Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

मलामी गएकाहरु १८ लाई कोरोना 

butwal_lockdown_22_FqNro1-1598090958.jpg

बुटवल उपमहानगरपालिका–११ स्थित कालिकानगरकी एक महिलाको मृत्यु भएपछि उनको मलामी गएका तथा मलामीको सम्पर्कमा रहेका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण देखिएको  छ । कन्ट्याक्टको ट्रेसिडको आधारमा हालसम्म १८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ भने थप ७ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । 


साउन १७ गते कालिकानगरकी ती ४९ वर्षीया महिलाको चितवनको भरतपुर क्यान्सर अस्पतालमा मृत्यु भएको थियो । उनी क्यान्सरको उपचारका लागि अस्पतालमा पुगेकी थिइन् ।
 त्यहाँ आफन्तहरुले कोरोना परीक्षणको विषयमा सोध्दा किमोथेरापीको क्रममा हृदयघातले मृत्यु भएको भन्दै अस्पतालले कोरोना परीक्षण नगरी पठाइदिएको उनीहरुको भनाइ छ ।
सामान्य मृत्युजस्तै ठानेर छिमेकी र नातागोता १८ गते बुटवलको मैनाबगरमा मलाली पुगेका थिए । त्यहीँबाट कोरोना सरेको धेरैको बुझाइ छ ।


त्यसपछि  मलाली पुगेका र मृतकका आफन्तहरुको कन्ट्याक्ट ट्रेसिड गर्न सुरु गरिएको हो । जसमा हालसम्म ३८ जनाको परीक्षण गर्दा १८ जनामा कोरोना संक्रमण देखिएको छ । ७ जनाको रिपोर्ट आउन बाँकी छ ।
कोरोनाको आशंकामा सुरुमा कोरोना परीक्षण गराउने मृतकका देवर हाल बुटवल उपमहानगरपालिकाले निर्माण गरेको एन्फा एकेडमीको आइसोलेसन अस्पतालमा बसेका छन् । अस्पतालका अध्यक्ष, अपसेरन गर्ने चिकित्सक र अस्पतालका सूचना अधिकारीसँग यसबारे बुझ्दा मृतकमा कोरोनाको हुनसक्ने कुनै आधार नभएको बताएको आफन्तको भनाइ छ ।


मृतकका देवरले  रातोपाटीसँग भने, ‘मृतकमा कोरोना भएको डाक्टरले भनेका छैनन् । हामी कतै अन्य मानिसहरु सम्पर्कमा थिएनौँ, बरु शव ल्याउने एम्बुलेन्स र छोरी ज्वाइँलाई काठमाडौबाट  बुटवल ल्याएको एम्बुलेन्सबाट सरेको हो कि भन्ने आशंका छ ।

१७ गते राति मृत्यु भएपछि शब एम्बुलेन्समा राखेर  बुटवल १८ गते बिहान ल्याइएको थियो भने काठमाडौमा बस्ने छोरीज्वाईँहरु पनि एम्बुलेन्समा दिउसो १ बजे बुटवल आएका थिए । 
जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीका अनुसार बुटवलमा कोरोना संक्रमण समुदायमै पुगिसकेको छ । 

पछिल्लो समय दिनदिनै बढिरहेका संक्रमितले पनि बुटवलमा संक्रमणको क्रम तीव्र रहेको तथ्यांकले देखाउँछ । बुटवलमा अहिलेसम्म १४४ जनामा संक्रमण देखिएको छ । बुटवल ११ मा सवैभन्दा धेरै कोरोना संक्रमित रहेका छन् । जहाँ ती मृतकका आफन्त, मलामी जाने टोलछिमेकी र  किरियाकर्म गराउने पण्डितलाई समेत गरी १८ संक्रमण पुष्टि भएको छ। अन्य वडामा भन्दा धेरै संख्या देखिनुमा सो घटना पनि रहेको नगरपालिकाले  स्वास्थ्य माहाशाखाले जनाएको छ ।

 नगरपालिका शिक्षा तथा स्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालले महिलाको मृत्युपछि मलामी गएका र उनीहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक्ट ट्रेसिड सकिएको बताए ।   
बुटवल उपमहामहानगरपालिकाले साउन २९ गतेदेखि घोषणा गरेको लकडाउनपछि सडकमा मानिसको उपस्थिति  निकै कम छ ।

 उपमहानगरपालिकाले भदौ ७ गतेसम्म लकडाउन जारी राखेको छ। यद्यपि बुटवलमा कोरोनाका संक्रमित थपिँदै गएपछि आइसोलेसनका बेड भरिएका छन्। अहिले थपिएका संक्रमितलाई घरघरमै सुरक्षित रूपमा बस्न आग्रह गर्दै आएको महाशाखा प्रमुख खनालले बताए । उनले बुटवलका अझै खतरा रहेकोले परीक्षण दायरा बढाउन लागिएको बताए । बुटवलको लकडाउन पनि अझै थप्नुपर्ने उनको भनाइ छ ।

रिपोर्ट आउन ढिलाइ 
कालिकानगरकी ती महिलाको मृत्यु १७ गते राति भएपछि उनका आफन्त मलामी गएकाहरु कन्ट्याक्ट ट्रेसिड सामान्यतः एक हप्तामा सक्नुपर्ने हो । तर २२ गते मृतकको देवरको रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि मलाली गएका र संक्रमितसँग सम्पर्कमा रहेका व्यक्तिहरुले पीसीआर गर्नका लागि स्वाब दिए । तर अझै ७ जनाको रिपोर्ट आएको छैन । उनीहरुको स्वाब भैरहवामा रहेको गहुवाली कोरोना ल्यावमा पेन्डिङमा रहेको छ । 

मलाली गएकामध्ये कोरोना पोजेटिभ देखिएका कोही बुटवलको एन्फा एकेडमीमा रहेको आइसोलेसन अस्पतलमा बसेका छन् भने केही घरमै आइसोलेट बनेर बसेका छन् । उनीहरु सवैको स्वस्थ्य अवस्था राम्रो रहेको छ । उनीहरुमा कोरोनाको लक्षण पनि देखिएको छैन। साभार : राताेपाटी

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg