Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

मकवानपुरगढीमा क्रसर उद्योगको दोहनः जमिन भासिनेगरी उत्खनन्, पालिकालाई राजश्व बुझाउँदैनन् ,

krashar-1-1677669633.jpg

हेटौंडा । मकवानपुरगढीमा क्रसर उद्योगको दोहन बिगत डेढ महिना देखि चलिरहेको छ । मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५ सिमल्टारमा आमभन्ज्याङ् एग्रिगेट क्रसर उद्योगले जमिन भासिनेगरी उत्खनन् गर्दा पनि पालिकाका कर्मचारीहरु रमिते बनेर बसेका छन् । क्रसर उद्योगले आफ्नै परिषरमा लामो समयदेखि जमिन भासिनेगरी ढुङ्गा, गिट्टी वालुवा उत्खनन् गरिरहेको स्थानीय वासिन्दाहरुले वताएका छन् । क्रसर उद्योगको एक्साभेटरले मकवानपुरगढीको सिमल्टारको बस्तीनै जोखिममा पार्नेगरी निकै गहिरो उत्खनन् गरेर संकलन गरेको ग्राभेलको राजश्व रकम समेत गाउँपालिकालाई बुझाएको छैन । गाउँपालिका, जिल्ला समन्वय समिति मकवानपुर र जिल्ला अनुगमन समितिले अनुगमन गर्न आउँदा नदेखिनेगरी निरन्तर उत्खनन् गर्ने र क्रसरले उत्पादन गरेको काम नलाग्ने डस्टले त्यस खाल्डो पुर्ने गरिएको स्थानीय प्रतक्षदर्शीहरु वताउँछन् ।

आमभन्ज्याङ् एग्रिगेट क्रसर उद्योगले आफ्नो उद्योग परिषरको सबै क्षेत्र उत्खनन् गरेर गाउँपालिकालाई राजश्व रकम पनि नबुझाउने र ग्राभेल पनि निकालिरहने गर्दै आएको छ । जमिन मुनीबाट निकालेर पुन काम नलाग्ने डस्टले पुरेपछी उत्खनन् भएको भनेर अरुले अनुगमन गर्दा पनि पत्ता नलगाउनेगरी खनिएको प्रतक्षदर्शीहरु वताउँछन् ।

यस क्रसर उद्योगले सयौटिप टिप्परको ग्राभेल उठाएपनि पालिकालाई सहजै रुपमा राजज्व छली गर्नेर पालिकाका कर्मचारीलाई समेत प्रभावमा पारेको छ ।
निकै गहिराइमा जमिन खनेर डस्टले पुर्ने सृखलाले गर्दा सिमल्टार वरपरको वस्ती समेत जोखिममा परेको हो । यता क्रसर उद्योगले भने आफ्नै निजी जमिनको ग्राभेल उत्खनन् गरिएको भन्दै आएको छ । मकवानपुरगढी गाउँपालिकाका राजश्व साखाका प्रमुख प्रकाश न्यौपानेले भने निजी जमिनको ग्राभेल उत्खनन् गर्दा पनि आईई गरेर मात्र उत्खनन् गर्न पाउने वताउनुहुन्छ ।

निजी जमिनबाट उत्खख गरेको ग्राभेलको पनि गाउँपालिकालाई राजश्व रकम बुझाउनुपर्ने उहाँ वताउनुहुन्छ । जमिन मुनीको ग्राभेलको स्टक सामाग्रीका रुपमा कहिले पनि कुनैपनि निकायले नापजाँच गरेको छैन । तर, जमिन भित्रको सामाग्री पनि स्टक भनेर क्रसर उद्योगिहरुले जनप्रतिनिधी र कर्मचारीको आँखामा छारे हालिरहेका छन् ।

गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र अरु कार्यपालिकाका सदस्यहरुलाई समेत जानकारी नदिइकन फरक तरिकाको सेटिङमा नदिजन्य पदार्थको दोहन भइरहेको छ । यसबाट स्थानीय वस्ति जोखिममा परेको छ भने पालिकालाई प्राप्त हुने लाखौ रुपैयाँको राजश्व रकम गुमेको स्थानीयहरु वताउँछन् । निरन्तर उत्खनन् गरेपनि पालिकालाई राजश्व वापतको रकम नबुझाएको न्यौपाने वताउनुहुन्छ । थाहापाटी,

https://www.thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg