pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

मंगलदिप सहकारी द्वारा आयोजित रक्तदान कार्यक्रममा ६४ जनाले गरे रक्तदान।
संस्थाको स्थापना दिवसको अवसरमा उत्कृष्ट कारोवार गर्ने सदस्यहरु सम्मानित

FB_IMG_1711203531425-1711203750.jpg

थाहा नगरपालिका वडा नम्बर ४ शिखरकोटमा सेवा केन्द्र रहेको मंगलदीप बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १० औ स्थापना दिवसको अवसरमा गरेको बृहत रक्तदान कार्यक्रममा ६४ जना रक्तदाताहरुले रक्तदान गरेका छन । सहकारीले १० चैतमा गरेको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालय काठमाडौ बाट प्रेम सागर कर्मचार्य सहितको टोलि थाहा नगर आएका थिए।
पालुङ जेसिज सह आयोजक रहेको रक्तदान कार्यक्रमको सहायेगी संस्थाहरु, नेपाल रेडक्रस सोसाइटी उपशाखा दामन, लायन्स क्लव अफ थाहा पिस, लियो क्लव अफ थाहानगर, फरक सोच, नेपाल फाईफ इन्स्योरेन्स कम्पनि उपसाखा पालुङ, शिखर क्लव र शिखरकोट बजार व्यवस्थापन समिति रहेका थिए ।
स्थापना दिवसकै अवसर पारेर संस्थाले उत्कृष्ट कारोबार गर्ने आफ्ना सदस्यहरुलाई सम्मान गरेको छ।
सम्मानित हुनेमा जेष्ठ नागरिक बचत तर्फ सानुकाजी कार्की,उत्कृष्ट बाल बचतमा बिकेश कार्की,उत्कृष्ट नियमित बचत तर्फ तिर्थराज कर्मचार्य,गंगालाल प्रधान ,महिला बचत तर्फ माइली तामाङ,माइती तामाङ,याङ्की स्याङ्तान र रिता गोम्बा रहेका छन भने असल ऋणि बाट मंगलाल गोपाली सम्मानित हुदा शिक्षा तर्फ २०७९ सालको एसइइ परिक्षामा उत्कृष्ट भएका परिक्षित रायमाझीलाई सम्मानित गरिएको थियो।
सम्मानित हरुलाइ संस्थाका अध्यक्ष नवराज बिष्ट र सचिब प्रह्लाद महतले सम्मानपत्र प्रदान गरेका थिए।
ललितपुरमा मुख्य कार्यालय रहेको मंगलदीप बचत तथा ऋण सहकारी संस्थाले बिगतका वर्षहरुमा पनि समुदायमा आधारित बिबिध स्वास्थ्य सम्बन्धि कार्यक्रमहरु गर्दै आएको छ । छोटो समयमा नागरिकको विश्वास जित्न सफल यस सहकारीको थाहा नगरसहित २ वटा सेवा केन्द्र सञ्चालनमा रहेको छ । मकवानपुरको थाहा नगरपालिकाकोे शिखरकोटबाट यस क्षेत्रका सदस्यहरुलाई उत्कृष्ट सेवा दिदै छोटो समयमै बेग्लै पहिचान स्थापित गर्न सफल भएको सहकारी संस्था हो ।
सहकारीको सिद्धान्त अनुसार समुदायमा आधारित संस्था भएकाले मानव सेवा भावलाई आधार मान्दै संस्थाले विभिन्न सचेतना तथा सेवामुलक कार्यहरु गर्दै आएको छ ।

FB_IMG_1711203710619-1711203751.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...