himalen-2083-1778725505.jpg
Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

मनोरञ्जन क्षेत्रमा सम्मानपूर्वक काम गर्ने वातावरण बनाउन माग, पालेर्मो प्रोटोकलको घरेलुकरणमा जोड

452997603_122174066402056-1721999854.jpg

 ११ साउन, काठमाडौं । मनोरञ्जन तथा सत्कार सेवामा कार्यरत श्रमिकहरुले अझै पनि आफ्नो पहिचान समाजलाई दिन नसकेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । सो क्षेत्रमा कार्यरत श्रमिकहरुको हकहितका लागि काम गर्दै आएको संस्था विश्वास नेपाल र एटविनको संयुक्त आयोजनामा शुक्रबार काठमाडौंमा आयोजना गरिएको मनोरञ्जन क्षेत्रमा हुने बालश्रम, श्रमिकको अवस्था र कानुनी प्रावधान तथा पालेर्मो प्रोटोकलको घरेलुकरणका लागि नीति निर्माताहरुको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रममा सहभागी प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सांसदसँगै अन्य सरकोकारवालाहरुले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै नेपाली कांग्रेसकी सांसद कमला पन्तले जुनसुकै क्षेत्रको रोजगारी आफैँमा राम्रो हुने भएपनि मनोरञ्जनको क्षेत्रलाई समाजले हेर्ने दृष्टिकोण राम्रो नभएकाले यस क्षेत्रमा श्रम गर्ने श्रमिकले आत्मसम्मान गुमाएर काम गर्नुपर्ने परेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । नीति, नियम र कानुन बनेपनि कार्यान्वयनको पाटो फितलो हुँदा मनोरञ्जन तथा सत्कार सेवामा कार्यरत श्रमिकहरुले विभिन्न समस्या भोग्नुपरेको सांसद पन्तले बताउनुभयो । त्यसैगरी नेकपा (एकीकृत समाजवादी) की सांसद जयन्ती राईले मनोरञ्जन तथा सत्कार सेवामा कार्यरत श्रमिकहरुका पक्षमा आफूले सदनमा जोडतोडका साथ आवाज उठाउने र कानुन कार्यान्वयनमा सरकारलाई दबाब दिने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा विश्वास नेपालकी अध्यक्ष तारा भण्डारीले डान्सबार, दोहोरी साँझ, मसाज, स्पा, क्याबिन रेष्टुरेन्ट, खाजाघर लगायत मनोरञ्जन क्षेत्रमा श्रम ऐनको कार्यान्वयन अवस्था कमजोर भएको भन्दै सरकारले यस विषयमा ध्यान दिनुपर्ने बताउनुभयो । साथै उहाँले पालेर्मो प्रोटोकलको घरेलुकरणका लागि सांसदहरुको भूमिका अझ महत्वपूर्ण हुनेमा जोड दिनुभयो । कार्यक्रममा मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुले समाजले हेर्ने दृष्टिकोण, आफूले कार्यस्थल तथा समाजमा भोग्नु परेका समस्या लगायतका विषयमा सांसदहरुको ध्यानकर्षण गराएका थिए । अन्तरक्रिया कार्यक्रममा विश्वास नेपालकी कार्यक्रम व्यवस्थापक कमला सापकोटाले मनोरञ्जन क्षेत्रको अवस्था र राष्ट्रिय बाल अधिकार परिषद्का पूर्व कार्यकारी निर्देशक मिलन धरेलले मनोरञ्जन क्षेत्रमा कार्यरत बालबालिका र श्रमिकको अवस्थाका साथै कानुनी प्रावधान र पालेर्मो प्रोटोकलका बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो । कार्यक्रममा पूर्वमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का नेता डा. बेदुराम भुसाल, नेकपा एमालेका सांसद ठाकुर गैर, पूर्वमन्त्री तथा एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवर, राप्रपाकी सांसद रोशन कार्कीसँगै ट्रेड युनियनका प्रतिनिधि, एटविनकी निर्देशक बेनुमाया गुरुङ लगायतको सहभागिता रहेको थियो ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg