Monday, 09 Nov, 2026
worldlink1-1789963258.gif

थाहा नगर

मदन भण्डारी विश्वविद्यालय : विद्यार्थीलाई मासिक तिस हजार छात्रवृत्ति

Madan-bhandari-university-1698973113.jpg

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले विद्यार्थीलाई मासिक ३० हजार रुपियाँसम्मको छात्रवृत्तिसहित स्नातकोत्तर र विद्यावारिधिको शैक्षिक कार्यक्रम सुरु गरेको छ । 

मकवानपुरको थाहा नगरपालिका–९, चित्लाङमा यही वर्षबाट स्नातकोत्तर तहका विद्यार्थीलाई मासिक २५ हजार र विद्यावारिधिमा अध्ययन गर्ने विद्यार्थीलाई मासिक ३० हजार रुपियाँको छात्रवृत्तिसहितको भर्ना कार्यक्रम सुरु गरेको छ । यो वर्ष विश्वविद्यालयले ३२ जना विद्यार्थीलाई अध्ययनका लागि भर्ना आह्वान गरेको हो । चित्लाङमा बिहीबार आयोजित कार्यक्रममा दिइएको जानकारी अनुसार विश्वका राम्रा विश्वविद्यालयसँग प्रतिस्पर्धा गराउन र अनुसन्धानमा आधारित अध्ययनलाई अघि बढाउने उद्देश्यले चार वटा विषयमा भर्ना सुरु गरिएको हो ।

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय संरक्षक समितिका अध्यक्ष प्रा. राजेन्द्रध्वज जोशीले विश्वका उत्कृष्ट विश्वविद्यालय सहयोग रकमबाटै सञ्चालन भएको चर्चा गर्दै कम्तीमा एक लाख मानिसबाट एक अर्ब रुपियाँ सङ्कलनको लक्ष्यसहित भर्ना कार्यक्रम शुभारम्भ गरेको जानकारी दिनुभयो । 

उहाँले विश्वविद्यालयसँग रहेको भौतिक प्रगतिका बारेमा जानकारी दिँदै विश्वविद्यालयसँग हाल ३० लाख रुपियाँ मात्रै मौज्दात रहेको उल्लेख गर्नुभयो । विश्वविद्यालयसँग हाल तीन वटा सुविधासम्पन्न भवनसहित १८० रोपनी जग्गा रहेको छ । सो जग्गा स्थानीय स्वछन्द भैरव माध्यमिक विद्यालयले विश्वविद्यालयलाई उपलब्ध गराएको थियो । 

उहाँका अनुसार नेपाल सरकारले विश्वविद्यालयको भौतिक पूर्वाधारका लागि ९५ करोड रुपियाँ विनियोजन गरिसकेको छ । सरकारले एक अर्ब ४० करोडको बजेट सुनिश्चितसमेत गरिसकेको छ । 

विश्वविद्यालयले वन क्षेत्रमा त्यसै खेर गइरहेको कुकाठलाई कसरी आम्दानीको स्रोत बनाउन सकिन्छ भनेर अध्ययन गर्ने उद्देश्यले वनमा आधारित अध्ययनको स्नातकोत्तर तथा विद्यावारिधिको कक्षा सञ्चालन गर्न लागेको जनाइएको छ । यसले नेपालको वन क्षेत्रको आम्दानीका आधार खुला हुने अपेक्षा गरिएको छ । त्यसका लागि विश्वविद्यालयमा सुविधासम्पन्न ल्याबसमेत निर्माण भइसकेको छ । 

विश्वविद्यालयका वित्त प्रमुख शम्भु अधिकारीका अनुसार प्राङ्गारिक कृषिमा विद्यावारिधि तथा स्नातकोत्तरको कक्षा सुरु गर्न लागिएको हो । उहाँले नेपाल कृषिप्रधान मुलुक भएकाले प्राङ्गारिक खेती प्रणालीको खोज तथा अनुसन्धानमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

विश्वमा पहिलो पटक पर्यटन पूर्वाधारको विधावारिधि कक्षा सुरु भएको दाबी विश्वविद्यालयको छ । डा. सबिना श्रेष्ठले नेपालमा पर्यटनको अत्यधिक सम्भावना रहेको तथा पर्यटन पूर्वाधारको विकास हुन नसकेको अवस्थामा यसले ठुलो सहयोग पु¥याउने बताउनुभयो । चार वटा सङ्कायमा पहिलो वर्ष चार/चार जना विद्यार्थीलाई भर्ना लिइने जनाइएको छ ।

विश्वविद्यालयले कुनै पनि प्राध्यापक तथा कर्मचारीलाई स्थायी नगर्ने अवधारणा अघि सारेको छ । काम गरेको दिनमा सुविधा दिने तर काम नगरेको दिनमा सेवा नपाउने गरी प्राध्यापक नियुक्तिको प्रक्रिया अघि बढाएको विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयले २० क्रेडिट आवरको सैद्धान्तिक र ५० क्रेडिट आवसर अनुसन्धानमूलक कक्षा सञ्चालन गर्ने जनाइएको छ ।    

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
नवौँ पालिकास्तरीय भलिबलको उपाधिका लागि आग्रा र हेटौँडाबीच भिडन्त, फाइनल सोमबार
FB_IMG_1794151489297-1794151939.jpg

बिनयबाबु बस्नेत स्मृति प्रतिष्ठानको आयोजनामा थाहा नगरपालिकामा जारी नवौँ संस्करणको पालिकास्तरीय खुला भलिबल...

न्हुलगाउँ T20 कप–२०८३ कार्तिक २१ देखि सुरु हुँदै, ६ टोलीबीच प्रतिस्पर्धा हुने
file_0000000072c08211a34c-1793979458.png

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१० मा न्हुलगाउँ T20 कप–२०८३ आयोजना हुने भएको छ। न्हुलगाउँ टोल विकास...

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीको उम्मेदवारी
FB_IMG_1793928531445-1793978598.jpg

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीले उम्मेदवारी दिएका छन् । पालुङ जेसीज बर्ष २०२६ का...

विनयबाबु स्मृति भलिबल सुरु, उद्घाटन खेलमा साविक विजेता तमु, मंगलेश्वर र हेटौँडा विजयी
FB_IMG_1793970900315-1793971499.jpg

मकवानपुरको थाहा नगरपालिकामा नवौँ संस्करणको विनयबाबु बस्नेत स्मृति मकवानपुर जिल्ला पालिकास्तरीय खुला भलिबल...

स्वच्छन्द भैरव माविको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा सरोज कुमार रेग्मी निर्विरोध चयन
FB_IMG_1793880704719-1793880988.jpg

मकवानपुर । श्री स्वच्छन्द भैरव माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सरोज कुमार रेग्मी...

थाहामा पालिकास्तरीय खुला भलिबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख १ हजार १११ रुपैयाँ पुरस्कार
FB_IMG_1793422395897-1793716186.jpg

थाहा।थाहामा  मकवानपुर पालिकास्तरीय खुला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। बिनयबाबु बस्नेत स्मृति...

१० पटक यात्रा गरे ११औँ पटक निःशुल्क ! पालुङदेखि काठमाडौंको जोरपाटीसम्म थाहानगर यातायात सञ्चालन हुँदै
InShot_20261103_181144553-1793709249.jpg

मकवानपुर । थाहा नगरपालिकाका नागरिकलाई काठमाडौंसँग जोड्दै सुरक्षित, सहज र भरपर्दो यातायात सेवा उपलब्ध गराउने...

भीमफेदीको सानुटारमा 'उज्यालो संवाद' सम्पन्न
FB_IMG_1793620666431-1793620702.jpg

भीमफेदी, मकवानपुर । भीमफेदी गाउँपालिका वडा नम्बर १ स्थित सानुटारमा सोमबार 'उज्यालो नेपाल पार्टी'ले टोल भेला...

एमाले थाहा नगरको जागरण अभियान सुरु, संगठन विस्तार र सुदृढीकरणमा जोड
1000076457-1793537840.jpg

नेकपा एमाले थाहा नगर कमिटी केन्द्रीय कार्यक्रम अन्तर्गत ‘जागरण अभियान’मा जुटेको छ । आइतबार थाहा नगरमा एक...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg