Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

शिक्षा

मकवानपुरमा एसइई परीक्षा:- ७ हजार १ सय ९२ परीक्षार्थी सहभागी

FB_IMG_1775138700363-1775138735.jpg

फाइल फोटो

आज बाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मकपानपुरका ७ हजार १ सय ९२ परीक्षार्थी सहभागी हुँदै छन् । जसमा नियमिततर्फ ५ हजार ५ सय २७ र ग्रेडवृद्धितर्फ १ हजार ६ सय ६५ जना परीक्षार्थी रहेका छन् । एसइई परीक्षाका लागि २८ वटा परीक्षा केन्द्र तोकिएको छ ।

थाहा नगरपालिकाको बज्रवाराही मावि परीक्षा केन्द्रमा बागेश्वरी मावि टिष्टुङका नियमित ७० र ग्रेडवृद्धि २४ गरी ९४ जनाले परीक्षा दिदैछन् । सोही केन्द्रमा सुनौलो मावि थाहा–१ का नियमिततर्फका २१ र ग्रेडवृद्धिमा ३ सहित २४, सरस्वती बालबोधनी मावि मार्खुको नियमिततर्फ १९ सहित २० जना, स्वच्छन्द भैरव मावि चित्लाङका नियमित ३७ सहित ४७ जना, नाटेश्वर माविको नियमिततर्फका २५ सहित ३५ जना, इअन बोर्डिङ स्कूलको नियमित तर्फका मात्र १७ र सरस्वती विद्या मन्दिरको पनि नियमित तर्फको मात्र ३३ सहित ३५ जना एसइई परीक्षामा सहभागी हुँदैछन् । सो परीक्षा केन्द्रमा नियमिततर्फका २ सय २२ र ग्रेडवृद्धि तर्फका ४६ गरी २ सय ६८ परीक्षार्थी परीक्षामा सहभागी हुँदैछन् ।

मत्स्यनारायण मावि थाहा–२ परीक्षा केन्द्रमा जनकल्याण माविका ४३ नियमित र १७ ग्रेडवृद्धि सहित ६० जना, सुन्दरीदेवी माविका नियमित २० र ग्रेडवृद्धिका ५ सहित २५ जना तथा हिमालयन बोर्डिङ स्कूल शिखरकोटको नियमिततर्फका २८ र २ जना ग्रेडवृद्धि सहित ३० परीक्षार्थी सहभागी हुँदैछन् । यस परीक्षा केन्द्रबाट नियमिततर्फका ९१ र २४ ग्रेडवृद्धिका परीक्षार्थीसहित कुल १ सय १५ परीक्षार्थीले परीक्षा दिने भएका छन् ।

थाहा नगरपालिकाकै जनकल्याण मावि परीक्षा केन्द्रबाट यस वर्षको एसइई परीक्षामा नियमित २ सय ४९ र ग्रेडवृद्धिका ३१ गरी १ सय ८० जना परीक्षार्थीले परीक्षा दिदैछन् । सो परीक्षा केन्द्रबाट इन्द्रायणी मावि थाहा ८ को नियमिततर्फको २१ र ग्रैडवृद्धितर्फका ४ गरी २५, लेकारी बसीफाँट भिमफेदीको नियमित ११ र ग्रेडवृद्धि १० गरी २१, झम्केश्वरी मावि थाहा–१ को नियमित २८ र ग्रेडवृद्धि ७ गरी ३५ जना, सरस्वती मावि देउखेलको नियमित २२ र ग्रेडवृद्धि ५ गरी २७ जना, पालुङ इङ्लिस आवासिय मावि थाहा–२ को नियमित ७ र ग्रेडवृद्धि १ गरी ८ जना, पालुङ भ्याली हार्ट एकेडेमीको नियमित तर्फका मात्र १९ जना, पालुङ मोर्डर्न इङ्लिस मिडियम स्कूलको नियमित तर्फको मात्र १३ जना र मत्स्यनारायण माविको नियमित २८ र ग्रेडवृद्धितर्फको ४ जना गरी ३२ जना परीक्षार्थी परीक्षामा सहभागी हुँदैछन् ।

इन्द्रसरोवर गाउँपालिकाको सरस्वती बालबोधनी मावि मार्खु परीक्षा केन्द्रबाट पाँच वटा विद्यालयका १ सय ११ परीक्षार्थी सहभागी हुँदै छन् । यसमा नियमिततर्फका ८४ जना र ग्रेडवृद्धिका २७ जना परीक्षार्थी रहेका छन् ।

मकवानपुरकै बागमती गाउँपालिकाको जनता मावि परीक्षा केन्द्रबाट ४ विद्यालयका १ सय ९० परीक्षार्थी एसइईमा सहभागी हँुदैछन् । सो परीक्षा केन्द्रमा नियमित तर्फ १ सय ५१ र ग्रेडवृद्धि तर्फका ३९ जना सहभागी हुँदैछन् । बकैया गाउँपालिकाको बुद्ध मावि परीक्षा केन्द्रबाट ७ वटा विद्यालयका नियमित तर्फका २ सय ७ र ग्रेडवृद्धिका ६४ गरी २ सय ७१ परीक्षार्थीले एसइई दिदैछन् । बकैयाकै महेन्द्र मावि छतिवन परीक्षा केन्द्रमा ६ वटा विद्यालयका २ सय ३३ परीक्षार्थी सहभागी हुँदैछन् । जसमध्ये नियमित तर्फ २ सय र ३३ ग्रेडवृद्धितर्फका परीक्षार्थी छन् ।

महेन्द्र मावि भिमफेदीबाट नियमिततर्फका ७० र ग्रेडवृद्धिका ७५ गरी ५ विद्यालयका १ सय ४५ परीक्षार्थी सहभागी हुँदैछन् । जालपा मावि मकवानपुरगढी परीक्षा केन्द्रबाट ५ विद्यालयका १ सय ६५ जना एसइई परीक्षामा सहभागी हुँदेछन् । प्रजा जागृति मावि राक्सिराङ परीक्षा केन्द्रबाट ५ विद्यालयका १ सय ६६ जनाले एसइई दिदैछन् । कालिका मावि कैलाश गाउँपालिका परीक्षा केन्द्रबाट ५ विद्यालयका १ सय ७८ जनाले परीक्षा दिदैछन् । राष्ट्रिय रोटरी मावि मनहरी परीक्षा केन्द्रमा ४ विद्यालयका २ सय ३० परीक्षार्थी सहभागी हुँदैछन् । यस परीक्षा केन्द्रमा नियमित तर्फ १ सय ७७ र ग्रेड वृद्धितर्फ ५३ गरी २ सय ३० जना परीक्षार्थीले परीक्षा दिदैछन् ।

जनप्रिय मावि हेटौंडा हटिया परीक्षा केन्द्रमा ७ विद्यालयका नियमिततर्फ १ सय ७९ र ग्रेडवृद्धितर्फका ८४ गरी २ सय ६३ विद्यार्थीले परीक्षा दिदैछन् । महेन्द्र किरण मावि हेटौंडा बसामाडी परीक्षा केन्द्रमा ३ वटा विद्यालयका २ सय ९२ परीक्षार्थी सहभागी हुँदैछन् । निर्मल मावि बस्तीपुरबाट ६ वटा विद्यालयका ३ सय ६४ जना, हेटौंडाकै वंशगोपाल मावि चौघडा परीक्षा केन्द्रबाट १ सय ८६, आधुनिक मावि हेटौंडा परीक्षा केन्द्रबाट ५ सय ६ जना, बालज्योति मावि पिप्लेबाट ३ सय ७८ जना, ज्ञानदा मावि हेटौंडाबाट १ सय ९४ परीक्षार्थीले एसइई परीक्षा दिदैछन् ।

त्यस्तै भुटनदेवी माविबाट ४ सय ४० जना, सिद्धार्थ माविबाट ४ सय ७०, जि.एस. निकेतन परीक्षा केन्द्रबाट २ सय २८ जना, सोलिडायरेटी इङ्लिस बोर्डिङ केन्द्रबाट २ सय ७ जनाले परीक्षा दिदैछन् । प्रगती मावि हेटौंडाबाट ४ सय ३१ जनाले, अमर माविबाट ३ सय ४ जनाले र चन्द्रोदय मावि हेटौंडा परीक्षा केन्द्रबाट २ सय ८५ जनाले यसवर्षको एसइई परीक्षा दिदैछन् ।

मकवानपुरमा प्राविधिक धारतर्फ २ सय ६३ विद्यार्थी एसइई दिदै

मकवानपुरका १० सामुदायिक विद्यालयका २ सय ६३ प्राविधि धारतर्फका विद्यार्थी यस वर्षको एसइई परीक्षामा सहभागी हुँदैछन् । जिल्लाको ६ वटा पालिकाका १० विद्यालयबाट प्राविधिक विषय अध्ययन गरेका विद्यार्थीहरुले १९ चैत्रबाट शुरु हुने एसइई परीक्षाका सहभागी हुन लागेका हुन् ।

जिल्लाका सामुदायिक विद्यालयमा प्राविधिक धारतर्फका विद्यार्थीहरु सबैको परीक्षा श्रमिक मावि हेटौंडा–४ मा हुने जिल्ला शिक्षा तथा समन्वय इकाईका प्रमुख सुदिप गिरीले जानकारी दिए । परीक्षामा १ सय ७५ र ग्रेडवृद्धितर्फ ८८ परीक्षार्थी सहभागी हुने प्रमुख गिरीले जानकारी दिए । ग्रेडवृद्धि परीक्षामा सहभागी हुने मध्ये २०७९ को नियमित परीक्षामा सहभागी १६ जना र बाँकी २०८० र २०८१ मा नियमित परीक्षामा सहभागी विद्यार्थी छन् ।

प्राविधिक धारतर्फ सबैभन्दा बढि भुटनदेवी मावि हेटौंडाबाट ४८ जना सहभागी हुँदैछन् भने सबैभन्दा कम वत्सलादेवी मावि सिस्नेरी इन्द्रसरोवर गाउँपालिकाबाट ५ जना सहभागी हुने भएका छन् ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg