himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

मकवानपुरमा दुग्ध प्रशोधन उद्योग निर्माण हुदैं
प्रदेश सरकार र जिल्ला दुग्ध उत्पादक सहकारी संघको संयुक्त लगानी

१३ असार/मकवानपुरमा दुग्ध प्रशोधन उद्योग निर्माण सुरु भएको छ । जिल्लामै पहिलोपटक मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि.ले दुग्ध प्रशोधन उद्योग निर्माण गर्न लागेको हो । जिल्लाका किसानले उत्पादन गरेको दूधलाई प्रशोधन र विविधिकरण गरी उपभोक्तासम्म पुर्याउने उद्देश्यले मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघले उद्योग निर्माण थालेको हो ।

वागमती प्रदेशमा समग्र किसानहरुको लागि काम गरिरहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तरगत पशुपन्छि तथा मत्स्य विकास निर्देशनालयको सहकार्यमा सहकारी संघले उद्योग निर्माण थालेको हो । संघले मकवानपुरको भीमफेदी गाउँपालिका–१ बुङ्दलमा जग्गा र भवन खरिद गरेर कारखाना निर्माण गरिरहेको छ । दूध प्रशोधन उद्योग निर्माण गरेर किसानदेखि उपभोक्तासम्मलाई फाइदा र सहज हुने संघको दाबी रहेको छ । केन्द्रीय दुग्ध उत्पादक सहकारी संघको सिफारिसमा निर्देशनालयले मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघलाई उद्योग निर्माणका लागि रकम उपलब्ध गराएको हो ।

कारखाना स्थापना भएपछि जिल्लामा उत्पादन हुने दूधलाई दुग्ध सहकारीमार्फत् कारखानाले खरिद गर्ने र प्रशोधन तथा विविधिकरण गरी उपभोक्तासम्म पु¥र्याउने योजना संघको रहेको छ । जसले गर्दा किसानले उत्पादन गरेको दूध सहज रुपमा बजारिकरण हुने र मिल्क होलिडेका कारण किसानले भोग्नु परेको समस्या समेत समाधान हुने जनाइएको छ । सहकारी संघ मार्फत् नै उद्योग सञ्चालन हुने भएकाले उपभोक्ताले अन्यत्रको उत्पादन भन्दा सस्तो र गुणस्तरिय दूध तथा दूध जन्य उत्पादन पाउने छन् भने नाफा सहकारीमार्फत् किसानसम्म पुग्ने जनाइएको छ ।

यस्तो छ लगानीको अवस्था :

भीमफेदी गाउँपालिका–१ मा निर्माण हुन लागेको दूध प्रशोधन उद्योग निर्देशनालयले केन्द्रीय दुग्ध उत्पादक सहकारी संघको सिफारिसमा मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघले निर्माण गर्न लागेको हो । चालु आर्थिक वर्षमा कारखानाको उपकरण खरिदका लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तरगत पशुपन्छि तथा मत्स्य निर्देशनालयले ७५ लाख रुपैयाँ रकम उपलब्ध गराउने सम्झौता भएको छ । यस्तै उपकरण खरिदमा संघले पनि ७५ लाख रुपैयाँ लगानी गरेको छ । निर्देशनालय र संघको ५० प्रतिशत साझेदारीमा निर्माण भइरहेको कारखाना सञ्चालनको अवस्थामा आउन करिब ३ करोड लाग्ने अनुमान गरिएको छ ।

कारखाना स्थापना गर्न संघको आफ्नै जग्गा र भवन रहेको छ । कारखाना स्थापना गर्न ३ वटा भवनसहित करिब ४ कठ्ठा जग्गा ८० लाख रुपैयाँमा खरिद गरेको मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासु अधिकारीले बताउनुभयो । उनका अनुसार निर्देशनालयसँगको सम्झौता अनुरुप अहिले विदेशबाट कारखानाका लागि उपकरण ल्याउने काम भइरहेको छ । निर्देशनालयसँग भएको सम्झोता अनुसार चालु आव भित्र सम्झौता अनुसार संघले उपकरण खरिद गरिसक्नु पर्ने निर्देशक डा.रामप्रकाश प्रधानले जानकारी दिनुभयो । निर्देशनालयले उपलब्ध गराएको रकम उपकरण खरिद र कारखानाका लागि भवन निर्माण र सुधारमा मात्र खर्च गर्नु पर्ने उहाँले बताउनुभयो ।

किन आवश्यक पर्यो कारखाना :

निर्देशनालयले वागमती प्रदेशका १३ जिल्ला मध्ये दूध प्रशोधन कारखानाका लागि मकवानपुरलाई पहिलो पटक सहयोग गरेको निर्देशक प्रधानले जानकारी दिनुभयो । उहाँले पछिल्लो समय व्यवसायिक रुपमा गाईभैंसी पालन गर्नेहरु बढिरहेको समयमा दूधलाई सहज रुपमा बजारिकरण गर्ने सहयोग पु¥र्याउने उद्देश्यले सहयोग गरेको बताउनुभयो । संघले सम्झौता अनुसार चालु आव भित्रै उपकरण खरिद गरिसक्नु पर्नेछ । प्रत्यक्ष किसानसँग जोडिएको योजना भएकाले छनौट र प्राथमिकतामा परेको निर्देशक प्रधानको भनाइ छ ।

कारखानाका लागि अहिले उपकरण आउने क्रम जारी रहेको संघका अध्यक्ष अधिकारीले जानकारी दिनुभयो। दैनिक जसो उपकरण आउने क्रम जारी रहेको र भवनमा उपकरण राख्ने स्थानको पनि मर्मत गर्ने काम भइरहेको बताउनुभयो । उनले २०७८ मंसिरबाट कारखाना सञ्चालनमा ल्याउने गरी काम गरिरहेको बताउनुभयो । कारखाना निर्माण भएपछि किसानले दूध बिक्रीका लागि समस्या भोग्नु नपर्ने अध्यक्ष अधिकारीले बताउनुभयो । कारखाना सञ्चालन भएपछि जिल्लामा उत्पादन भएका दूध दुग्ध सहकारीमार्फत् संघले खरिद गर्ने उनको भनाई छ ।

‘जसले गर्दा कुनैपनि अवस्थामा किसानले दूध बिक्री गर्न सक्छन् जसले मिल्क होलिडेको समस्यालाई समाधान गर्छ । सहकारी संघले सञ्चालन गरेको हुनाले उपभोक्ताले शुद्ध र सस्तोमा पाउछन् भने सहकारीमार्फत् नाफा किसानसम्म पुग्छ । यो कारखाना सञ्चालनले किसानदेखि उपभोक्तासम्मलाई फाइदैफाइदा छ,– अध्यक्ष अधिकारीले भन्नुभयो । कारखानाले दूध प्रशोधन मात्र होइन् विविधिकरण गरेर बजारसम्म पु¥र्याउने काम गर्ने उहाँले बताउनुभयो।

जिल्लाका सबै दूग्ध सहकारीले संकलन गरेको दूध संघले सञ्चालन गरेको कारखानामा संकलन भएर प्रशोधन हुने भएपछि ठूला दुग्ध उद्योगले सिधै कारखानाबाट खरिद गर्न सक्ने अध्यक्ष अधिकारीको भनाई छ । अहिले सरकारी तथा निजी क्षेत्रका दूध उद्योगले जिल्लाका विभिन्न दुग्ध सहकारीमै पुगेर दूध संकलन गर्दै आएका छन् ।

संघलाई कारखाना स्थापनाका लागि सिफारिस गर्ने केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायण देवकोटाले यससँग जोडिने सबै पक्षलाई फाइदा रहेको बताउनुभयो। कोरोनाका कारण उपकरण ल्याउन केही समस्या परेपनि अहिले उपकरण ल्याउने काम भइरहेको जानकारी दिनुभयो। कारखाना सञ्चालनमा आएपछि किसान, दुग्ध सहकारी र उपभोक्ता सबैलाई फाइदा रहेको उहाँको दाबी छ ।

व्यवसायिक रुपमा पशुपालनमा आकर्षण बढिरहेको र राज्यले अनुदान दिइरहेको अहिलेको अवस्थामा कारखाना सञ्चालन भएपछि मकवानपुरे किसानले मिल्क होलिडे व्यर्होनु नपर्ने केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष देवकोटाले बताउनुभयो । जुनसुकै अवस्थामा पनि कारखानाले दूध खरिद गर्ने उनको दाबी छ । सहकारीमार्फत् किसानको उत्पादनलाई सहज बजारीकरण नै संघको मुख्य उद्देश्य रहेको अध्यक्ष देवकोटाले बताए । उनले अबको ५/६ महिनामा कारखाना सञ्चालनमा आउने जानकारी दिनुभयो।

निर्देशनालयका सूचना अधिकारी डा.बब्लु ठाकुरले जिल्लामा दुग्धजन्य पदार्थको उत्पादनमा वृद्धि गर्न, दुग्धजन्य उद्योगहरुको आधुनिकिकरण गर्न, दुग्धजन्य पदार्थको उत्पादन, विविधिकरण र बजारिकरण गर्न सहयोग गरेको बताउनुभयो । यसले किसानहरुको लगानीको सुरक्षा गर्दै जीवनस्तर सुधारमा समेत सहयोग गर्ने उहाँको भनाइ छ ।

कति छन् दुग्ध सहकारी ?, कति हुन्छ दुध उत्पादन ?

मकवानपुर किसानको बाहुल्यता भएको जिल्ला हो । यहाँका अधिकांश मानिस पशुपालन र खेती गर्ने गर्दछन् । पछिल्लो समय जिल्लामा व्यवसायिक पशुपन्छि पालन र खेतीगर्ने क्रम बढ्दै गएको छ । आधुनिक तरिका र प्रविधिमैत्री बन्दै जाँदा उत्पादनमा समेत वृद्धि भइरहेको छ । व्यवसायिक रुपमा गाई तथा भैंसी पालन बढेसँगै दूध उत्पादन पनि जिल्ला बढ्न थालेको छ । प्राकृतिक प्रकोप तथा राजनीतिक घटनाक्रमका कारण किसानहरु मरमा पर्दै आएका छन् । जुन अवस्थामा दूध बिक्री हुदैन । यसले किसानलेको लगानी श्रमलाई मारमा पार्ने गरेको छ ।

मकवानपुरमा अहिले दैनिक ६० हजार लिटर भन्दा धेरै दूध उत्पादन हुने गरेको मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका व्यवस्थापक कुमारमणि दाहालले बताउनुभयो । ति मध्ये दुग्ध सहकारीबाट दैनिक ४० हजार लिटर दूध संकलन र बिक्री हुदै आएको उहाँको भनाई छ । अहिले संघमा ५७ वटा दुग्ध सहकारी संस्था आवद्ध रहेका छन् ।

संघले दूध प्रशोधन कारखाना सञ्चालनमा ल्याएपछि जिल्लाबाट उत्पादन हुने सबै दूधलाई एकीकृत गर्ने योजना रहेको व्यवस्थापक दाहालले बताउनुभयो। जसका लागि कारखाना निर्माणको काम धमाधम भइरहेको र निर्देशनालयसँग भएको सम्झौता अनुसारका पाश्चराइजेशन, चिलिङ भ्याट, मिल्क एनालाइजर, प्याकेजिङ मेशिन, डिप फ्रिज, चिज मेकर, रेफ्रिजिरेटेड ट्याक, डिजिटल ब्यालेन्सलगायतका उपकरण मध्ये केही आइसकेको केही आउनेक्रममा रहेको  जानकारी दिनुभयो । अब उपकरण जडानका लागि काम भइरहेको समेत दाहालले बताउनुभयो।


संघले अहिलेसम्म हेटौंडा उपमहानगरपालिका, वागमती, बकैया, मकवानपुरगढी, भीमफेदी र मनहरी गाउँपालिकामा रहेका दुग्ध सहकारीले संकलन गरेको दूध मात्र खरिद गर्ने गरेको व्यवस्थापक दाहालले जानकारी दिनुभयो। संघले दूध खरिद गर्ने सहकारीमा दूध बिक्री गर्ने किसानलाई राज्यले तोकेको भन्दा प्रतिलिटरमा दुई रुपैयाँ बढी दिने गरेको दाहालले बताउनुभयो ।

 

कारखाना सञ्चालनमा आएपछि सबै दुग्ध सहकारीले संकलन गरेका दूध खरिद गर्ने र प्रशोधन तथा विविधिकरण गरेर उपभोक्तासम्म पु¥र्याउने योजना रहेको दाहालले बताउनुभयो । उहाँले आगामी दशैंसम्ममा कारखाना सञ्चालनमा ल्याउने गरी काम भएपनि कोरोना भाइरसका कारण केही कठिनाइ झेल्नु परेको बताउनुभयो । कारखाना सञ्चालनमा आएपछि प्रशोधन गरिएको दूध, फ्याट ननिकालिएको शुद्ध दूध, दही, पनिर, बटर, मोही, खुवा, ध्यू, आइसक्रिमलगायतका उत्पादन हुने व्यवस्थापक दाहालले जानकारी दिनुभयो ।
बाइलाइननेपाल डटकमबाट

 

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg