Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

मनहरीमा प्रेस सेन्टर मकवानपुरको विस्तारित बैठक सम्पन्न

FB_IMG_1692882994463-1692883010.jpg

 

 

 

 

नेपाल कम्युनिस्ट पार्टी माओबादी केन्द्र सम्बद्घ पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपाल मकवानपुरको बिस्तारित बैठक मनहरी गाउँपालिकामा सम्पन्न भएकोछ ।

मनहरी गाउँपालिकाको रजैयामा बसेको बिस्तारित बैठकमा नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य ईश्वरी प्रसाद भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो ।

संगठनको बिस्तारित बैठकमा श्रद्धाञ्जली ,रिपोर्टिङ , नियुक्ति , कार्य योजना,मिडिया डेस्क संचालन र पार्टिको केन्द्रिय अभियान लगाएतका प्रस्तावहरू माथी छलफल गरि निर्णय पारित गरिएको थियो ।

बैठकमा सहभागी अधिकांश सहभागीहरुले पार्टी नेतृत्वको आलोचना गरेका थिए । संगठनमा आवद्ध साथिहरुलाई चुनावमा मात्र चुनावी अस्त्र बनाईएको र सहकार्य गर्न हिचहिचाएको भन्दै केन्द्रिय नेताकै बिच पार्टी नेतृत्वको आलोचना गरेका थिए । साथै पार्टिको लागि प्रचार प्रसारमा अडिक भएर हिडिरहदा पार्टी नेतृत्वले केन्द्र , प्रदेश , जिल्ला र स्थानिय स्तरका नेतागणले कहिले बुझ्ने भन्दै गुनासो पोखेका थिए । यस्तैगरी प्रदेशको राजधानी समेत मकवानपुरमै भएकोले मिडिया डेस्क सन्चालन गर्नुपर्नेमा जोड दिईएको थियो ।

जवाफमा कार्यक्रमको प्रमुख अतिथी पार्टी केन्द्रिय सदस्य भट्टराईले पार्टिको नेता बन्नलाई नेतृत्वको चाकडी गर्ने होईन मैदानमा को कसरी उपस्थितहुन्छ र कामको आधारमा अब नेता बन्ने र छन्ने अभियानमा लागेको बताउदै छलफलमा उठेका विषय बस्तुमा प्रदेश तथा केन्द्रका नेतृत्व समक्ष छलफल चलाईने बताउनुभयो ।

यस्तै गरि बैठकमा बोल्दै पार्टी जिल्ला संयोजक सर्केश घलानले बैठकमा उठेका प्रश्नहरुको जवाफ दिदै पार्टिका नेतृत्व र पार्टी सम्बद्घ पत्रकारहरु बिच तालमेल नमिलेकै हो भन्दै अब बिस्तारै समन्वय गर्दै अगाडि बढिने बताउनुभयो । राजनितिमा राजनितीकर्मी र पत्रकारबिच अन्तर सम्बन्ध हुनुपर्ने भन्दै पत्रकारहरुको माग सम्बोधन गराउने तर्फ आफू लागिपरिरहेको बताउनुभयो ।

कार्यक्रममा पार्टिका केन्द्रिय सदस्य घन श्याम दाहाल, बागमती प्रदेश पार्टी कमिटी उपाध्यक्ष एबम बागमती प्रदेश सदस्य संसद प्रेम बहादुर पुलामी ( छिन्तु),जेष्ठ कम्युनिस्ट मन्च केन्द्रिय सदस्य रामहरी सुवेदी ( गुलाव), बागमती प्रदेश सचिवालय सदस्य सर्केश घलान , प्रदेश सचिवालय सदस्य वीर बहादुर घलान ( ज्वाला), प्रदेश कमिटी सदस्य लक्ष्मी माझी ( कृपा),प्रेम भुजेल, मनहरी पार्टी गाउँ कमिटी ईन्चार्ज राजकुमार पाख्रिन, गाउँ कमिटी अध्यक्ष राम प्रसाद कालाखेती लगाएतका अन्य नेताहरुको उपस्थिती रहेको थियो ।

त्यस्तैगरी सङ्गठनका केन्द्रिय सचिब सुनिल खड्का,नेपाल नीति परामर्श समिती सदस्य कृष्ण सारु मगर, प्रेस सेन्टर बाग्मती प्रदेश महासचिव ध्रुव अधिकारी, प्रदेश कमिटी सदस्य भावना रिजाल लगाएत अन्यको उपस्थिति रहेको थियो ।
बिस्तारित बैठक संगठनका अध्यक्ष अन्जली थापाको सभाध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सहजिकरण संगठनको जिल्ला कोषाध्यक्ष अशोक सुजन श्रेष्ठले गरेका थिए ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg