himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

मनहरी गाउँपालिका द्वारा सहिद परिवार सम्मानित

CamScanner-०४-०४-1680621242.jpg

मनहरी गाउँपालीकाले सहिद तथा वेपत्ता मानीसका परिवारलाई नगद सहिद सम्मान गरेको छ । मंगलबार मनहरी ३ लामिटार स्थीत सभाहलमा गाउँपालीकाले एक कार्यक्रमका बिच उनीहरुलाई नगद सहित सम्मान गरेको हो । गाउँपालीका उपाध्यक्ष सिता पुलामी मगरको सभाध्यक्षतामा आयोजीत कार्यक्रममा बागमती प्रदेशका सामाजीक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो ।

 

मन्तव्यको क्रममा मन्त्री मोक्तानले अहिलेको व्यवस्था सहिदको रगतसँग साँटेर आर्जिएको टिप्पणी दिनुभयो । उहाँले भन्नुभयो , १० वर्षे जनयुद्धले तपाईंको सन्तानको बलिदान लियो भनेर अनेक मानीसहरुले भन्लान तर तपाईंको सन्तानको रगतले अहिलेको व्यवस्थालाई सिँगारेको भनेर बुझ्नुस् । अबुझ मानीसहरुको मानसीकताले अहिलेको व्यवस्थालाई दोष दिएको उहाँको भनाई छ ।

 

कार्यक्रममा बोल्दै ५ नं वडाअध्यक्ष दीपेन्द्र अधिकारीले अहिलेको व्यवस्थालाई बलीयो बनाउन सहिदहरुले दिएको आहुती भुल्न नहुने उद्घोष गर्नुभयो । यस्तै ३ नं वडाअध्यक्ष अनन्त प्रकाश अर्यालले १० वर्षे जनयुद्धको सुखद उपलब्धीको रुपमा अहिलेको व्यवस्थालाई आत्मसात गर्नुपर्ने जानकारी दिनुभयो ।

 

कार्यक्रमको समापन गर्दै सभाध्यक्ष तथा गाउँपालीका उपाध्यक्ष पुलामीले गाउँपालीकाका अन्य सहिद तथा वेपत्ता परिवारको खोजी गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निती तथा कार्यक्रममा समावेश गरी अझ श्रृजनात्मक ढंगले सहिदहरुको सम्मान गर्ने उहाको भनाई छ ।


कार्यक्रममा १३ सहिद र २ वेपत्ता परिवारलाई जनहि नगद रु ५ हजार सहित खादा ओढाएर सम्मान गरीएको हो । कार्यक्रममा ४ नं वडाअध्यक्ष प्रकाश थापा , ८ नं वडाअध्यक्ष नारायण उप्रेती , प्रमुख प्रशासकिय अधिकृत मोहन श्रेष्ठ , नेकपा माओवादी बागमती प्रदेश ईन्चार्ज विर बहादुर घलान (ज्वाला), कार्यपालीका सदस्यहरु लगायतको सहभागीता रहेको थियो ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg