himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

मकवानपुरमा असार १४ सम्म निषेधाज्ञा थप, गैरखाद्य पसल दिउँसो खुल्ने, होटलले डेलिभरी सेवा मात्रै, निजी सवारी जोरबिजोर प्रणालीमा

मकवानपुरमा स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा एक साता थपिएको छ । जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको आइतबारको सिफारिसमा जिल्ला सुरक्षा समितिले आइतबारै असार १४ गतेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । यसअघि असार ७ गते सोमबार राती १२ बजेसम्मका लागि जारी गरिएको निषेधाज्ञा एक साता थप गर्ने निर्णय गरेको जिल्ला सुरक्षा समितिले गैरखाद्य बस्तुको पसल पनि खोल्ने निर्णय गरेको छ । यस्तै होटलले पनि दिउँसोको समयमा डेलिभरी सेवा मात्रै सञ्चालन गर्न पाउने गरी खोल्ने निर्णय गरिएको जिल्ला प्रशासन जारी गरेको सूचनामा उल्लेख छ। जिल्लाभित्र संक्रमणको दर क्रमशः घट्दै गएको तर जोखिम यथावत नै रहेको भन्दै गर्दै निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । सुरक्षा समितिले गैरखाद्य पसलहरु पुस्तक तथा स्टेसनरी, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स पसलहरू, हार्डवेयर, भाँडा पसल, कपडा पसल, टेलर, जुत्ताचप्पल पसल, सवारी साधन मर्मत गर्ने वर्कसप तथा मोटर पार्टस् विक्री वितरण गर्ने पसल दिनको १२ बजेदेखि दिनको ४ बजेसम्म मात्र सञ्चालन हुने गरी खोल्न पाइने निर्णय गरेको छ । यस्तै रेष्टुरेन्ट, मिठाई तथा खाजा पसलहरूबाट डेलिभरी सेवा मात्रै सञ्चालन गर्न पाउने निर्णय गरिएको छ ।

स्थानीय प्रशासनले हेटौंडा उपमहानगरपालिकाको खोपेगल्लीमा रहेका सम्पूर्ण पसल र बसपार्कमा रहेका खुद्रा तरकारी तथा माछामासु बजार पूर्णरूपमा बन्द रहने स्पष्ट पारेको छ । सुरक्षा समितिले यात्रुबाहक सार्वजनिक यातायात सञ्चालन गर्न नपाइने निर्णय गरेको पनि जिल्ला प्रशासन कार्यालयले स्पष्ट पारेको छ भने निजी सवारी साधनसहित मयुरी, अटो, ट्याम्पोमा दुई जना भन्दा बढी यात्रु बोक्न नपाउने गरी गते अनुसार जोर बिजोर प्रणालीका आधारमा सञ्चालन गर्न पाइने निर्णय गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुबाट प्रदान गरिने सेवा जनस्वास्थ्यका मापदण्ड अनिवार्य अवलम्बन गरी भिडभाड नहुने गरी एक तिहाई कर्मचारीहरूबाट विहान १० बजेदेखि दिनको २ बजेसम्म मात्र सञ्चालन गर्ने निर्णय गरेको छ । यसअघि औषधी पसल, कृषि बीउबीजन तथा मल विक्री वितरण गर्ने पसल र भेटेरिनरी, पेट्रोल पम्प, ग्याँस डिपो, अक्सिजन सिलिण्डर पसल नियमित सञ्चालन गर्न दिइएको थियो ।

अत्यावश्यक उपभोग्य वस्तु ९खाद्यान्न, पानी, दूध, माछा, मासु, अण्डा, फलफूल तथा तरकारी० विक्री वितरण गर्ने पसलहरू भने बिहान ४ बजेदेखि विहान १० बजेसम्म मात्रै खोल्न पाउने व्यवस्था गरिएको थियो । पसल तथा व्यवसाय सञ्चालन गर्दा अनिवार्यरूपमा मास्कको प्रयोग गर्नुपर्ने, भौतिक दूरी कायम गर्नुपर्ने, जनस्वास्थ्यका मापदण्ड पालना गर्दै भिडभाड नहुने सुनिश्चितता सम्बन्धित व्यवसायीले गर्नुपर्ने प्रशासनले स्पष्ट पारेको छ ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg