Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

मनहरी क्याम्पसमा पेन डाउन, अध्यक्ष एकराज पन्छिए

eklaal-1668352517.jpg

 मनहरी । पश्चिम मकवानपुरको मनहरी–८ मा सञ्चालित मनहरी बहुमुखी क्याम्पसमा कार्यरत प्राध्यापकहरुले समयमा तलब नपाएपछि पेन डाउन गरेका छन् । प्राध्यापकहरुले पेन डाउन गरेपछि क्याम्पसको पठन पाठन ठप्प भएको छ ।क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष समेत रहेका नेकपा एमालेका बागमती प्रदेश कमिटि सदस्य तथा मनहरी गाउँपालिका पुर्व अध्यक्ष एकराज उप्रेती आन्तरिक कारण भन्दै समस्या समाधानबाट पन्छिएका छन् । उप्रेती ऐले प्रतिनिधिसभा प्रदेश सभा निर्वाचनको प्रचारप्रसारमा ब्यस्त हुनुहुन्छ । पश्चिम मकवानपुरकै गौरवको रुपमा रहेको यस क्याम्पसमा अध्यापन गराउँदै आएका प्राध्यापकहरुले १ वर्ष भन्दा बढि सयमसम्म तलब सुबिधा नपाएकोले पेन डाउन गर्न बाध्य भएको एक प्राध्यापकले बताउनुभयो । गत सालको माघ देखि तलब नपाएको र सो को ब्यवस्थापनमा क्याम्पस व्यवस्थापन समितिले वेवास्ताका गरेको कारण पठनपाठन हुन नसकेको प्राध्यापकहरु बताउँछन् । क्याम्पसमा बिद्यार्थी आउछन तर प्राध्यापक भने क्याम्पसमा उपस्थित हुँदैनन् । क्याम्पसमा बिद्यार्थी आउँदा पनि तपाईहरु किन पढाउन नआउनुभएको भन्ने प्रश्नमा एक प्राध्यापक भन्नुहुन्छ, 'हामी १६ महिनादेखि बेतलबी हुँदा समेत क्याम्पस ब्यबस्थापनले कहिल्यै वास्ता गरेन । निरन्तर क्याम्पसलाई सहयोग गरिरह्यो तर अहिले त हदै पार गरिसकेपछि बाध्य भएर सामुहिक पेन डाउन गर्न बाध्य भएकाछौँ' क्याम्पस प्रमुख अमित पौडेल बिगद ३ महिनादेखि अस्वस्थताका कारण भन्दै क्याम्पस उपस्थित छैनन् । नियमित कक्षा संचालन नहुँदा बिद्यार्थीलाई समस्या भएको र बिद्यार्थीको भविष्यमा खेलबाड नगर्न एक विद्यार्थीले बताउनुभयो । विद्यार्थीहरुले क्याम्पस प्रसाशन र ब्यबस्थापनले आफुहरुलाई पढ्ने वातावरण बनाई बिद्यार्थीको भबिष्यमाथि खेलवाड नगर्न आग्रह समेत गरेकाछन् ।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg