुब्ला मानिसहरुले बोकिरहेको देखेपछि महाकवि देवकोटाले ‘यात्री’ कविता रचना गर्नुभएको मानन्धरको भनाइ छ । ‘यात्री’ कविताले त्यो बेलाको चित्लाङ मार्गको परिवेशलाई झल्काउने उहाँले बताउनुभयो । ‘श्री ५ र श्री ३ महाराजहरु पनि १६ जना  मानिसहरुलाई नोल लगाएर बोक्न लगाई विशेष प्रकारको गाडीमा चढेर आउजाउ गर्थे, स्थानीयहरुले बाटो छेउमा बसेर जय–जयकार गर्नुपथ्र्यो,’ उहाँले भन्नु भयो । 

‘यात्री’ कविता मकवानपुरको चित्लाङमा रचना गरिएको सुनेपछि वागमती प्रदेशका भौतिक मन्त्री रामेश्वर फुयाँलको पनि चासो बढेको छ । ‘चिनिया यात्री हुयान साङ र भारतीय सम्राट अशोकसमेत हिँडेको बाटो हो यो, महाकवि लक्ष्मीप्रसाद देवकोटा नहिँड्ने कुरै भएन । उहाँले चित्लाङको जुन धारामा बसेर यात्री कविता लेख्नुभयो, त्यसको सम्मान गर्दै धारा रहेको क्षेत्रलाई विशेष सम्पदायुक्त बनाउनु पर्छ’ उहाँले भन्नुभयो । 

महाकवि देवकोटाको सम्झनामा धारा संरक्षण, महाकविको पञ्चधातुको शालिक निर्माण, उद्यान निर्माण, लगायत पूर्वाधारहरुको विकास गर्ने विषयमा स्थानीयले गरेको प्रस्ताव स्वीकार गर्दै मन्त्री फुयाँलले भन्नुभएको छ, ‘तपाईंहरु अघि लाग्नुस्, मन्त्रालयको साथ रहन्छ ।’

 

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg