Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

मकवानपुर र धादिङमा चेपाङ विद्यार्थी राख्‍न छात्रावास

chhatrabas-1629623958.jpg

 

टाढाटाढाबाट पढ्न आउने चेपाङ विद्यार्थीको सहजताका लागि मकवानपुर र धादिङका विभिन्न विद्यालयमा छात्रावास निर्माण भइरहेको छ । कतै सञ्चालनमा समेत आइसकेका छन् । आवासीय सुविधा नहुँदा धेरै चेपाङ विद्यार्थीले पढाइ बीचमै छाड्ने गरेका छन् । उक्त समस्या हटाउन चेपाङ समुदायको बाहुल्य रहेका बस्तीका विभिन्न विद्यालयनजिक छात्रावास बनाउन सरकारी तथा गैरसरकारी संस्थाहरूले सहयोग गरिरहेका हुन् ।

मकवानपुरको राक्सिराङ गाउँपालिकाको सरिखेतस्थित सूर्योदय माविनजिक कोरियाली नागरिकको सहयोगमा रोटरी क्लब हेटौंडाले छात्रावास निर्माण गरेर हालै सञ्चालनमा ल्याइसकेको छ । ६० जना अट्ने सुविधायुक्त छात्रावासमा दिनहुँ विद्यालयसम्म पुग्न कठिन हुने चेपाङ विद्यार्थीहरू बस्दै आएका छन् । यसैगरी, राक्सिराङ–६ सिलिङेस्थित श्री माविमा वाग्मती प्रदेश सरकारले साढे एक करोडको लागतमा छात्रावास निर्माण गरेको छ । तर कोरोना संक्रमणको जोखिम रहेको भन्दै निर्माण कम्पनीले भवन हस्तान्तरण नगर्दा छात्रावास सञ्चालनमा आइसकेको भने छैन ।

यो छात्रावासमा ६० जना बस्न मिल्छ । हाल विद्यालय बन्द छ । यहाँ २ सय जनाभन्दा बढी छात्रछात्राहरू दैनिक ३ घन्टा हिँडेर आउँछन् । केही विद्यार्थी सिलिङेस्थित स्थानीयका घरको पिढीमा बस्ने गरेका प्रधानाध्यापक तारानाथ दुवाडीले बताए । ‘अहिले तयार भएको छात्रावास पनि अपुग छ,’ दुवाडीले भने, ‘सबै विद्यार्थीले पढ्न पाऊन् भन्न थप भवनको आवश्यक पर्छ ।’ उनका अनुसार विद्यालयमा ६ सय विद्यार्थी पढ्छन् । जसमध्ये ९८ प्रतिशत विद्यार्थी चेपाङ समुदायका छन् ।

धादिङका चेपाङ किशोरीहरूको शिक्षामा सहयोग पुर्‍याउन गजुरीमा सुविधा सम्पन्न छात्रावास निर्माण गरिएको छ । गजुरी–१ को हाँगेटारमा निर्मित यो छात्राबासमा बस्न भर्ना पनि थालिएको छ । ३६ जना क्षमताको उक्त छात्रावास बनाउन जिल्ला समन्वय समिति र गजुरी गाउँपालिकाले ४२ रोपनी जग्गा उपलब्ध गराएका थिए । नेपाल चेपाङ संघ धादिङको समन्वयमा प्रयास नेपाल धादिङले प्लानेट इन्फान्ड एन्ड डेभलपमेन्ट, फ्रान्ससँगको आर्थिक साझेदारीमा छात्रावास निर्माण भएको हो ।

कक्षा १० मा पढ्न गजुरी–२ ताल्तीबाट आएकी अन्जु चेपाङले छात्राबासमा बस्न पाएकोमा खुसी लागेको सुनाइन् । ‘गाउँमा हुँदा न स्कुलमा पढाइ राम्रोसँग हुने न हाम्रो ध्यान नै जाने । घरको कामकाजले गर्दा पनि पढ्न फुर्सद नहुने भएपछि छात्रावासमै बसेर पढ्ने निधो गरेरै आएकी हुँ,’ उनले भनिन्, ‘हामीजस्ता किशोरीहरूका लागि छात्रावास एउटा घर भएको छ ।’ शिक्षाबाट वञ्चित र आर्थिक अवस्था कमजोर भएका किशोरीहरूका लागि छात्रावास निर्माण गरिएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले बताए । ‘छात्रावास भवन निर्माण अन्तिम चरणमा छ, यसका लागि १ करोड २० लाख रुपैयाँ लाग्ने अनुमान गरेका छौं,’ अर्यालले भने, ‘छात्रावासले चेपाङ किशोरीको शैक्षिक विकासमा उल्लेख्य सुधार ल्याउने विश्वास गरेका छौं ।’ कान्तिपुर दैनिकबाट ।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg