himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

भ्रामक समाचार बनाइएकोप्रती कर्मचारीको आपत्ति

FB_IMG_1686149033310-1686149050.jpg

मकवानपुरको बागमती गाउँपालिकाका कार्यकारी अधिकृत झम्कनारायण घलानले पालिकाको कर्मचारीले उत्कृष्ठ काम गरेर उपलब्धी निकालेको बताउनुभएको छ । उहाँले कर्मचारी अभाब हुँदा पनि उपलब्ध कर्मचारी अतिरिक्त कार्यसमयमा पनि काम गरेर उपलब्धी निकाल्ने गरेको बताउनुभएको हो । 
 बिषयगत शाखाका कर्मचारीहरु किसान र सेवाग्राहीको घरघरमा पुगेर काम गरिरहेको कारण कार्यालयमा कर्मचारी कम हुने बताउदै भ्रामक र नियोजित सामग्री प्रचारप्रसार गरेर आफुहरुको सेवा र कर्मप्रती आक्षेप नलगाउन समेत उहाँले सुझाउनुभएको छ । एकमहिनामा १ दिन मात्र बिदा स्वीकृत गराएर आफु ब्यक्तीगत कामले पालिका बाहिर भएको अबस्थामा केही संचारकर्मीले कार्यालय प्रबेश गरेर गरेको गतिबिधीप्रती उहाँले असन्तुष्टी ब्यक्त गर्नुभयो । उहाँले भन्नुभयो “ उक्त दिन कृषि शाखामा धानको बिऊ बितरण भैरकेको थियो भने अर्कोतिर शिक्षा शाखामा तालिम संचालन भैरहेको थियो कर्मचारीले आग्रह गर्दापनि उहाँहरुले त्यसतर्फ ध्यान नदिंदै मेरो र अध्यक्षज्युको कार्यकक्षको शिडियो खिचेर जानुभएछ ।” उहाँले थप्नुभयो “ त्यो दिन हामी जम्मा २ जना कर्मचारी बिदामा थियौं बाँकी सबै काममा नै हुनुहुन्थ्यो उहाँले नदेख्नु नियोजित लागेको छ भने अर्को कुरा हाम्रो नापिको काम भैरहेको छ, किसानको गोठ गोठमा कृषि प्राबिधिकहरु खोप लगाउने काममा ब्यस्त हुनुहुन्छ उहाँहरुलाई काम छोडेर घन्टौं लगाएर हाजिर गर्नको लागि बोलाउने कुरो पनि भएन ब्यबहारिकता पनि त हेर्नुपरो ।” उहाँले कार्यक्षेत्रमा नै गएर काम भैरहेको हो वा घुम्न कर्मचारीले काम नगरेका हुन भनेर सत्य तथ्य बाहिर ल्याइदिन पनि आग्रह गर्नुभयो ।
 त्यसैगरी बामगती गाउँपालिकाकी कर्मचारी भुमीको सम्पर्क ब्यक्ती नीशा ढुंगानाले आफु १० मिनेट ढिला आइपुगेको कारण संचारकर्मीले हाजिर गर्न नदिएको भन्दै आक्रोश ब्यक्त गर्नुभयो । उहाँले भन्नुभयो “ हामी १० मिनेट ढिला आएको कारण पालिकामा कर्मचारीको मन्लाग्दी भयो काम गरेन भन्ने पत्रकारले अतिरिक्त सेवा सुबिधाबिना रातको १० बजेसम्म खटेको समाचार लेख्ने कि नलेख्ने ?” उहाँले सुनियोजितरुपमा सेवाग्राही बनाएर उहाँको भिडियो सार्बजनिक गरिदाँ अन्य सेवाग्राहीले बोलेको भिडियो सन्तुलनको लागि हाल्नुपर्ने समेत बताउनुभयो ।
गाउँपालिकाले २ जना बिदामा भएको र बाँकी कर्मचारी कार्यालयमा नै हुँदा सुनियोजितरुपले भिडियो बनाएर कर्मचारीको मनोबलमा हृास ल्याएको आरोप समेत लगाएको छ । साथै उक्त भिडियो खिचिरहदा कार्यालयको पुर्बतिर कृषि शाखा र उत्तरतिर शिक्षा शाखाले गरिरहेको कामको बेवास्ता गर्दै भ्रामक समाचार बनाइएको बताएको छ ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg