pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

मकवानपुर जिल्लामै सामाजिक सुरक्षा भत्ता इएफटी गर्ने पहिलो पालिका बन्यो थाहा।

FB_IMG_1688054625058-1688054659.jpg

मकवानपुरको थाहा नगरपालिको सामाजिक सुरक्षा लाभग्राहीको भत्ता इएफटी गरी पठाउने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले नमुनाको रुपमा देशभरका ७ सय ५३ मध्ये ५० वटा पालिकामा यो कार्य शुरु गरेसंगै थाहाले भत्ता अनलाईन भुक्तानी थालेको हो ।

चालु आर्थिक वर्षको अन्तिम त्रैमासिकको भत्ता इएफटी गरी पठाइने एमआइएस अपरेटर लक्ष्मण कण्डेलले जानकारी दिए । ‘इएफटीका लागि पालिकाका ४ हजार २ सय १५ लागग्राहीको तथ्याङ्क अद्यावधिक भैसकेको छ, हामी अब लाभग्राहीको खातामा भत्ता दाखिलाका लागि कोष तथा लेखा नियन्त्रक कार्यालयलाई अनुरोध पठाउँछौं’–अपरेटर कण्डेलले भने । थाहा नगरपालिकाको वडा नम्बर १ को ३ सय १३, वडा नम्बर २ को ४ सय ५०, वडा नम्बर ३ को ३ सय ५०, वडा नम्बर ४ को २ सय ७४, वडा नम्बर ५ को २ सय २१, वडा नम्बर ६ को ४ सय ७८, वडा नम्बर ७ को ४ सय ३६, वडा नम्बर ८ को ३ सय ६, वडा नम्बर ९ को ४ सय ४१, वडा नम्बर१० को ३ सय ५६, वडा नम्बर ११ को २ सय ६८ र वडा नम्बर १२ नम्बर वडाको ३ सय २२ जना लाभग्राहीको सामाजिक सुरक्षा भत्ता इफटी मार्फत वितरण हुने नगरपालिकाले जनाएको छ । बागमती प्रदेशका १ सय १९ स्थानीय तह मध्ये थाहा नगरसहित ११ स्थानीय तहले इएफटी मार्फत भत्ता वितरण गर्नका लागि छनोट भएका छन् ।

थाहामा त्रैमासिक ४ करोड २८ लाख २९ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण हुँदै आइरहेको छ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...