himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

मकवानपुरको कुलेखानी जलाशय भरिदै

k-1632533228.jpg

जलाधार क्षेत्रमा लगातार वर्षा भएकाले कुलेखानी जलाशय ९ईन्द्र सरोवर० भरिन लागेको छ । इन्द्रसरोवर गाउँपालिकामा पर्ने जलाशय भरिन अब ६९ सेन्टिमिटर मात्र बाँकी छ । बिहीबार दिउँसो ३ बजेसम्म जलाशयमा पानीको सतह एक हजार ५ सय २९।३१ सेन्टिमिटर पुगेको छ । कुलेखानी जलाशयको पानी संकलन क्षमता १ हजार ५ सय ३० मिटर छ । ड्याममाथि बालुवाको बोरा राखेर थप ५० सेन्टिमिटर पानी संकलनगर्न सकिन्छ ।‘यो वर्ष ड्याममा बोरा राख्दैनौं,’ कुलेखानी प्रथम जलविद्युत् आयोजना प्रमुख धिरेन्द्र चौधरीले भने, ‘२०७२ वैशाखको भूकम्पले ड्यामको केहीभाग चिरा परेकाले यस्तो निर्णयमापुगेका हौं ।’

उनका अनुसार कुलखानी जलाधार क्षेत्रमा दैनिक रुपमा वर्षा भइरहेकाले जलाशयमा प्रतिघण्टा एक सेन्टिमिटर पानीको सतह बढ्ने गरेको छ । नेपाल विद्युत् प्राधिकरणको ‘ब्याकअप’ का रूपमा रहेको यो आयोजना अहिले दैनिक ४ घण्टा सञ्चालनमा आउने गरेको छ । उक्त समयमा बढीमा ८र९ सेन्टिमिटरसम्म पानी खपत हुन्छ । कुलेखानी जलाशयमा अहिले २४ घण्टामा कम्तीमा १५ सेन्टिमिटर पानीको सतह बढ्ने गरेको चौधरीले बताए । गत वर्ष जलाधार क्षेत्रमा थोरै वर्षा भएकाले कुलेखानी भरिएको थिएन । ‘यो वर्ष धेरै वर्षा भएकाले जलाशय भरिन लागेको हो,’ उनले भने, ‘विगत दुई वर्षदेखि कुलेखानीभरिएको थिएन ।’

जलाशयमा यो वर्ष वर्षायाम सुरु हुनुअघि १ हजार ५ सय २ मिटर पानीको सतह थियो । असार १५ मा १ हजार ५ सय २ दशमलब ३३ सेन्टिमिटर पानी थियो । असार १५–१९ सम्म जलाधार क्षेत्रमा लगातार वर्षा भएकाले जलाशयमा १६ मिटरभन्दा धेरै पानीको सतह बढेको थियो । जलाशयको पानी १ हजार ४ सय ८४ मिटरसम्म प्रयोग गर्न सकिन्छ । गत वर्षको यही अवधिमा १ हजार ५ सय ३ मिटर मात्र पानीको सतह थियो । कुलेखानी पहिलोबाट ६०, दोस्रोबाट ३२ र तेस्रोबाट १४ गरी १ सय ६ मेगावाट बिजुली उत्पादन हुने गरेको छ । जलाशय ३ सय मिटर चौडाइ र ७ किलोमिटर लम्बाइको छ । इकान्तिपुरबाट ।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg