Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

मलमासको बेलामा पनि ओझेलमा परेको पालुङको मत्स्यनारायण।

FB_IMG_1690206394903-1690206579.jpg

अहिले श्रावण महिना चलिरहेको छ ,यसपटकको श्रावण महिनामा मलमास परेको हुदा यसबेला नारायणको आराधना गरिने भएकाले पुरुषोत्तममास पनि भनिन्छ। १२ महिनाको अधिपति अरुण, सूर्य, भानु नाममा सूर्य रहने तर अधिकमासको अधिपत्य सूर्यले स्वीकार नगरेका र यस्को अधिपत्य भगवान् पुरुषोत्तमले स्वीकार गरेकाले यो महिनालाई पुरुषोत्तम महिना भनिएको प्रसंग पुराणमा आउँछ ।
मलमासमा भगवान् नारायणको पूजा, पुरुषोत्तम माहत्म्य सुन्ने र दान गर्ने परम्परा छ । भगवान् नारायणको पूजा आराधना गर्नाले सम्पूर्ण पाप नष्ट हुन्छन् भन्ने धर्मग्रन्थमा उल्लेख छ पुरुषोत्तम महिनामा गरेको पूजा अरु महिनाको भन्दा अधिक फल प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ ।


पुरुषोत्तम भगवानको ३३ नामले पूजा–अर्चना गर्ने, नारायणको मन्दिरमा दर्शन गर्ने र महिनाको अन्त्यमा काँसको थालमा मालपुवा दान गर्ने परम्परा छ । काठमाडौंको मच्छेगाउँस्थित मत्स्यनारायणको मन्दिरमा महिनाभर मेला लाग्छ ।
तर हाम्रै थाहा नगरपालिका भित्र रहेको मत्स्यनारायण भने मलमासको बेलामा पनि ओझेलमा परेको छ।


थाहा नगरपालिकाको वडा न २ सोल्टुमा रहेको मत्स्यनारायणको मन्दिर र कुण्ड भने भक्तजनको पर्खाइमा कुरिरहेको भान हुन्छ।
नजिकको तिर्थ हेला!भन्ने उखानलाई चरितार्थ गरि जिर्ण रुपमा मन्दिर बसिरहे पछि स्थानीय र वडा जनप्रतिनिधि समेतको सक्रियतामा मलमास स्नान गर्न धार्मिक पर्यटक भित्राउन पहल थालेका छन।


श्रावण २ गतेदेखी सुरु भएको अधिकमास(मलमास) स्नान गर्नको निम्ति मत्स्यनारायण मन्दिरको ढोका खोलिएको वडा न २ का वडा सदस्य युवराज बिष्टले बताए।बिष्टका अनुसार आफ्नै ठाउमा भएको पवित्र तिर्थ स्थलको प्रचारप्रसार नहुदा र स्थानीयले चासो नदिदा नजिकको तिर्थ हेला भएको बताउदै आगामी दिनमा मन्दिरको स्याहार संभार गरि धार्मिक पर्यटक भित्राउन वडाले पहल गर्ने बताए।


अहिले सानो सुरुवात सहित पुरुषोत्तम मासमा स्नान गर्न आउने भक्तजन हरुलाई स्नान गरिसकेपछि कपडा फेर्न र पानी परेमा ओता लाग्नको निम्ति वडाको ८० हजार रुपैयाँको आर्थिक सहयोगमा ट्रस निर्माण गरिएको स्थानिय अगुवा गोविन्द बहादुर कार्कीले बताए।
श्रावण ३० गते मलमासको अन्तिम दिनमा भव्य धार्मिक कार्यक्रमको आयोजना गर्न तयारी भैरहेको अगुवा बिष्णु बहादुर थापाले बताउनुभयो।

के छ इतिहास पालुङमा रहेको मत्स्यनारायणको?
बागमती प्रदेश मकवानपुर जिल्ला साविक पालुङ गाबिस वडा न ७,हाल थाहा नगरपालिका वडा न २ स्थित मत्स्यनारायण मन्दिर( बोलचालीको भाषामा मछ्यनारान) को स्थापनाको लिखित इतिहास भने भेटिएको छैन। अग्रजहरुको भनाइलाई आधार मान्दा विक्रम सम्बत १९०० सुरु हुनु अगावै मन्दिर र नारायणको मुर्ति प्रतिष्ठित र पाटी समेत रहेको सुन्नमा आएको छ।


उक्त मन्दिर र मुर्ति पालुङ सोल्टु बस्ने स्वर्गिय शमशेर बहादुर बस्नेतले आफ्नो निजि खर्चमा स्थापना गरि नित्य पुजा र प्रत्येक दुई देखि तीन बर्षको अन्तरालमा पर्न आउने अधिकमास(मलमास)अर्थात पुरुषोत्तम महिनाभर पुरुषोत्तम महात्म्य श्रवण र पुजाआजाको प्रवन्ध हुनेगरेको पनि सुन्नमा आएको छ।


निज शमशेर बहादुर बस्नेतका सन्ततिले केही बर्ष अघिसम्म महात्म्य लगाउने गर्दै आएको भएपनी हाल उक्त कार्य रोकिएको पाइन्छ।
तर प्रत्येक पुरुषोत्तम महिनामा मन्दिरको ढोका खोलिने र नजिकै रहेको खोलामा कुण्ड बनाइ स्नान गरि शुद्ध भइ श्रदापुर्वक पुजा गर्ने चलन अहिले पनि रहेको पाइन्छ।
फेदि खोलाको किनारमा अवस्थित माछा आकारको चट्टानमा निर्मित झट्ट हेर्दा शालिग्राम जस्तो लाग्ने होचो डाँडा भएको हुदा मच्छे डाँडाको नामले प्रख्यात स्थानमा हाल मत्स्यनारायण माध्यामिक विद्यालय,मन्दिर,तथा पुस्तकालय भवन छ भने पुर्व फेदिमा सप्तऋषिको मन्दिर र दक्षिण पाखोमा राधाकृष्णको मन्दिर रहेको छ।
पालुङ उपत्यका भित्र अवस्थित चार नारायणको अलावा मत्स्यनारायणले पनि एतिहासिक तथा धार्मिक महत्व बोकेको धरोहर हो भन्ने कुरामा दुईमत छैन।
तसर्थ यसलाई जोगाउन र पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्नेगरि योजना बनाइ व्यवस्थित गर्नु हामी सबैको कर्तव्य हो।
स्थानीय निकायबाट समेत पहल गरि आवश्यकतानुसारको सहयोग भएमा सुनमा सुगन्ध हुने थियो।(कुराकानीमा आधारित)

https://www.thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

FB_IMG_1690206400269-1690207014.jpg
FB_IMG_1690206394903-1690207014.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg