pani-1786865868.jpg
Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

मदन भण्डारी बिश्व विद्यालयको केन्द्रिय कार्यालय चित्लाङ बाट संचालन हुने।

FB_IMG_1691488474989-1692370033.jpg

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय आजबाट उत्तरी मकवानपुरको चित्लाङबाट सञ्चालनमा आउने भएको छ । मकवानपुरको थाहा नगरपालिका–९, चित्लाङबाट विश्वविद्यालय सञ्चालन गर्ने गरी तयारी अन्तिम चरणमा पुगेको छ । हाल केन्द्रीय कार्यालय ललितपुरको सैँबुबाट सञ्चालन हुँदै आएकोमा अब भने चित्लाङमा केन्द्रीय कार्यालय र काठमाडौँ उपत्यकामा सम्पर्क कार्यालय रहने भएको छ ।
विश्वविद्यालयका कन्सल्टेन्ट प्राध्यापक सञ्जयनाथ खनालले (आज) भदौ १ गतेदेखि चित्लाङबाट केन्द्रीय कार्यालय सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । उहाँले हाल केन्द्रीय कार्यालयका सामानहरू सार्ने काम भइरहेको भन्दै विश्वविद्यालयको अध्यापनलगायतका कार्यहरू चित्लाङबाट हुने भएकाले केन्द्रीय कार्यालय चित्लाङमा स्थानान्तरण गर्न लागेको बताउनुभयो । चित्लाङमा विश्वविद्यालयका लागि कक्षाकोठालगायतका आवश्यक भौतिक संरचना निर्माण सन् २०१९ बाट सुरु गरिएको थियो ।
मङ्सिरदेखि अध्यापन
मदन भण्डारी विश्वविद्यालयले आगामी मङ्सिरदेखि अध्यापन सुरु गर्ने भएको छ । विश्वविद्यालयका कन्सल्टेन्ट खनालले आगामी डिसेम्बरबाट अध्यापन गर्ने गरी तयारी थालिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अध्यापनका लागि आवश्यक कतिपय भौतिक संरचना बनिसके कतिपय निर्माणाधीन छन् । स्नातकोत्तर र विद्यावारिधिका लागि सीमित विद्यार्थी राखेर अध्यापन सुरु गर्दै छौँ ।” आगामी डिसेम्बरबाट अर्गानिक कृषि, फरेस्ट बायोमेट्रियल्स, आर्टिफिसियल इन्टेलिजेन्स र टुरिजम इन्फ्रास्ट्रक्चर विषयमा स्नातकोत्तर र विद्यावारिधि उपाधिका लागि पढाइ हुनेछ । गोरखापत्र अनलाइन

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...